राजेन्द्र महतोले धनुषाका सिडियालाई दिनुभयो यस्तो चेतावनी
धनुषा क्षेत्र न ३ बाट निर्वाचित महतो ज्यूले धनुषा जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग यो विषयमा जानकारी लिनुभएको छ । जनकपुरको यातायात कार्यालय बर्दीवास सार्ने समाचार सञ्चारमाध्यममा आएको थियो । त्यही विषयमा उहाँले प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिनुभएको हो ।
प्रमुख जिल्ला अधिकारीले समाचारमा आए जस्तो जनकपुरको यातायात कार्यालय बर्दिबास सार्ने कुनै योजना नरहेको जानकारी अध्यक्ष महतोलाई दिनुभएको बताइएको छ ।
अध्यक्ष महतोले अधिकारीलाई यातायात कार्यालय सार्ने जस्तो जन बिरोधी कार्य नगर्न गराउन चेतावनी दिनुभएको बताइएको छ ।
Post a Comment