हटे माओवादी मन्त्रीहरु
काठमाण्डु । विनाविभागीय माओवादी केन्द्रका मन्त्रीहरुलाई शुक्रवार अध्यक्ष प्रचण्डले फिर्ता बोलाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले लेखेको पत्रमा आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको जनाउ दिएका छन् ।
४महिनादेखि विनागिभागीय मन्त्री रहेर सुविधा लिएका कारण व्यापक आलोचना भईरहेको थियो ।
पार्टी अध्यक्ष प्रचण्डको पत्र विनाविभागीयमन्त्री गिरिराजमणि पोखरेलले लिएर प्रधानमन्त्री कार्यालय पुगेर प्रधानमन्त्री देउवालाई बुझाए । प्रधानमन्त्री देउवाले उनलाई धन्यवाद भने ।
प्रचण्डको पत्रमा निर्वाचन सम्पन्न गर्न अप्ठ्यारो नपरोस् र समयमै चुनाव होस् भनेर सरकारमा बसेको उल्लेख गरिएको छ । ताजा जनादेश आएपछि नयाँ सरकार गठनका लागि आवश्यक वातावरण बनाउन पहल नगरेको गुनासो पत्रमा उल्लेख गरिएको छ ।
प्रचण्डको पत्रमा भनिएको छ, ‘ आजसम्म त्यस दिशामा ठोस कदम नचालिएको, बरु ढिलासुस्ती भइरहेको, राजश्वको दुरुपयोग र काम चलाउ सरकारले गर्न नमिल्ने निर्णयहरु भइरहेको सन्दर्भमा सरकारमा बसिरहनु औचित्यपूर्ण नरहेकाले आजैबाट माओवादी र संयुक्तका मन्त्रीहरुलाई फिर्ता बोलाई सरकारमा नरहेको जानकारी गराउँछु ।’
Post a Comment