राजपा–फोरम गठबन्धनको सरकार बन्छः नेता महतो


जनकपुरधाम    ।    राष्ट्रिय    जनता  पार्टी,  नेपालका  अध्यक्ष  मण्डलका सदस्य राजेन्द्र महतोले प्रदेश  नम्बर  २  मा  मधेशवादी  दलको   सरकार   बन्ने   विश्वास   व्यक्त गरेका छन् । जनताले   प्रदेश   नम्बर   २   मा   सरकार   बनाउने   म्याण्डेड   मधेशवादी  दललाई  दिएको  छ,  उनले  भने  जनभावनाको  सम्मान  गर्दै सरकार गठन गर्नुपर्छ । प्रदेश नम्बर–२  को  प्रथम  अधिवेशनमा  सहभागी  हुन  आइतबार  शैक्षिक  तालिम केन्द्र पुगेका नेता महतोले सरकार गठन गरेर प्रदेश नम्बर २ मा  अधिकारको  आन्दोलनलाई  अघि      बढाउनुपर्नेमा      जोड      दिए  ।  संचारकर्मीहरुसित  संक्षिप्त  कुराकानी  गर्दै  सांसद  महतोले  प्रदेशमा फोरम सित गठबन्धनको सरकार   बन्ने   विश्वास   व्यक्त   गरे । जनताको भावनाको ख्याल गरेर  मधेशमा  सरकार  गठन  गरेर  अधिकारको आन्दोलनलाई अघि बढाउनुपर्छ, उनले भने । मधेशको   मागप्रति   काँग्रेस   र     माओवादी     सकारात्मक     देखिएपनि  एमालेको  रबैया  पुरानै  रहेको उनले थपे ।सीमांकनको         समस्या,         मधेश      थरुहट      प्रदेशप्रति      कुठराघात,    मधेशको    जमिन    पहाडमा जोडिएको, प्राप्त भएको अधिकार     पनि     खोसिएको,     सम्झौताको  आधारमा  संविधान  संशोधन      नभएको      जस्ता      महत्वपूर्ण मुद्दाहरु अभैm सम्बोधन हुन नसकेको भनाई उनको थियो । संविधान राम्रो भएपनि हाम्रो बन्न नसकेको   नेता   महतोको   तर्क   थियो । राम्रो   संविधानलाई   हाम्रो   बनाउनको लागि संशोधन हुनुपर्छ, उनले   भने   सबै   नागरिकको   समानताबाट   यसको   सार्थकर्ता   हुन्छ ।संविधान   संशोधनमा   एमाले   सकारात्मक     रबैया     अपनाए     आपूmहरुले धन्यवाद दिने उनले थपे । एमाले र मधेशवादी दलबीचको दुरी घट्ने तर्क उनले गरे । संशोधनको         सवालमा         एमालेको  आधिकारीक  धारणा  सार्वजनिक  भएको  छैन्,  उनले  भने–  संशोधनको  पक्षमा  रहेको  आधिकारिक  धारणा  सार्वजनिक  नगरेसम्म एमाले मधेश विरोधी नै बुझिन्छ ।’

No comments

Powered by Blogger.