प्रदेश २ को मुख्यमन्त्रीमा गद्दी नियुक्त,सपथ बिहिबार हुने

 जनकपुर, २ फागुन । प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत गद्दी नियुक्त भएका छन् । प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता गद्दीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । राजपाको समर्थनमा गद्दीले मंगलबार मात्र मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए ।
१०७ सदस्यीय प्रदेशसभामा फोरमका २९ र राजपाका २५ गरी ५४ सांसद छन्, जुन बहुमत हो ।
मुख्यमन्त्रीको सपथ भोलि हुनेछ । सपथ ग्रहण समारोहमा फोरम र राजपा शीर्ष नेताहरु समेत सहभागी हुने तय भएको छ ।

No comments

Powered by Blogger.