चिसोले सप्तरीमा थप तीनसहित ६ को मृत्यु, चिसोले जनजीवन प्रभावित



२२ पुस । बिगत एक सातादेखी बढेको अत्याधिक चिसोका कारण कठ्याग्रिंएर सप्तरीमा थप तीन जनाको मृत्यु भएको छ । यो सँगैै सप्तरीमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
जिल्लाको महदेवा गाँउपालिका वडा नं। २ अकवरपुरका ५८ वर्षीय सुकदेव यादब शुक्रबार बिहान घर नजिकैको नहरको डिलमा शौच गर्न जाँदा चिसोका कारण ढलेका थिए । ढलेको देखेर स्थानियहरुले उनलाई अस्पताल लाने क्रममा मृत्यु भएको स्थानिय रामदेव यादबले जानकारी दिएका छन् ।
यस्तै बुधवार राजबिराज नगरपालिका वडा नं। ११ झल्हीका ६५ वर्र्षीया कैलीदेबी खंग र बिहीबार वडा नम्वर २ का ६० वर्र्र्षीया नाजो बेगमको मृत्यु भएको वडा २ का अध्यक्ष अरुण यादबले जानकारी दिएका छन् ।
यसअघि सोमवार र मंगलवार जिल्लाको छिन्मस्ता गाँउपालीका १ बिरपुरका ३६ वर्षीया कुलदिप राय र सोही वडाका ३५ वर्षीय रामदयाल राम तथा एक साता अगाडी सोही वडाकी ७२ वर्षीया रजियादेवी रायको जाडोका कारण मृत्यु भएको वडाध्यक्ष बिनोद यादबले जानकारी दिएका छन् ।
यसैबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जिल्लामा चिसोका कारण कुनै मानविय क्षति नभएको दाबी गरेका छन् । प्रजिअ पाण्डेयले हालसम्म जिल्लामा ६ हजार कम्बल र ५ हजार म्याट वितरण भइसकेको र कुनै मानविय क्षति नभएको दाबी गरे ।
उनले चिसोबाट अति प्रभावित जिल्लाका छिन्नमस्ता गाउँपालिकामा ५ सय कम्बल बितरण गरिएको तथा राजविराज, हनुमाननगर, महदेवा लगायतका क्षेत्रमा समेत कम्बल र म्याट वितरण गरिएको बताए । त्यस्तै बालबालिकाका लागि न्यानो झोला सम्पूर्ण स्थानिय तहलाई हस्तान्तरण गरि वितरण गर्न १८ वटै स्थानिय तहका प्रमुखहरुलाई निर्देशन दिएको जानकारी दिए ।उनले चिसोबाट बच्नका लागि विभिन्न स्थानमा वन कार्यालयको सहयोगमा दाउरा बाल्ने प्रहरी, सेनाको सहकार्यमा कार्य सूचारु गरिसकेको दाबी गरे । यता चिसो हावासंगै शितलहरी बढेपछि बिहीवारदेखी सप्तरी जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गरिएको छ भने निजि विद्यालयहरु संचालन नै रहेका छन् ।साभारः एविसी न्यूज

No comments

Powered by Blogger.