उपेक्षित प्रदेशको समृद्धिमा जोड
प्रदेश सभाको पहिलो बैठक
जनकपुरधाम । प्रदेश नम्बर २ को पहिलो बैठक हो–हल्लाबाट प्रारम्भ भएर सौहाद्रपूर्ण ढंगले सम्पन्न भएको छ ।बैठकमा राष्ट्रिय गान सकिएपछि राष्ट्रिय जनता पार्टीका प्रदेस साँसद मनिष सुमनले मधेश आन्दोलनका सहिदरुको तस्वीर सभाभवनमा लगाउनु पर्ने भन्दै आपती जनाएपछि केहि बेर बैठक रोकिएको थियो ।सभामुख ज्येष्ठ सदस्य लगनलाल चौधरीले सहिदहरुको तस्बीर राख्न रुलिंग गरेपछि बैठकको कार्वाही अगाडी बढेको थियो ।बैठकको कार्यबिधी संशोधन सहित स्विकृतीका लागि प्रस्तुत गरिएको भन्नु पर्नेमा सभामुख चौधरीले संशोधन शब्द छुटटाएपछि साँसदहरुले आपत्ति गरे ।तर उनले संशोधन सहित नै भनेको प्रष्टीकरण दिएपछि बैठक अगाडी बढेको थियो ।बैठकले अध्यक्ष मण्डल र कार्यबिधी सम्बन्धी प्रस्ताव सर्वसम्मतीले स्विकृत गरेको थियो ।बैठकमा दलहरुलाई छुट्याएको समय अनुसार संघिय समाजवादी फोरम नेपालका प्रदेश साँसद मो.लालबाबु गदीले प्रदेश नम्बर २ लाई साधनस्रोत विहिन बनाएको आरोप लगाउँदै देसकै नमुना प्रदेश बनाउन सबै साँसदहरुलाई प्रतिबद्ध भएर लाग्न आग्रह गरे ।‘ प्रदेश नम्बर २ सित व्यापक विभेद भएको छ ’उनले भने, ‘तर प्रदेशलाई समृद्ध बनाउने महत्वपूर्ण जिम्मेवारी थपिएको छ ।’उनले १४ मिनेट भन्दा बढी हिन्दी भाषामा बोले ।राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट प्रदेश साँसद जितेन्द्र सोनललेपनि हिन्दी भाषामा बोल्दै प्रदेशको विकास गर्ने चुनौती रहेको जनाउँदै त्यसलाई अवसरको रुपमा लिएर काम गर्नुपर्नेमा जोड दिए ।१२ मिनेट सम्म बोलेका सोनलले प्रदेशमा पर्यटन, कृषि, उद्योग लगायतका क्षेत्रलाई सुदृढ बनाएर प्रदेशको विकास गर्नुपर्ने बताए ।एमालेको गुटबन्दी प्रदेश सभाको बैठकमा छत्ताछुल्ल भयो ।सर्वदलिय बैठकमा भएको सहमति अनुसार एमालेले वरियता क्रम अनुसार १० मिनेटको समय पाएको थियो ।तर दलबाट बोल्ने वक्ताहरुमा सहमति हुन नसकेपछि दुई जनाले ५÷५ मिनेट बोलेका थिए ।एमाले प्रदेश नम्बर २ को ईञ्चार्ज समेत रहेका प्रदेस साँसद सत्यनारायण मण्डलले मैथिली भाषामा बोल्दै प्रदेशको समृद्धिमा जोड दिए ।मण्डलले बीचमा बालेपनि एमालेका अर्का सांसद सत्रुधन महतोले अन्तिममा ५ मिनेट बोलेका थिए ।सभामुख एमालेका हुन् ।तर उनको भूमिका दलगत रुपमा देखिएन् ।बैठकमा मण्डल र महतो दुवै जनाले मैथिलीमा बोलेका थिए ।काँग्रेसका प्रदेश साँसद रामसरोज यादवले ९ मिनेट बोल्ने क्रममा प्रदेशले अधिकार र विकासलाई एकसाथ अगाडी बढाउनु पर्नेमा जोड दिए ।प्रदेश सभा बैठकमा ४ जना हिन्दी र ४ जनाले मैथिलीमा बोलेका थिए ।फोरमका मो.लालबाबु, राजपाका सोनल, स्वतन्त्र साँसदद्वय सावित्री देवी साह र मो.अब्दुल कलाम आजादले हिन्दी भाषामा बोलेका थिए ।एमाले, काँग्रेस र माओवादी तर्फका वक्ताहरुले मैथिलीमा बोलेका थिए ।सभामुख चौधरीले नेपाली भाषामा सभा सञ्चालन गरेका थिए ।संघिय समाजवादी पार्टीको समानुपातिक तर्फबाट साँसद बनेकी सुमित्रा देवी साहले हिन्दीमा लेखेर ल्याएकी भाषण वाचन गर्न समेत कठिनाई भएको थियो ।उनले ४ मिनेट समय पाएकी थिईन् ।सभामुख चौधरीले अर्को बैठक माघ २९ गते १ बजे बस्ने र फागुन २ गते सभामुखको चुनाव हुने कार्यसुची सुनाउँदै बैठक सम्पन्न भएको घोषणा गरेका थिए ।बैठक हलमा साँसदहरुसँगै पूर्व तर्फको भागमा विशिष्ट व्यक्तिहरुलाई बस्ने व्यवस्था मिलाइएको थियो ।बैठकको पुरा समय प्रतिनिधि सभा सदस्य राजेन्द्र महतो सभाहलमा रहेका थिए । प्रदेश सभा रहेको धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित साँसद हुन् ।बैठकमा उनी मात्र प्रतिनिधि सभा सदस्य थिए ।दलहरुको पासबाट सभा हल परिसरमा प्रवेश गरेका पार्टी कार्यकर्ता तथा सर्वसधारणहरुका लागि बाहिर स्क्रिन लगाईएको थियो ।तर उज्यालोको कारण राम्रो दृश्य देखिएन् ।बैठक हल व्यवस्थित रहेपनि चारै तिर अव्यवस्थित थियो ।घरमा लगाउने गरेको पुराना कुर्ता सुरुवाल लगाएर महिला मर्यादापालकहरु भित्र बाहिर गरिरहेका थिए ।पुरुष मर्यादापालकहरुले ट्रयाक सुट लगाएपनि शिरमा ढाका टोपी लगाएका थिए ।सभामुखको गाडीमा अगाडी झण्डा झुण्डयाउने स्थान नभएपछि गाडी भित्रै झण्डा राखिएको थियो ।प्रदेश सभा परिसर र भवनमा राष्ट्रिय झण्डा देखिएन् ।झण्डा झुण्डयाउन ठड्याएको पाईप खालि थियो ।भित्रमा साँसदहरुको गाडीलाई समेत पार्किंगको व्यवस्था गरिएको थिएन् ।साँसदहरुले प्रयोग गरेका अधिकांश सवारी साधनहरु भारतीय नम्बरका थिए ।
Post a Comment