वीरगञ्जका आन्दोलनकारीसित आज प्रदेश सरकारको वार्ता
वीरगञ्ज । प्रदेश नम्बर २ को सरकारले वीरगञ्जलाई राजधानी माग्दै झण्डै डेढ महिनादेखि आन्दोलनरत्त पक्षसित मंगलवार वार्ता गर्ने भएको छ ।गृह जिल्लामा रहेका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको निर्देशनमा आन्दोलनकारीहरुसित वार्ता हुने भएको छ ।स्थानीय भिष्वा होटेलमा बिहान ८ बजे वार्ता हुने बताईएको छ ।प्रदेश सरकारले वार्ताका लागि भौतिक योजना मन्त्री जितेन्द्र सोनललाई जिम्मेवारी दिएको छ । उनी पर्सा जिल्लामै रहेका छन् ।३ सदस्यीय मन्त्रीमण्डलमा मुख्यमन्त्री पर्साका र भौतिक योजना मन्त्री सोनल बारा जिल्लाबाट प्रतिनिधित्व गर्छन् ।वीरगञ्जलाई राजधानी बनाउनु पर्ने आन्दोलनमा बारा र पर्सा जिल्लाको समर्थन रहेका छन् । सरकारले जनकपुरधामलाई अस्थायी राजधानी घोषणा गरेदेखि नै वीरगञ्जमा रिले अनशन लगायत बिरोधका कार्यक्रमहरु भईरहेका छन् ।‘प्रदेशको स्थायी राजधानी सरकारले तोक्दैन् ’ उनले भने, प्रदेशको स्थायी राजधानी प्रतिनिधि सभाको दुई तिहाई बहुमतबाट तोकिने संबैधानिक प्रावधान छ ।‘नेपालको संविधानमा प्रदेशको स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले चयन गर्ने उल्लेख छ’ मन्त्री सोनलले भने, राजधानीको टुंगो प्रदेश सभाबाट मात्र लाग्ने छ ।प्रदेश सरकारले पूर्णता नपाउँदै आन्दोलनकारीहरुसित वार्तागरी समस्याको समाधान खोज्ने प्रयास थालेको छ । ‘हामीपनि आन्दोलनबाट आएका छौ’ उनले भने, आन्दोलनकारीको पीडा थाहा भएकाले तत्काल वार्ताबाट समाधानको पहल गरेका छौ ।‘वार्ताका लागि सरकारले गरेको आव्हानलाई आन्दोलनकारीहरुले सकारात्मक रुपमा लिएका छन्’ उनले भने, हामी मंगलवार बिहान वार्तामा बस्ने छौ ।’ राजधानी संघर्ष समितिलाई वार्ताको आह्वान गरी मंत्री सोनललाई वार्ता गर्ने जिम्मा दिएको छ । वार्ताबाट समाधान निस्कनेमा उनी विश्वस्त छन् ।
Post a Comment