राजपा र फोरमले राखेको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकृत, मधेशवादी दल असन्तुष्ट
काठमाडौं – मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि तीन जनाको नाम सिफारिस गर्ने अधिकार प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ ।
सरकारको सिफारिसमा एक महिलासहित तीन जनालाई राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । आजको नागरिक दैनिकमा खबर छ ।
राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले सिफारिस गर्ने कोटामा एकरएक सिट आफ्नो दललाई दिनुपर्ने माग राखेका छन् ।
राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले सिफारिस गर्ने कोटामा एकरएक सिट आफ्नो दललाई दिनुपर्ने माग राखेका छन् ।
स्रोतका अनुसार सरकारले सिफारिस गर्ने तीन जनाको एक–एक सिट आफूहरुले पाउनुपर्ने माग राजपा र फोरमका नेताहरुले प्रधानमन्त्रीसमक्ष राखेका हुन् ।
प्रदेश २ राष्ट्रिय सभा चुनावमा सहकार्य गर्ने बेलामा नेपाली कांग्रेससँग भएको वार्तामा फोरम र राजपाले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले सिफारिस गर्ने कोटामा एकरएक सिट आफूहरुले पाउनुपर्ने प्रस्ताव राखेका थिए ।
स्रोतका अनुसार,– ‘फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिद्वारा मनोनित गर्ने सांसदमा पार्टी नेता अशोक राईको लागि माग गरेका थिए । ’
Post a Comment