मधेशको मुद्दा समाधान गरेर आर्थिक विकासमा जुट्नुपर्छःनेता महता
काठमाण्डु । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् सांसद राजेन्द्र महतोले मधेशको मुद्दा सम्बोधन गरेर छिमेकी राष्ट्र भारत जस्तै आर्थिक विकासको मार्गमा लाग्नुपर्ने तर्क गरेका छन् । काठमाण्डुमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै नेता महतोले नेपाल– भारत द्धिपक्षीय सम्बन्धमा धेरै समानताहरु रहेको छ उनले भने,‘ शासन प्रणालीमा हामी वीच समानता छ । तर विकासमा समानता छैन, भारत विकासमा उच्च गतिमा अघि बढेको छ, उनले भने । नेपालमा देखिएको सबै खाले समस्याहरुलाई हल गर्नुपर्छ उनले भने–‘ अधिकारको सवाल छ, संविधानका सवालहरु समाधान गर्नुपर्छ । नेपाल–भारतको द्धिपक्षीय सम्बन्ध अति नै प्रगाढ भएको उल्लेख गर्दै सांसद महतोले भने,‘नेपाल–भारतवीच जति राम्रो सम्बन्ध हुन्छ, उति नै राम्रो विकास हुन्छ ।’ नेपाल–भारत सम्बन्ध विशिष्ट भएकोले आगामी दिनमा भारतले नेपाललाई विशिष्ट सहयोग गर्नुपर्नेमा उनले जोड\ दिए ।नेपाल र भारतवीच अति नै विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै महतोले भने,‘दुई देशबीच सम्बन्ध बन्नुभन्दा अघि नै जनता जनतावीच सम्बन्ध थियो । त्यसैले हामीवीच प्राकृतिक सम्बन्ध छ, नेपाल–भारत सम्बन्ध सिंहदरबार र दिल्ली दरबारबाट बनाईएको होईन, हामीवीच जति राम्रो सम्बन्ध भयो, त्यति नै नेपालको प्रगति हुन्छ, विकासमा टेवा पुग्छ ।’ भारत जस्तो नेपालको अरु राष्ट्रहरुसँग सम्बन्ध नभएको बताउँदै उनले भने,‘भारत र नेपालवीच विशिष्ट सम्बन्ध छ, विकासको मामिलामा पनि विशिष्ट हुनुपर्यो ।’ नेपालमा विकासको कुरा गर्दा खोक्ला राष्ट्रवाद बाधक बन्ने गरेको उनको गुनासो थियो । उनले थपे,‘यसले त सम्बन्ध बिगार्छ नि, असली राष्ट्रवाद बरु राम्रो छ, त्यतातर्फ हामीले वातावरण बनाउनुपर्छ ।’ नेपालमा प्राकृतिक प्रचुरताहरु धेरै भएकोले यसको सदुपयोग गर्नेतिर लाग्नुपर्नेमा उनको जोड थियो । भारत र चीनबाट एक प्रतिशत मात्रै पर्यटक नेपाल आउने हो भने पर्यटनमा धेरै विकास हुन्छ, तर यहाँ माहोल बनाउनुपर्छ, सबैलाई स्वागत गर्ने वातावरण बनाउनुपर्छ ।’ नेपालमा विकासका धेरै संभावनाहरु रहेको उल्लेख गर्दै उनले भने जलस्रोतको धनी देश भनिन्छ, तर खोई त जनताको हितमा प्रयोग भएको ?’ उनले भने,‘भारतसँगको सम्बन्ध अब आर्थिक रुपमा अघि बढाउनुपर्छ, आर्थिक विकासका आधारमा सम्बन्धलाई अघि बढाउनुपर्छ, अधिकतम सहयोग आदान प्रदान हुनुपर्छ ।’
Post a Comment