आइएमएस मोटर्सले नेपाल ल्यायो नयाँ स्याङयोङ रेक्सटन गाडी
२८ मंसिर, काठमाडौं । नेपालको लागि स्याङयोङ मोटर्सको आधीकारिक बिक्रेता एवम आईएमएस ग्रुपअन्तर्गतको, आईएमएस मोटर्सले नेपाली बजारमा नयाँ स्याङयोङ रेक्सटन गाडी भित्र्याएको छ । यो गाडी नेपालमा ६ स्पीड म्यानुअल र ७ स्पीड अटोमेटिक ट्रान्समिसन गरी दुई विकल्पका साथ प्रस्तुत गरीएको छ ।
जसको मूल्य क्रमशः रु. करोड ११ लाख ९९ हजार र रु. १ करोड १९ लाख ९९ हजार रहेको छ । कोरीयाली एस युभी रेक्सटन ३ वर्षको वारेन्टी ६० हजार किलोमिटरसम्म उपलब्ध हुनेछ ।
नयाँ रेक्सटनको डिजाइनमा इ एक्स डी २२० डीजेल इन्जीन र मर्सिडीज-बेन्न७ स्पीड अटोमेटीक ट्रान्समिसनको प्रयोग भएको छ ।
जसले आरामदायी परिवर्तनको अनुभव दिँदै गतिशील डा्रइभिङ सक्षमपार्न चाडै प्रतिक्रिया दिन्छ । नयाँ रेक्सटनको डीजाइनलाईँ मेजिस्टिक थ्रिलर विषय अन्तर्गत कल्पना गरीएको छ र सोल्डर विङ प्रतीक रहेको छ ।
जसले गतिशील छवि प्रदान गर्छ र स्याङयोङ मोटर्सको प्रविधिक विकास अन्तर्गत रहेर उच्चतम सुविधा दिने दृढ संकल्पलाई प्रमाणित गर्ने कम्पनीले जनाएको छ ।

यसको गतिशील र विशाल फ्रन्ट लुकको अलावा, यो एस यु भीएल इ डी (डीआरएल, टर्न लाइट, ब्रेक लाइट, लाइसेन्स प्लेट लाइट )को साथ उपलब्ध छ ।
सेन्टर क्रोम मोल्डिङ, २० इन्चको स्पटर चक्काले यो मोडेलमा यसको स्टाइलिसनेस र सानदार छवि थपेको छ । यो ४ डब्लूडी टेक्नोलोजीमा आधारित छ, तथापि चालकहरुले आराम र इन्धनको संयोजनको लागि रियर व्हील ड्र्राइभ मोड प्रयोग गर्न सक्छन् ।
फ्रन्ट व्हील डबल वीसबोन र रियर व्हील मल्टी-लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सनले उच्चतम ड्र्राइभिङ स्थीरता र ड्र्राइभिङ् अनुभव प्रदान गर्छ ।

यसमा सबैभन्दा ठूलो ८ इन्चको एचडी स्क्रीन, इन्पिmनिटीको पि्रमियम १०- स्पीकर सीस्टम, स्वच्ाालित ढोका, सहज पहूँच भएको पूर्ण स्वचालित एयर कन्डिसन, पछाडि २२० भोल्टको इन्भर्टर र समान राख्न र निकाल्नका लागि एउटा स्मार्ट टेलगेट रहेको छ ।

Post a Comment