पाकिस्तानमा सैन्य सहयोग रोक्ने अमेरिकाको घोषणा


२१ पुस, काठमाडौं । अमेरिकाले पाकिस्तानलाई दिने सबै प्रकारका सैन्य सहयोग रोक्ने घोषणा गरेको
 छ । अमेरिकी विदेश विभागका अनुसार पाकिस्तान आतंकवाद अन्त्य गर्न असफल भएकाले यस्तो 
घोषणा गरिएको हो ।
अमेरिकी विदेश विभागबाट जारी वक्तव्यमा लेखिएको छ- सैन्य सहयोग तबसम्म रोकिने छ 
जबसम्म पाकिस्तानले हक्कानी नेटवर्क र अफगान तालिवानविरुद्ध कारबाही गर्दैन ।
बीबीसीका अनुसार पाकिस्तानलाई दिने गरिएको २५५ मिललियन डलरमा पनि अमेरिकाले रोक
 लगाएको छ ।
यसै हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले झूठो बोलेको र चरमपन्थीलाई संरक्षण
 गरेको आरोप लगाउँदै ट्वीट गरेका थिए । ट्रम्पले भनेका थिए, ‘अमेरिकाबाट अर्बौं डलर मद्दत लिएर
 पनि चरमपन्थीलाई पालिरहेको छ ।’
पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी विदेश विभागका प्रवक्ता हैदर नावर्टले भने, ‘आज म यस कुराको
 पुष्टि गर्दछु कि हामीले पाकिस्तानलाई दिने गरिएको सैन्य मद्दत रोक्दैछौं । जबसम्म पाकिस्तान 
सरकारले हक्कानी नेटवर्क र अफगान तालिवानसमेत अन्य चरमपन्थी समूहविरुद्ध निर्णायक 
कदम उठाउँदैन ।’
उनले थप भने, ‘हामी मान्दछौं कि यी समूहले अमेरिकी सैनिकलाई निशाना बनाइरहेका छन् ।
अमेरिका पाकिस्तानलाई सैन्य मद्दत निलम्वित गर्दछ ।’

No comments

Powered by Blogger.