जनकपुरधामलाई राजधानी तोकिएपछि नगरमा दीपावली
जनकपुरधाम : जनकपुरधामलाई प्रदेश न. २ को अस्थायि राजधानी वनाउने सरकारी निर्णयको जनकपुरमा स्वागत गर्दै जनकपुर उपमहानगरपालिकाले शुक्रबार साँझ जानकी मन्दिरमा दिपावली मनाएका छन ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह र विधायक परमेश्वर साहले संयुक्त रुपमा जानकी मन्दिरको प्रांगनमा मोमवती प्रज्वलन गरि सरकारी निर्णयको स्वागत गरेका छन । दिपोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै मेयर लालकिशोर साहले ऐतिहासीक तथा पौराणीक महत्व वोकेको जनकपुरधामको गरिमालाई प्रदेशको राजधानी वनाएर अझै वढाएको भनि प्रतिक्रीया दिए ।
कार्यक्रममा उपमेयर रिता झा,राजपाका नेताहरु,मनोज चौधरी,प्रमोद यादव,विन्दु ठाकुर,उमेश मण्डल लगायत सयौ स्थानियवासीले संयुक्त रुपमा दिप वालेर खुसी मनाएका थिए । त्यसैगरि राजधानी घोषणा गरिएको खुसीमा नगरभरी दिपावली समेत मनाइएको छ ।
Post a Comment