सिमामा बैद्यको प्रर्दशन
वीरगन्ज । वीरगन्जको छपकैया स्थित सिमामा मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको विद्यार्थी तथा युवा संगठनले प्रर्दशन गरेको छ ।नेपाली जग्गा भारतीयलाइ देउवा सरकारले सुम्पेको भन्दै भारत र सरकारका बिरोधमा बैद्यका बिद्यार्थी तथा युवानेताहरुले आरोपसम्म लगाए । काठमाडौंबाट बुधबार वीरगन्ज आइपुगेको अखिल क्रान्तिकारी युवा लिगको नेतृत्वमा आएको टोलीले सिमानाकामै पुगेर चर्को नारावाजीसंगै गर्नुको साथै कोणसभा समेत गरेका थिए । छपकैयामा सीमा नाकाको स्थलगत अवलोकन गर्दै सीमा स्तम्भ गाड्ने क्रममा नेपाल सरकारमा रहेका भारती एजेन्टहरुले ४८ बिघा नेपाली भूमी भारतलाइ सुम्पेको टोलीलेठहर गरेको थियो ।पार्टीका पोलिटव्युरो सदस्य कृष्णदेव सिंह दनुवार, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष सेवन्तराज भण्डारी र क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष अमीर महर्जनको नेतृत्वमा सीमा क्षेत्रमा पुगेका नेता कार्यकर्ताले पार्टी र नेपालका राष्टिय झन्डा फहराउदै नेपाल प्रदर्शन गरेसीमा क्षेत्रमै आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष सेवन्तराज भण्डारीले नयाँ पिलर राख्ने क्रममा लाजपुर्जा भएको ४८ बिघा जग्गा नेपाल सरकारले भारतलाइ सुम्पिएको आरोप लगाए।उनले भने ।।।नेपाली सरकारमा रहेका भारतीय दलाल र नापी विभागका उच्च अधिकृतहरुले नेपाली भूमी भारतलाई सुम्पिदिएका हुन्।’उनले भने।।।आज फेरी नेपाली दलालहरुको कारण सिमामा लडने अवस्था भएको छ ,नाम र थर लेखेर मात्रै नेपाली भइँदैन , आफ्नो भूमीको रक्षा गर्न नसक्नेहरु सरकारमा पुगेको कारण राष्टिय«ता खतरामा परेको छ ।’वीरगन्जको छपकैयामा मिचिएको नेपाली भूमी नेपाल सरकारले फिर्ता नगरे नेपाली भूमीको रक्षाका लागि अखिल क्रान्तिकारी र क्रान्तिकारी युवा लिग सशक्त आन्दोलनमा उत्रिने क्रान्तिकारी युवा लिगका अध्यक्ष महर्जनले चेतावनी दिए। छपकैयामा सीमा क्षेत्रको स्थलगत अवलोकन र प्रदर्शन पछि बुधबार साँझ दुवै संगठनले वीरगन्जको मुख्य बजारमा पनि जुलुश र नाराबाजी गरेका थिए।यसअघि भारतले नेपाली भूमी मिचेको भन्दै नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी , युवा संगठन वाइसिएल र नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रिय टोलीले पनि विवादित सीमा क्षेत्रमा राष्ट्रिय झण्डा गाड्नुका साथै प्रदर्शन गरी भारतको बिरोध जनाइसकेका छन् ।
Post a Comment