मधेश थरुहट आन्दोलनका दोषिलाई कारबाही होला त ? छानविन आयोगले प्रतिवेदन बुझाए

काठमाडौं, २९ मंसिर । तराई, मधेश, थारुहट आन्दोलनको सत्य तथ्य छानबीन सम्बन्धी गठित उच्च स्तरीय छानबीन आयोगले आज आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ ।
नेपाल सरकारले मिति २०७३।०६।०२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सर्वोच्च अदालतको पुर्व न्यायाधीश गिरीस चन्द्र लालको अध्यक्षतामा गठित पाँच सदस्यीय आयोगले औपचारिक रुपमा नेपाल सरकारलाई प्रतिवेदन बुझाएको हो ।
संविधान निर्माण प्रक्रिया तथा संविधान जारी भइसकेको संशोधनको माग गर्दै मधेसी, जनजाती, थारु तथा अन्य सिमान्तकृत समुदायलाई निरन्तर आन्दोलन गर्दै आएका थिए । सोही क्रममा राज्य पक्षबाट अध्यधिक बलको प्रयोग भई तथा कैलाली लगायत केही ठाउँमा प्रर्दशनकारी पक्षले पनि हिँसात्मक गतिविधि गरेको विभिन्न अध्ययन अनुगमनले देखाएको छ ।
सो क्रममा भएको हत्याको सत्य तथ्य छानबीन गर्ने कार्यदेश बोकेको आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री शेर बहादुर देउवलाई बुझाउनु भएको हो । सो प्रतिवेदनमा उल्लेखित सिफारिसको आधारमा तत्काल कार्यान्वयन गरी राहत, क्षतिपुर्ति तथा दोषीमाथि कारवाहीको प्रक्रिया यथासिघ्र बढाउन सरकारमाथि दवाव परेको छ ।

No comments

Powered by Blogger.