रानीपोखरी पुनर्निर्माणमा रञ्जुको चासो, कफी सप नराख्न मेयरलाई आग्रह


 । काठमाडौं महानगरपालिकाकी पराजित मेयर उम्मेदवार रञ्जु दर्शनाले रानीपोखरी पुनर्निर्माणको 
खाकामा आपत्ति जनाएकी छिन् । पुरानै ढाँचामा रानीपोखरी पुनर्निर्माण गर्नु पर्ने उनको जोड छ ।
रञ्जुले हालै मात्र महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग भेट गरेर यस विषयमा कुराकानी 
गरेको अनलाइनखबरलाई बताइन् । ‘पुरातात्विक सम्पदालाई आधुनिकीकरण गर्ने नाममा विकृत 
बनाउन हुँदैन,’ उनले भनिन् ।
उनले मेयरसामू रानीपोखरीमा कंक्रिटको पर्खाल लगाउन थालिएको, वाटर फाउन्टेनदेखि कफीसपसम्म
 राख्न लागिएकोमा आपत्ति जनाएकी थिइन् । जवाफमा मेयर शाक्यले पर्यटकहरुको 
मनोरञ्जन र सुविधाको लागि रानीपोखरीलाई आधुनिकीकरण गर्नु आवश्यक भएको बताएका छन्. ।
रञ्जुले भने पुरातात्विक महत्वको सम्पदाको स्थानमा आधुनिक कफी सप आवश्यक नभएको बताएकी
 छिन् । ‘काठमाडौंमा कफी खाने ठाउँको अभाव छैन’ उनले भनिन्, ‘पर्यटकहरु कफी खानलाई 
रानीपोखरी पुग्ने होइनन् ।’
रञ्जुसँगै सम्पदाविद सुदर्शन तिवारी पनि मेयरलाई भेट्न पुगेका थिए । उनले पनि 
रानीपोखरीको पुननिर्माण पुरानै ढाँचामा सम्पन्न गर्नुपर्ने धारणा राखेका छन् ।
रानीपोखरीको पुनर्निमाण सम्वन्धमा भएको करार, त्यसको समयसीमा, निर्माण सामग्री आदिवारे 
जानकारी माग्दै महानगरपालिकामा आरटीआई दर्ता गरेको रञ्जुले जानकारी दिइन् ।
भूकम्पपछि क्षतिग्रस्त रानीपोखरीको पुनर्निमाणले अझै गति लिन सकेको छैन । बरु बेलाबेला विवाद
 आउने गरेको छ ।

No comments

Powered by Blogger.