जनकपुर यातयात कार्यालयको मुख्य कामकाज बर्दिबास सार्ने तयारी
जनकपुरधाम, माघ ४ गते ।
जनकपुर यातायात व्यवस्था कार्यालयको मुख्य कामकाज जनकपुुरबाट बर्दिबा सार्ने तयारी शुरु भएको छ । लाईसेन्स प्रदान लगायतको मुख्य कामहरु बर्दिबास लग्ने र बर्दिबासमा भइरहेको नविकरणको काम जनकपुरमा मात्र सिमित गर्ने श्रोतले जनाएको छ ।
सुत्रका अनुसार यातायात व्यवस्था कार्यालय जनकपुरका सुब्बा पोषण थापाको अगुवाईमा कार्यालयको मुख्यकामकाज बर्दिबास सार्ने प्रक्रिया अघि बढेको हो । जसमा कार्यालयका प्रमुख तिर्थराज खनालदेखि यातायात व्यवस्था विभागका डिजीसमेत लागि परेका छन् । यसको लागि यातायात व्यवस्था विभागमा कागजी प्रक्रियाहरु समेत अगाडी बढिसकेको छ । कार्यालयको मुख्य कामकाज सार्न नेतृत्व गरिरहेका पोषण थापा बर्दिबासका स्थायी बासिन्दा हुन् ।
यता यातायात व्यवस्था कार्यालय जनकपुरका निमित प्रमुख राजन पोखरेलले कार्यालयको मुख्य कामकार्वाही सार्न लागेको हल्ला अफवाह रहेको दावी गरेका छन् । उनले जनकपुरमै करोडौको लगानीमा सानो तथा ठुलो सवारीसाधनको स्मार्ट लाईसेन्स प्रदान गर्न व्यवस्था भएको खण्डमा अन्त सार्न नमिल्ने बताए । कार्यालय सार्नको लागि मन्त्री परिषदबाट निर्णय गर्नु पर्ने भएकाले यस्तो हल्लाको पछाडि नलाग्न पोखरेलले आग्रह गरेका छन् ।
यस अघि यातायात व्यवस्था कार्यालय जनकपुर उपमहानगरपालिका ४ स्थित जिल्ला प्रशासन कार्यालयको छेउमा थियो । गत साउन महिनादेखि जनकपुर उपमहानगरपालिका १४ मुजेलियामा भाडाको नयाँ भवनमा सरिएको छ ।

Post a Comment