प्रदेशकाे अस्थायी मुकामबारे मन्त्रिपरिषद बैठकमा विवाद
२ माघ, काठमाडौं । प्रदेशहरुको अस्थायी मुकाम तोक्ने विषयमा विवाद हुँदा बुधबार विहान बसेको
मन्त्रिपरिषद बैठक स्थगित भएको छ ।
अस्थायी मुकाम तोक्न बुधबार विहान मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको
थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश अस्थायी मुकामसम्बन्धी प्रस्ताव पेश
गर्नासाथ मन्त्रीहरुले आआफ्नो अडान राखेका थिए ।
एक मन्त्रीले भने, ‘सबैले आफ्नो अनुकुल अस्थायी मुकाम हुनुपर्छ भन्न थालेपछि बैठक लम्बियो र
तीन बजे फेरि बस्ने गरी स्थगित भएको छ ।’
प्रधानमन्त्रीको प्रस्तावमा प्रदेश १ को अस्थायी मुकाम विराटनगर प्रस्ताव गरिएको छ । तर, राप्रपा
प्रजातान्त्रिकबाट मन्त्री बनेका सुनिलबहादुर थापाले धनकुटा हुनुपर्ने तर्क अघि सारेका छन् ।
प्रदेश २ को राजधानी जनकपुर प्रस्ताव गरिएको छ भने ३ मा विवाद देखिएको छ ।
उपप्रधानमन्त्री कमल थापाले हेटौंडालाई अस्थायी मुकाम बनाउनुपर्ने माग राखेका छन् ।
प्रदेश ४ को अस्थायी मुकाम प्रस्ताव गरिएको छ । ५ को दाङ र बुटवल भन्नेमा मन्त्रीहरुबीच विवाद
छ । ६ को सुर्खेत प्रस्ताव गरिएको छ भने ७ मा धनगढी र दिपायल भन्नेमा मन्त्रीहरुकाे मत बाझिएको
छ ।
Post a Comment