प्रदेश २ मा ‘भाषा र पोशाक’ आफु खुशी


जनकपुरधाम  । प्रदेश  सभा  सञ्चालनका  लागि  विहिवार   बसेको   सर्वदलिय   बैठकमा   प्रदेशको   औपचारिक पोशाकबारे सहमति हुन सकेन् ।प्रदेश   प्रमुखको   मुख्य   आतिथ्यमा   सम्पन्न   सर्वदलीय बैठकमा ‘पोशाक’को विषयमा सहमति हुन सकेन्  ।  ‘माघ  २१  गते  हुने  पहिलो  बैठकका  लागि  पोशाकको  टुंगो  लाग्न  सकेन्’राष्ट्रिय  जनता  पार्टीका  प्रदेश  सभा  सदस्य  अभिराम  शर्माले  भने,  ‘पहिलो  दिनको  बैठकमा  अनुकुल  पोशाक  लगाउने  सहमति  भएको  छ  ।’’प्रदेश  नम्बर  २  को  औपचारिक  पोशाक  मधेश झल्किने किसिमको हुनेछ’ उनले भने ।तराईमा गर्मी हुने भएकाले‘सफारी सुट’मा सहमति हुने संभावना रहेको बताउँदै नेपाली काँग्रेसका साँसद रामसरोज  यादवले  भने,  ‘  २१  गते  पछिको  बैठकले  यस सम्बन्धमा निर्णय गर्नेछ । तर तत्कालका लागि ‘ग्रे’ (खैरो)रंगको कोट अथवा वण्डी लगाउने सहमति भएको  उनले  जनाए  ।  बैठकमा  भाषा  सम्बन्धी  छलफल  भएपनि  निर्णय  हुन  सकेको  छैन्  ।  प्रदेश  सभाको  ‘लोगो’  तयार  नभएकाले  तत्काल  प्रदेश  सभा सदस्यहरुलाई अस्थायी परिचय पत्र उपलब्ध गराइने  छ  ।परिचय  पत्रको  अधारमा  नै  प्रदेश  सभा  सदस्यहरु प्रदेश संसदमा प्रवेश पाउने छन् ।लोगोको माथिल्लो  भागमा  जानकी  मन्दिर  र  तल्लो  भागमा  हरियो फाँट र किसानको तस्वीर देखिने गरी बनाउनेमा छलफल  भएपनि  निर्णय  भई  नसकेको  सभा  सदस्य  यादवले जनाए । प्रदेश सभाको मर्यादा पालकको पोशाकको पनि टुंगो नलागेको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले  जनाए  ।‘प्रहरी  प्रधान  कार्यालयबाट  पुरुषका  लागि  दाउरा,सुरुवाल,  कोट  र  महिलाका  साडी  भनिएको छ’ उनले भने, तर यहाँ त्यसमा सहमति हुन सकेको छैन् ।’ मर्यादापालकहरु काठमाण्डुबाट र अन्य सुरक्षाकर्मीहरु  विभिन्न  जिल्लाहरुबाट  आउने  उनले  जनाए ।‘समयाभावको कारण सुरक्षाकर्मीहरुलाई प्रदेश सभामा निर्वाह गर्ने भूमिका सम्बन्धी प्रशिक्षण पहिलो बैठकपछि दिईने प्रहरी उपरीक्षक सिंहले जनाए । बैठकमा  १४  वटा  एजेण्डा  राखिएको  थियो  ।  एजेण्डाहरुमा सहमति भएपनि अधिकांश एजेण्डामा निर्णय  हुन  सकेन्  ।  बैठकमा    अन्तरिम  कार्य  सुची  प्रस्तुत  गरिएपछि  दलहरुले  २०  गते  सुझाव  दिने  बताईएको  छ  ।सभामुख  ,  उपसभामुख  समेत  रहने  गरी  १४  सदस्यीय  कार्य  व्यवस्था  समिति  बनाउने  र  ५  सदस्यीय  नियमावली  मस्यौदा  समिति  बनाउने  सहमति भएको एमालेका प्रदेश सभा सदस्य सत्रुधन महतोले जनाए । प्रदेश सभामा रहेका प्रमुख ५ दलबाट एक÷एक जना रहने गरी ५ सदस्यीय अध्यक्ष मण्डल रहने सहमति बैठकमा भएको छ । प्रदेश सभा हलमा दर्शकदीर्घा  नभएकाले  बाहिर  नै  सर्वसधारणलाई  पहिलो  बैठकको  कार्वाही  हेर्न  स्क्रिन  जडान  गरिने  बताईएको  छ  ।पहिलो  बैठकमा  हरेक  सभासदले  २  जना र एउटा पार्टीले १० जनाको पास पाउने छन् ।पहिलो दिनको बैठकमा प्रस्तुत गरिने एजेण्डाहरु कार्य  व्यवस्था  समितिमा  दलहरुले  २०  गते  पठाई  सक्नु  पर्ने  सहमति  भएको  संघिय  समाजवादी  फोरम  नेपालका प्रदेश सभा सदस्य विजय यादवले जनाए ।प्रदेश  मुख्यमन्त्रीको  संभावित  यादवले  भने,  ‘समयाभावको   कारणपनि   कतिपय   कार्यहरु   हुन   सकेन्  ।’प्रदेश  सभाको  पहिलो  बैठक  ज्येष्ठ  सदस्य  एमालेका सभासद लगनलाल चौधरीको अध्यक्षतामा बस्ने  छ  ।बैठक  सञ्चालन  लगायतका  प्रकृयाहरु  बारे  उनलाई  लहान  स्थित  घरमै  पुगेर  विज्ञ  टोलीले  जानकारी गराएका छन् ।चौधरीलाई    जिल्ला    प्रशासन    कार्यालय    सिरहाले गाडी र गार्डको व्यवस्था मिलाएको छ ।उनी सिराहाको क्षेत्र नम्बर १ को ‘क’बाट निर्वाचित भएका हुन्  ।  प्रदेश  सभा  संसदीय  दलको  बैठक  दलहरुले  २०  गते  बोलाएका  छन्  ।संसदीय  दलको  बैठकपछि  प्रदेस सभा बैठकको कार्य सञ्चालनमा सहजता हुने सभासदहरुले जनाए ।‘संसदीय  दलको  नेताहरु  चयन  भएपछि  दलका  साँसद सभामुख, कर्मचारीहरुसित समन्वय गर्न सहज हुनेछ’  फोरमका  सदस्य  यादवले  भने,  प्रदेश  सभामा  सबै नयाँ भएकाले प्रारम्भमा केहि समस्या देखिएपनि त्यो  चाँडै  समाधान  हुनेछ  ।प्रदेश  सभामा  १  सय  ७  जना सदस्य छन् ।

No comments

Powered by Blogger.