मापदण्ड विपरितको कलेजहरु भारतीय विद्यार्थी भर्ना लिद

जनकपुरधाम     । मापदण्ड        विपरित     सञ्चालन     भईरहेको     मधेश  जानकी  मेडिकल  कलेज  र  नेशनल मेडिकल कलेजले नेपाली विद्यार्थीहरुको भर्ना लिन अनाकानी गरेको  आरोप  लगाउँदै    संघिय  समाजवादी  फोरम  नेपालको  भातृ  संगठन     समाजवादी     विद्यार्थी     फोरम   नेपाल   र   राष्ट्रिय   जनता   पार्टी    नेपालको    भातृ    संस्था    राजपा विद्यार्थी संगठनले मापदण्ड अनुरुप   कलेज   सञ्चालन   गरी   नेपाली विद्यार्थीहरुलाई सहज ढंगले नामांकन गर्न माग गरेका छन् ।विद्यार्थी   फोरमका   वरिष्ठ   उपाध्यक्ष रमेश यादव र विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष मनिष कुमार   मिश्रले   शनिवार   जारी   गरेको  संयुक्त  विज्ञप्तिमा  जानकी  र  नेशनल  कलेजलाई  मापदण्ड  पुरा  गरी  नेपाली  विद्यार्थीहरुलाई  प्राथमिकताका   साथ   नामांकन   गर्न  आग्रह  गरेको  छ  ।  मागलाई  वेवास्ता   गरिए   संघर्षमा   उत्रने   धम्की  दुवै संगठनले दिएको छ ।जानकी  मेडिकल  कलेजमा  ८०  विद्यार्थी  भर्ना  गर्ने  अनुमति  दिएको  छ  ।तर  उसले  १२  जना  खुल्लाबाट  आएका  विद्यार्थी  र  ८   जना   सरकारी   छात्रवृतीबाट   आएका  गरी  २०  जनाको  मात्र  नामांकन गरेको छ ।नेशनलले  नेपाली  विद्यार्थी  नपुगेको भन्दै उच्च न्यायलयबाट भारतीय   विद्यार्थीहरुको   सोझै   भर्ना लिने स्टे अर्डर प्राप्त गरेको बताईएको  छ  ।जानकी  मेडिकल  कलेजले    आईतवार    भारतीय    विद्यार्थी   भर्नाका   लागि   उच्च   न्यायलय  पाटनमा  स्टे  अर्डरका  लागि मुद्दा गर्ने बताइएको छ ।

No comments

Powered by Blogger.