प्रदेश सभाको पहिलो बैठक आज
जनकपुरधाम । प्रदेश नम्बर २ को सर्वसदलिय बैठकले आईतवार बस्ने प्रदेश सभा बैठकको कार्यसुची निर्धारण गरेको छ ।ज्येष्ठ सदस्य लगनलाल चौधरीको अध्यक्षतामा बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाईने छ ।बैठकमा सहिदहरु प्रति १ मिनेट मौनधारण गरिनेछ ।बैठकमा सबै दललाई सम्बोधन गर्ने समय निर्धारण गरिएको छ ।भाषणका लागि १ घण्टाको समय निर्धारण गरिएको छ ।त्यस मध्ये संघिय समाजवादी फोरम नेपालले १४ मिनेट समय पाएको छ ।फोरमको तर्फबाट साँसद मो.लालबाबु गद्दीले सम्बोधन गर्ने निर्णय भएको फोरमका सांसद यागेन्द्र रायले जनाए ।त्यसैगरि राजपाले पाएको १२ मिनेटमा पार्टीका सांसद जितेन्द्र सोनलले सम्बोधन गर्नेछन् । एमालेले १० मिनेट पाएको समयमा बोल्ने साँसदको नाम टुंगो नलागेको साँसद सत्रुधन महतोले जनाए ।नेपाली काँग्रेसले पाएको ९ मिनेट समयमा साँसद रामसरोज यादवले सम्बोधन गर्ने छन् ।माओवादी केन्द्रको तर्फबाट साँसद भरत साहले सम्बोधन गर्ने कार्यक्रम छ । माओवादीलाई ६ मिनेट समय निर्धारण गरिएको छ । स्वतन्त्र साँसदले ४ मिनेट बोल्ने छन । सर्वदलिय बैठकबाट १ घण्टा समयलाइ दलगत स्थिति अनुसार बाँडफाँड गरिएको सह सचिव वंशीराज पौडेलले जनाए ।सर्वदलिय बैठकले कार्य व्यवस्था परामर्श समिति गठन गरेको छ ।उक्त समितिमा फोरम नेपालबाट योगेन्द्र यादव र ज्ञानेन्द्र यादव, राजपाबाट सुरिता साह र मनिष सुमन, एमालेबाट सत्रुधन महतो र प्रमोद कुमार यादव, काँग्रेसबाट रामसरोज यादव र शोमा लामा, माओवादी केन्द्रबाट रामकुमार यादव र ज्वाला साह र स्वतन्त्र साँसद रहने छन् ।अध्यक्ष मण्डलका लागि फोरमबाट सन्तमाया मोक्तान, राजपाबाट नवलकिसोर साह, एमालेबाट अनिता यादव, काँग्रेसबाट शिवचन्द्र चौधरी र माओवादीबाट मो.समिरलाई राखिएको छ ।सर्वदलिय बैठकले कार्य व्यवस्था परामर्श समिति गठन गरेको छ । उक्त समितिमा फोरम नेपालबाट योगेन्द्र यादव र ज्ञानेन्द्र यादव, राजपाबाट सुरिता साह र मनिष सुमन, एमालेबाट सत्रुधन महतो र प्रमोद कुमार यादव, काँग्रेसबाट रामसरोज यादव र शोमा लामा, माओवादी केन्द्रबाट रामकुमार यादव र ज्वाला साह र स्वतन्त्र साँसद रहने छन् ।अध्यक्ष मण्डलका लागि फोरमबाट सन्तमाया मोक्तान, राजपाबाट नवलकिसोर साह, एमालेबाट अनिता यादव, काँग्रेसबाट शिवचन्द्र चौधरी र माओवादीबाट मो.समिरलाई राखिएको छ ।प्रदेश सभाको अर्को बैठक माघ २९ गते बस्ने र नियमाबली मस्यौदामा छलफलगरि पास गरेपछि फागुन २ गते बस्ने बैठकले सभामुख र उपसभामुखको निर्वाचन गरिने बैठकमा सहमति भएको सहसचिव पौडेलले जनाए । बैठकको तयारी शनिवार अबेर राती सम्म जारी छ ।बैठक हलमा ३ जना अटने एउटा टेबुल राखिएको छ ।बैठक हलमा कुल १ सय १० जनालाई बस्ने व्यवस्था गरिएको सहसचिव पौडेलले जनाए ।प्रदेश सभामा १ सय ७ जना सदस्य छन् ।बैठकका लागि ३ वटा लहर बनाएपनि दलगत रुपमा छुटट्याईएको छैन् ।‘पहिलो बैठकबाट नियमावली मस्यौदा पास गर्ने तयारी थियो’सहसचिव पौडेलले भने, तर दलहरुबीच समिति गठनमा नै सहमति हुन नसकेकाले २९ गतेको बैठकमा पेश गर्ने सहमति भएको छ ।राजपाले संसदीय दलको बैठकबाट मस्यौदा समितिमा ३ जना राम नरेश राय, डिम्पल झा र रमेश पटेललाई पठाउने निर्णय गरिएको थियो ।तर सर्वदलिय बैठकमा दुई जना मात्र राख्ने सहमति भएपछि राजपाले फेरी दलमा छलफल गर्ने भनेपछि काँग्रेस र एमालेलेपनि सहमति गर्ने भन्दै समिति गठनमा असहमति जनाएका थिए ।‘समिति बनाउन सहमति हुन सकेन्’सहसचिव पौडेलले भने, माघ २९ गते बिहान ८ बजे बस्ने सर्वदलिय बैठकबाट निर्णय गरिने सहमति भएको छ ।’ प्रदेश सभाको भित्र २१ जना मर्यादा पालक रहने छन् ।सुरक्षाका लागि विशेष तालिम प्राप्त ५५ जनाको टोली प्रदेश सभा परिसरमा खटाइएको छ ।मर्यादा पालकहरुका लागि ड्रेसको निर्णय नभएको र तयारी समेत नभएकाले ‘ढाका’ टोपी लगाएर काम गर्ने निर्देशन दिईएको छ ।सभाहल र कार्यालय कोठाहरुमा जेनरेटरबाट बिजुली आपूर्तीको व्यवस्था गरिएको छैन् ।चर्को आवाज आउने सानो जेनरेटरको भरमा काम भइरहेकाले वति नपुगेको कारण ढिला भईरहेको कामदारहरुले जनाए ।सभामुखको आसन ग्रहण गर्ने तर्फ फुलले सजाईएको छ ।तर हल भित्र रंगको गन्ध रहेकाले आँखा पोल्ने गरेको कर्मचारीहरुले जनाए ।
* सभामुखको चयन फागुन २ गते
* नियमावली मस्यौदा समिति गठन भएन्
* उक्त बैठकले नियमावली पारित गर्ने
* साँसदहरुले आफू खुशी डे«स लगाउने
* भाषामा विविधता रहने
* फोरमलाई १४ मिनेट समय
* माघ २९ गते दोस्रो बैठक
* ढाका टोपी लगाएर मर्यादापालक रहने
* मर्यादापालकको डे«स तयार हुन सकेन्
* सबै दलहरुलाई १० वटा पास
* स्वतन्त्र सांसदलाई ५ वटा पास
* एमालेलाई वक्ता छान्न सकस
Post a Comment