फोरम र राजपाबीच औपचारिक बैठक

मुख्यमन्त्री र सभामुखमा सहमति, ठूला मन्त्रालयमा दुवैको दावी

जनकपुरधाम । प्रदेश नम्बर २ मा संघिय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच  संयुक्त  सरकार  बनाउने  सैद्धान्तिक  सहमति भएको छ ।दुवै दलका शीर्ष नेताहरुबीच मंगलवार  भएको  बैठकमा  पदको  बाँडफाँड  र  राजनीतिक  संयन्त्र  बनाउने  विषयमा  छलफल  भएपनि सहमति हुन सकेको छैन् ।शीर्ष  नेताहरुको  बैठकमा  फोरम  नेपाल  संसदीय दलका नेता मो.लालबाबु राउत       गद्दीपनि       सहभागि       थिए  ।मुख्यमन्त्री  र  सभामुखको  विषयमा   दुवै   दलबीच   विमती   नरहेको नेताहरुले जनाएका छन्  ।प्रदेश  र  प्रतिनिधि  सभाको  चुनावपछि  पहिलो  पटक  भएको  शीर्ष      नेताहरुको      बैठकमा      मुख्यमन्त्री   फोरम   र   सभामुख   राजपाले    लिनेमा    औपचारिक    सहमति भएको छ  ।बिहान    देखि    नै    बसेको    बैठकमा   सरकार   सञ्चालनका   लागि  राजनीतिक  संयन्त्र  बनाउने  र   मन्त्रालयहरुको   बाँडफाँडको   विषयमा  छलफल  भएपनि  निर्णय  हुुुन नसकेको राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र  राय  यादवले  जनाए  ।‘मुख्यमन्त्री  र  सभामुखको  बाँडफाँडमा  सहमति  भए  जस्तै    छ ’ उनले भने, चुनाव अगावै भएको सहमति अनुसार ठूलो दल भएकाले फोरम मुख्यमन्त्री पाउने र राजपाले सभामुख पाउने छ ।’बैठकमा   राजपा   अध्यक्ष   मण्डलका   संयोजक  महन्थ  ठाकुर  सहित  ६  वै  जना  र  फोरम  नेपालका  अध्यक्ष  उपेन्द्र  यादव  सहित  वरिष्ठ  उपाध्यक्ष  रेणु  यादव  र  प्रदेश  संसदीय  दलका नेता मो.राउत  सहभागि थिए ।फोरम नेपालले संसदीय  दलको नेता चयन गरेपछि  दुई  दलका  शीर्ष  नेताहरुको  बैठकमा  मुख्यमन्त्री  फोरम  र  सभामुख  राजपाले  पाउने  सहमति  भएको  बताईएपनि  अन्य  विषयहरुमा  सहमति हुन सकेन् ।‘दुई दिन पछि फेरी बैठक बस्ने  छ  ’अध्यक्ष  मण्डलका  सदस्य  यादवले  भने,   त्यसमा   सरकार   सञ्चालनका   लागि   राजनीतिक  संयन्त्र,  मन्त्रालयहरुको  बाँडफाँड  लगायतका विषयहरुमा सहमति हुनेछ ।’बैठकमा  ठोस  निर्णय  हुन  नसकेपनि  दुवै  दलबीच  औपचारिक  छलफल  सुरु  भएको  फोरम नेपाल संसदीय दलका नो मो.लालबाबु राउत  गद्दीले  जनाए  ।दुई  दिनपछि  दुवै  दलका  शीर्ष  नेताहरुको  फेरी  बस्ने  बैठकले  अन्य  महत्वपूर्ण  विषयहरुलाई  टुँगो  लगाउने  उनले  बताए । ‘बैठकमा  राजनीतिक  संयन्त्र  लगायतका  विषयमा  चर्चा  भएको  छैन्’  उनले  भने,  ठूलो  दल  भएकोले  फोरम  मुख्यमन्त्री  पाउनेमा  सबै  सहमत छन् ।’मुख्यमन्त्री    फोरम    लिनेमा    राजपाले    सहमति जनाउँदै ठूला मन्त्रालयहरु पाउनु पर्ने प्रस्ताव गर्न थालेपछि सहमति जुटन् नसकेको उच्च  स्रोतले  जनाए  ।‘मन्त्रालय,  राजनीतिक  संयन्त्र  लगायतका  विषयहरुमा  कुरा  मिलेको  छैन्’  स्रोतले  भने,  अर्को  बैठकमा  सहमतिको  प्रयास हुनेछ ।फोरमले उपसभामुख र प्रमुख मन्त्रालयहरु आफूले  पाउनु  पर्ने  दावीगर्दै  राजपाले  प्रदेश  सभामा आफ्नो हैसियत अनुसारको दावी गर्न सुझाएका थिए । बिहान ९ बजेदेखि नै बैठक प्रारम्भ हुने भनिएपनि राजपा अध्यक्ष मण्डलका सदस्यहरु  बैठकमा  आउने  जाने  गरिरहेकाले  छलफल धेरै समय चलेन् ।बैठकमा काँग्रेसलाई सरकारमा  ल्याउने  ,  नल्याउने  विषयमा  चर्चा  भएन्  ।राजपा  अध्यक्ष  मण्डलका  सदस्य  यादव  ले  भने,  फोरम  र  राजपाले  मिलेर  सरकार  बनाउने  र  बाहिरबाट काँग्रेसले समर्थन गर्ने छ ।बैठकबाट   सोझै   काठमाण्डु   गएका    फोरम    अध्यक्ष    उपेन्द्र    यादवले  राष्ट्रिय  राजनीतिमा  हुने  सहमतिहरुको   अधारमा   प्रदेशमा   समेत  असर  पर्ने  बताए  ।दुई  दिन  सम्म  उनी  काठमाण्डुमा  राजनीति  छलफल गर्ने बताईएको छ ।अध्यक्ष     यादवले     प्रदेश     सरकार  गठनमा  केहि  ढिलाई  पनि  हुन  सक्ने  संकेतगर्दै  भने,  अझै  कतिपय  विषयहरु  मिलाउन  बाँकी  छ    ।फोरमले    संसदीय    दलको    नेता  चयनलाई  कुरेको  राजपाले  अझै  दलको  नेत  ाचयन  गर्न  सकेको  छैन्  ।माघ  २९  गते  प्रदेश  सभाको  बैठक  बोलाईएको  छ  ।  फागुन  २  गते  सभामुख  र  उपसभामुखको  चुनाव  हुने  कार्यतालिका निर्धारण गरिएको छ ।त्यस  अगावै  संसदीय  दलको  नेत  ाचयन  भईसक्ने  राजपा  अध्यक्ष  मण्डलका  सदस्य  राजेन्द्र महतोले जनाए ।प्रदेश नम्बर २ मा फोरमको २९ र राजपाको २५ जना सदस्य छन् ।कुल १ सय ७ सदस्य रहेको प्रदेश  सभामा  सरकार  गठनगर्न  फोरम  र  राजपा  मिल्दा  समान्य  बहुमत  पुग्छ  ।प्रदेशमा  मुख्यमन्त्री  र   मन्त्रीपरिषदको   कार्यालय   समेत   ७   वटा   मन्त्रालयको लागि भवन व्यवस्थापन गरिदैछ ।

मुख्यमन्त्री र सभामुख बाँडफाँडमा
सहमति भएपनि दुवै दलले ठूला
मन्त्रालयहरु खोजेपछि बैठक निर्णयमा
पुग्न सकेन् ।राजपालाई हैसियत अनुसार
दावी गर्न फोरमका नेताहरुले सुझाव
दिए ।राजपा अध्यक्ष मण्डलका सदस्यहरुले
अडान नछाडेपछि फोरम अध्यक्ष
काठमाण्डुका लागि प्रस्थान गरेका थिए ।

No comments

Powered by Blogger.