जनकपुरधाम । नेपाली काँग्रेस संसदीय दलको नेतामा धनुषाका रामसरोज यादव चयन भएका
छन् ।दलको सोमवार बसेको बैठकले सर्वसम्मतीबाट यादवलाई चयन गरेको छ ।प्रदेश नम्बर २ का
पर्यवेक्षक विमलेन्द्र निधिको उपस्थितिमा पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले
यादवलाई सर्वसम्मतीबाट नेता चयन गरेको छ । काँग्रेसको प्रदेश सभामा १९ जना सदस्य छन् ।संसदीय
दलको बैठकमा सर्लाहीका वीरेन्द्र सिंहले उम्मेदवारी दिने प्रयास गरेका थिए । उनले दलको नेताका लागि
चुनाव नै गराउनु पर्ने माग गरेपनि बहुमत सदस्यहरुले सर्वसम्मतीमा जोड दिएका थिए ।यादवको पक्षमा
बहुमत जुटेपछि सिंहले चुनावको अडान छाडेको बताइएको छ ।यादवलाई दलको नेतामा चुनौती
दिन सिंहलाई धेरैले समर्थन गरेपनि नेता निधिको प्रयासपछि सर्वसम्मतको वातावरण बनेको थियो ।
बैठकमा काँ ग्रेस केन्द्रिय सदस्य आनन्दप्रसाद ढुंगानापनि थिए । बैठक पछि नेता निधिले नेपाली
काँग्रेस प्रतिपक्षमा रहने जनाए ।धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’बाट निर्वाचित
भएका यादव धनुषामा निर्वाचित एकमात्र काँग्रेस नेता हुन् । पहिलो संविधान सभामा
सदस्य रहेका यादव लामो समयदेखि काँग्रेसको धनुषा सभापति हुन् ।केन्द्रिय महाधिवेशन भएको दुई वर्ष
वितिसक्दापनि पछिल्लो समय धनुषामा अधिवेशन नभएकाले उनी सभापतिमा निरन्तरता पाएका छन् ।
Post a Comment