मधेसी पुत्र-२ का लागि जनकपुरका कलाकारहरु समेत सडक तताउने
जनकपुरधाम । मैथिली भाषाका फिल्म मधेसी पुत्र-२ मा नेपाल सेन्सर बोर्डले कैँची चलाएपछि सेन्सर पास गर्नुपर्ने माग गर्दै सडक तताएका छन् ।
फिल्मलाई सेन्सर पास गर्नुपर्ने माग गर्दै विभिन्न जिल्लाका सिनेकर्मी, नाटककर्मीहरु दबाबमुलक रयालीहरुलाई निरन्तरता दिएको छ ।

यसैबीच, शुक्रबार भोली जनकपुरका कलाकारहरु समेत सडक तताउने भएको छ ।
जनकपुरका सिनेकर्मी, नाटककर्मी लगायत सम्पूर्ण कलाकारहरु शुक्रबार दिउँसो १ बजेदेखि दबाबमूलक रयाली निकाल्ने भएको छ ।

दबाबमूलक रयाली जनकपुरको जनकचोकदेखि सुरु हुँदै जानकी मन्दिर, अस्पतालरोड हुँदै रामानन्दचोक तथा पिडारीचोक हुँदै थापाचोक, मिल्स एरिया, भानुचोक, शिवचोक हुँदै पुनः जनकचोकमा कोणसभा गरिने जनाइएको छ ।
दबाबमूलक रयालीमा मिनापका कलाकार, रँग दर्पणका कलाकार, टिभी कलाकार सहित फिल्मका सम्पूर्ण युनिट समेत सहभागी हुने जनाइएको छ ।
फिल्म मधेसी पुत्र २ मा स्वतन्त्र मधेस गठबन्धनका सँयोजक सिके राउतको भूमिका राखेको भन्दै सिके राउतको भूमिकालाई हटाउन सेन्सर बोर्डले फिल्म कम्पनीलाई पत्राचार गरेपछि कलाकारहरु त्यसको विरोधमा उत्रेका हुन् ।

सेन्सर बोर्डको पत्रमा डा. सिके राउतको भूमिका हटाउनुका साथै प्रयोग गरिएको केही शब्दहरु म्युट गरेपछि मात्र फिल्मको सेन्सर पास गर्ने भनेर लेखेका छन् ।
फिल्मको मधेसको समाजिक, वर्तमान अवस्थालाई दर्साएको भएकोले सम्पूर्ण युवा, विद्यार्थी, व्यापारी वर्गहरु रयालीमा सहभागी हुन अनुरोध समेत गरिएको छ ।

Post a Comment