काशीदेवी नाटक हेरेपछि रुनुभयो राजेन्द्र महतो (फोटो फिचर)
सहिद दुर्गानन्द झाको सम्झनामा तयार पारेको काशिदेवी नाटक हेर्न उहाँ लगायत थुप्रै नेताहरु सर्वनाटक थेयटर पुग्नु भएको थियो ।
दुर्गा नन्द झालाई उहाँका आमा जेलमा भेटन् आएको बेला भएको संवाद र दृश्य देखेर महतोको आँखा रसाएको थियो ।
दुर्गानन्द झाको आमाले सरकारसँग माफी माग तिमीलाई रिहाय गर्दिदिन्छ, त्यसपछि दुर्गा नन्द झाले गणतन्त्रका लागि आफ्नो ज्यान जाए जाओस् आफूले माफी नमाग्ने प्रतिकृया आफ्नो आमालाई दिएपछि महतो लगायत हलमा उपस्थित सबैको आँखा रसाएको थियो ।
नाटक हेर्न माओवादी केन्द्रका नेता रामेश्वर राय यादव, राजपा नेपालका मनिष सुमन, केशव झालगायतका नेताहरुको पनि पुग्नु भएको थियो ।
महतोले दुर्गानन्द झाको सपना पूरा भएको छ । अब पहिचानको लडाई शुरु भएको बताउँदै मधेशी थारुको पहिचानका लागि संघर्षका आवश्यकता रहेको प्रतिकृया दिनुभएको थियो ।
नाटक असाध्यै राम्रो रहेको यसले मधेशको क्रान्तिलाई सफल बनाउन अझै बल पुर्याउने उहाँले बताउनुभयो ।
निराजन झाले लेखेको नाटकलाई सरिता साहले निर्देशन गर्नुभएको छ । पुस २७ गतेदेखि शुरु भएको नाटक माघ ६ गतेसम्म चल्नेछ ।
Post a Comment