राजधानी मागगर्दै आज वीरगञ्ज बन्द
वीरगंज । प्रदेश नम्बर २ को राजधानी मांगगगर्दै आईतवार वीरगंज बन्दको आहवान गरीएको छ । सरकारले २ नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुर घोषणा गरेदेखि यहाँ चरणबद्ध रुपमा आन्दोलन हुँदै आएको छ ।अस्थायी राजधानी जनकपुरधाममा प्रदेश सभाको पहिलो बैठक आईतवार बस्दै छ । पहिलो बैठकबाट नै वीरगञ्जलाई स्थायी राजधानी घोषणा गर्नुपर्ने मागगर्दै संघर्ष समितिले शनिवार साँझ नगर क्षेत्रमा मसाल जुलुस गरेका थिए । मसालजुलुसमा सहभागिहरुले बन्दलाई सफल बनाउन आव्हान गरेका थिए । ३२ दिन देखीे घण्टाघरमा रिले अनशन जारी छ । रिले अनशनमा बारा जिल्लालेपनि समर्थन जनाउँदै आएको छ । प्रदेश सभाको पहिलो बैठकबाट नै स्थायी राजधानी घोषणा गर्ने माग भईरहेपनि बैठकको कार्यसुचीमा राजधानी सम्बन्धी विषय समावेश छैन् ।जनकपुरबाट राजधानी नसारिए प्रदेश साँसदहरुलाई वीरगञ्जमा विरोध गरिने बताईएको छ ।प्रदेशको स्थायी राजधानी निर्णय गर्न दुई तिहाईको संख्या आवश्यक छ ।राजपा र फोरम नेपालबाट निर्वाचित जनप्रतिनिधिहरुले केही नवोलेको भन्दै मधेशवादीदलका नेता एवम सांसदहरु प्रती जन आक्रोश बढेको बताईन्छ । वीरगञ्ज राजधानी सघंर्ष समितिले चरणबद्ध आन्दोलनलाई माग पुरा नभए सम्म निरन्तरता दिने जनाएका छन् । केहि नेताहरुको दवावमा जनकपुरलाई राजधानी घोषणा गरिएको समितिका सदस्यहरुले जनाउँदै सरकारको गल्तीलाई प्रदेश सभाको बैठकबाट सच्चयाउनु पर्ने माग गरेका छन् । सभामुख र उपसभामुख , मुख्यमन्त्रीको चयनपछि बस्ने बैठकले मात्र प्रदेशको स्थायी राजधानी र र नाम तोकिने साँसदहरुले जनाएका छन् । बन्दको क्रममा एम्बुलेन्स, दमकल, कुटनैतिक नियोगका सवारी साधन, दुधको गाडी, अस्पतालको गाडी, सञ्चार माध्यमको सवारी साधन निर्वाद्ध रुपमा संचालन हुने संघर्ष समितीले जनाएको छ । उद्योग, व्यवसाय, कलकारखाना, शैक्षिक संस्था, यातायात लगायत बजार पुर्ण ठप्प हुने बताइएको छ । राजधानीको माँगगर्दै जारी रहेको आन्दोलनमा कुनै दलका ठूला नेताहरुले सहभागिता जनाएका छैनन् ।संघिय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले राजधानीका लागि भईरहेको आन्दोलनबारेको दृष्टिकोण सार्वजनिक गरिसकेका छन् । नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रका दोस्रो वरियताका जिल्ला नेताहरु आन्दोलनलाई निरन्तरतादिदै आएका छन् ।पेशागत संघसंस्थाहरुको सकृयतापनि अपेक्षित रुपमा हुन सकेको छैन् ।
Post a Comment