गाउँ परिषदको बिरोधमा रिले अनसन


राजविराज । सप्तरीको तिलाठी कोईलाडी  गाउँपालिकाको  नाम  फेरिएको बिरोधमा मंगलावारदखि स्थानीय    बासिन्दाहरुले    रिले    अनशन सुरु गरेका छन् ।नाम परिवर्तन   गर्ने   गाउँ   परिषदको   बैठक अबैध रहेको भन्दै त्यसको खारेजीको      अनशनकारीहरुले      गरेका छन् ।नेपाल भारत सीमामा बाँधको   विषयमा   विवाद   हुँदा   चर्चामा   आएका   देव   नारायण   यादवको   अगुवाईमा   स्थानीय   बुद्धिजिवीहरुले रिले अनशन सुरु गरेका छन् ।तिलाठी           कोईलाडी           गाउँपालिकाका नागरिक समाजको नेतृत्वमा    अबैध    गाउँपरिषद    खारेज गर्नुपर्ने ,तिलाठी कोईलाडी गाउँपालिकाको    पुर्ववत    नाम    कायम   राखी   केन्द्र   परिवर्तन   सम्बन्धी निर्णय सच्याउनुपर्ने ,चालू आर्र्थिक  वर्षको  हाल  सम्मको  खर्चको    विवरण    सार्वजनिक    गर्नुपर्ने  ,गाउँपालिका  प्रमुख  तथा  प्रशासकीय प्रमुख माथी छानवीन सहित   कार्वाही   गर्नुपर्ने   माग   राखिएको छ ।गाउँपालिकाको          सबै          कागजात    र    सामग्री    समेत    लुकिछिपी लगिएको भनी आशंका रहेको  हुँदा  सम्पुर्ण  कागजात  र  सामग्री   देखाउनुपर्ने   लगायतका   माँगहरु अनशनकारीहरुले पुरा हुनु पर्नेमा जोड दिएका छन् ।पछिल्लो  केही  दिन  देखि  तिलाठी  कोईलाडी  गाउँपालिका  कोईलाडीको    जिरिया    हाटमा    सारेको    तथा    खाँडो    जिता    गाउँपालिका           नामाकरण           गरेको  बिरोधमा  स्थानीयबासीहरु  आन्दोलित  भएका  छन  ।  माँग  पुरा  नभए  सम्म  आन्दोलन  जारी  रहने  कोईलाडीका  बासिन्दाहरुले  जनाएका छन् ।तर  नाम  र  केन्द्र  परिवर्तनको  पक्षमा पनि उक्त गाउँ पालिकाका मानिसहरु उठेका छन् ।नाम र केन्द्र परिवर्तनको पक्षमा देखिएकाहरुले समाजिक   सञ्जालमा   समर्थन   जनाउन थालेका छन् ।तिलाठी    कोइलाडी    गाउँ    पालिका   सरकारले   नामाकरण   गरेको  थियो  ।तर  गाउँ  सभाबाट  नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ ।गाउँपालिका  अध्यक्ष  सतिश  सिंहले    साविकको    तिलाठी    गाविस   अरुतिरको   बासिन्दाका   लागि पायक पर्ने ठाउँ नभएकाले कार्यालय सार्ने निर्णय बताए ।साविकको         कोइलाडी         गाविसको    जिरिया    हटियामा    गाउँपालिकाको  कार्यालय  राख्ने  निर्णय   भएको   र   अधिकांशले   यो   निर्णयको   स्वागत   गरेको   उनको दावी छ । तिलाठीमा पुग्न बभनगामाकट्टी,         सकरपुरा,         बर्साइनसहितका     बासिन्दालाई     सहज नभएको र अहिले राखेको ठाउँमा सबैलाई सहज हुने उनको कथन छ ।‘आम             नागरिकको             सुविधालाई  प्रमुखता  दिईएको  छ  ’उनले  भने,  ‘केहि  व्यक्तिहरुले  आफ्नै गाउँमा हुनुपर्ने अनावश्यक अडान   लिएका   छन्   ।’   गाउँ   पालिकाको बैठक विधान सम्मत ढंगले भएको उनले दावी गरे ।यसैगरि     बेल्ही     चपेना     गाउँपालिकाको   कार्यालय   पनि   सारिएकोे  छ  ।  वडा  नम्बर  ४  बेल्ही  चपेनामा  रहेको  कार्यालय  हाल   वडा   नम्बर   ३   नर्घाेमा   सारिएको  छ  ।  गाउँ  पालिकाका  अध्यक्ष  परमानन्द  यादव  नर्घोका  बासिन्दा हुन् ।अध्यक्ष  यादवले  बहुमतबाट  निर्णय  गरेका  छन्  ।तर  उनको  बिरोधमा   उपाध्यक्ष   लगायतका   केहि वडा अध्यक्षहरु छन् ।अध्यक्ष र  उपाध्यक्ष  दुवै  जना  नेपाली  काँग्रेसबाट  निर्वाचित  हुन्  ।तर  केन्द्रको विषयमा दुवै बीच विवाद चर्केको छ ।।।।बिना    बैठक    अध्यक्षले    षडयन्त्रपूर्ण    माइन्यूट    लेखेर    हस्ताक्षर गर्न लगाए’ गाउँपालिका उपाध्यक्ष पुष्पमाला देवी मण्डलले भनिन, ।।।४ वडा अध्यक्षसहित ५ जनाले माइन्यूटमा हस्ताक्षर गरे । तर  २  जना  वडा  अध्यक्ष  र  मैले  माइन्युटमा हस्ताक्षर गरेका छैनौ ।’

No comments

Powered by Blogger.