विरोध हुने डरले राजपा नेपालले स्थगित गर्यो बैठक


काठमाडौ माघ ३ गते । राष्ट्रिय सभाका मतदातासँग छलफल गर्नका लागि जनकपुरमा राखिएका बैठक राष्ट्रिय जनता पार्टी नेपालले स्थगित गरेको छ ।

माघ ६ र सात गते भनिएको बैठक स्थगित भएको हो । राजपा नेपालले हिजो बुझाएको समानुपातिकको संशोधन सूचीमा विवाद हुने डरले बैठक स्थगित गरिएको पार्टी स्रोतले जनाएको छ ।

हिजो बुझाएको सूचीमा दुई नम्बर प्रदेशबाट चारजनाका नाम हटाएर अर्को चारजनाको नाम राखिएको छ । जो समावेशी छैन । असन्तुष्ट पक्षले जनकपुरमा राजपा नेपालका नेताहरुको विरुद्धमा नारावाजी गर्न सक्ने सम्भावना देखेर बैठक स्थगित गरेको स्रोतको दावी छ ।

पार्टीका प्रवक्ता सन्तोष मेहताले बैठक स्थगित भएको थाह छ तर किन स्थगित भएको कुरा आफूलाई जानकारीमा नआएको बताउनुभयो ।

बैठकमा राजपा नेपालको तर्फबाट स्थानीय तथा प्रदेशसभामा जितेकाहरुलाई बोलाइएको थियो । उनीहरु राष्ट्रियसभाका मतदाता हुनुहुन्छ ।

No comments

Powered by Blogger.