ईपीएलः कृष्ण कार्कीले अन्तिम बलमा चौका हान्दै भैरहवालाई जिताए
६ पुस, काठमाडौं । आठौं नम्बरका ब्याट्सम्यान कृष्ण कार्कीले इनिङको अन्तिम बलमा चौका प्रहार
गरेपछि शरद भेषावकरको टोली भैरहवा ग्लाडिएटर्सले एभरेष्ट पि्रमियर लिग ईपीएलमा लगातार तेस्रो
जित दर्ता गरेको छ ।
ललितपुर प्याटि्रयट्सले १४२ रनको लक्ष्य पछ्याएको भैरहवाले ६ विकेट गुमाएर इनिङको अन्तिम
बलमा जित हासिल गर्दा कृष्ण कार्कीको चौका निक्कै महत्वपूर्ण रहृयो । १९.५ ओभरमा रोहितकुमार
पौडेल रनआउट भएपछि आएका कार्कीले सुबोध भाटीको बलमा चौका प्रहार गरे ।
त्यसोत भैरहवाको जितमा रोहित पौडेलको इनिङ सबैभन्दा निणर्ायक थियो । उनले ११ बल खेलेर ५
चौका र १ छक्का प्रहार गरेपछि भैरहवाको जितको आधार तय भएको थियो । त्यसअघि पुनित विष्टले
पनि अर्धशतकीय पारी खेलेका थिए । मोहम्मद आरिफ शेख २७ रनमा अविजित रहे ।
बलिङतर्फ ललितपुरका योगेश नागरले २ विकेट लिए ।
यसअघि कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ओभरमा ९ विकेट
गुमाएर १४१ रन बनाएको थियो । उसका लागि योगेश नागरले ५४ रनको अर्धशतकीय पारी खेले
पनि कप्तान ज्ञानेन्द्र मल्ले पनि ४२ रन बनाए । मध्यक्रमका अन्य व्याट्सम्यानको प्रदर्शन
सन्तोषजनक नहुँदा ललितपुरले पराजय ब्यहोर्नुपर्यो ।
बलिङतर्फ भैरहवाका दिपेश श्रेष्ठले ३ तथा पुनित मिश्र र आरिफ शेखले २/२ विकेट लिए ।
खेलको म्यान अफ द म्याच पुनित विष्ट चुनिए ।
Post a Comment