मोदीले ओलीलार्इ दिए भारत भ्रमणको निम्तो
६ पुस, भक्तपुर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एमालेअध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनमा
सफलता प्राप्त गरेकामा आज बधाई दिएका छन् ।
अपराह्न अध्यक्ष ओलीलाई मोदीले टेलिफोन गरी हालै सम्पन्न निर्वाचनमा वाम गठबन्धनले ठूलो
सफलता प्राप्त गरेकामा खुशी व्यक्त गर्दै बधाई दिएका हुन् । मोदीले पूर्वप्रधानमन्त्री ओलीसमक्ष
नेपालमा तीन वटै निर्वाचन सम्पन्न भएकामा खुशी व्यक्त गर्नुभएको एमाले केन्द्रीय सचिवालय
सचिव प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मोदीले यस सफलताले नेपालमा लोकतन्त्रलाई सुदृढ बनाएको तथा निर्वाचनमा हासिल परिणाम
र गठबन्धनको जीतले नेपालमा राजनीतिक स्थायित्व कायम भई आर्थिक विकास हुने विश्वास व्यक्त
गर्नुभएको जनाइएको छ ।
भारतीय प्रधानमन्त्रीले सरकार गठनलगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्दै
आफू ई स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताएका छन् ।
जवाफमा एमाले अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्रीलाई आफूलाई प्राप्त बधाई तथा
शुभकामनाका लागि धन्यवाद दिँदै आफ्नो ध्यान राजनीतिक स्थायित्व, लोकतन्त्रको सुदृढीकरण,
सुशासन र आर्थिक विकासमा केन्द्रित रहेको बताएका छन् । “यसका लागि छिमेकीसँग सुसम्बन्ध
कायम गरिनेछ ”, नेता ओलीले भनेका छन् ।
प्रतिनिधिसभामा नवनिर्वाचित सांसद ओलीले खासगरी भारत र चीनसँग शान्ति र समृद्धिका लागि
सहकार्य गरिने बताउँदै भारतीय प्रधानमन्त्री मोदीलाई पनि नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका छन् ।
सरकार गठनलगत्तै नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणापत्र पठाइने ओलीले बताए ।
उनले गुजरातलगायत प्रान्तमा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि भारतीय जनता
पार्टीका नेता मोदीलाई पनि बधाई दिएका छन् ।
Post a Comment