८ वटै जिल्लामा एकै पटक सुरक्षा जाँच
जनकपुरधाम । नेपाल प्रहरीले पहिलो पटक २ नं.प्रदेशको ८ वटै जिल्लामा एकै समयमा सुरक्षा चेकजाँच गरेको छ ।
सुरक्षा व्यवस्था सुदृढ बनाउने क्रममा शुक्रवार पहिलो पटक विहान ११ बजे देखि दिउँसो १ बजे र साँझ ५ बजेदेखि ७ बजे सम्म प्रदेशका ८ वटै जिल्लामा एकै साथ सुरक्षा चेक जाँच गरिएको प्रदेश प्रहरी मुख्यालयले जनाएको छ ।
जिल्लाका सदरमुकाम, सिमानाका, संबेदनशिल स्थान, राजमार्ग आदी स्थान गरी प्रदेश भरी ४ सय स्थानमा सुरक्षा चेक जाँचको व्यवस्था गरिएको र सुरक्षा जाँचको दौरान तत्काल कागज–पत्र साथमा नभएका चारपाङ्ग्रे र दुई पाङ्ग्रे गरी ६ सय १९थान सवारी साधन नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । उक्त सुरक्षा जाँचको क्रममा ६ लाख ४ हजार राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।
Post a Comment