मधेशी पुत्र २ माथि सेन्सर बोर्डले कैंची चलाउँदैं रोक लगाए (पत्र सहित)


काठमाडौं, ६ पुस । मधेशी जनताको हक अधिकार र आन्दोलन माथि निमार्ण भएको राजनीतिक घटनाक्रममा अधारित चलचित्र मधेशी पुत्र २ लाई केन्द्रिय चलचित्र जाँच समितिले रोक लगाएका छन् । पुस ५ गते समितिले मधेशी पुत्र २ को जाँच गर्ने क्रममा सो चलचित्र माथि रोक लगाएका हुन ।
समितिले चलचित्रका केही सम्वादलाई म्युट गर्नु पर्ने, टाउकोमा हानिएको गोलिलाई ब्लुर गर्नु पर्ने र सिके राउत भन्ने पात्रको भुमिका र प्रसंग पूर्ण रुपमा हटाउनु पर्ने निर्देशन जारी गर्दै पुनः जाँचका लागि पेश गर्न निर्देशन दिएका छन् ।

यस अघि नेपाली चलचित्र भैरवमा मधेशी नेता तथा समुदायलाई होच्चयाउने सम्बाद हुँदा पनि केन्द्रिय चलचित्र जाँच समिति कुनै रोकटोक नगरी चलाउन निर्देशन दिएका थिए । मधेशी पुत्र २ लाई सिके राउतको पात्र हटाउनु पर्ने कारण उल्लेख नभएको पत्रमा फिल्म निर्माता कम्पनीले मधेशी भएकै कारण जाँच समितिले चलचित्रलाई रोक लगाएको दाबी रहेको छ ।

No comments

Powered by Blogger.