वर्षमान पुनको मध्यस्थ लाइनः मधेसलाई सम्वोधन गर्नुपर्छ, कांग्रेसलाई हेप्नुहुँदैन
पहिले पार्टी एकताको मार्गचित्र, अनि सरकार गठन
४
पुस, काठमाडौं । सभामुख ओनसरी घर्तीले बालुवाटारस्थित सभामुख निवास छाडेर
‘रामकृष्ण आश्रम’ लेखिएको नयाँ घरमा डेरा लिएकी छिन् । सभामुखका पति एवं
माओवादीका प्रभावशाली नेता वर्षमान पुनलाई भेट्न हामी सोही नयाँ डेरामा
पुग्दा नवनिर्वाचित सांसद पुनलाई बधाइ दिन एकाबिहानै गृहसचिव मोहनकृष्ण
सापकोटा त्यहाँ पुगेको पाइयो ।वामपन्थीहरुले सरकार बनाउन लागेको संकेत पाउनासाथै अहिले एमाले र माओवादी नेताका निवासमा कर्मचारीहरुको दौडधूप बाक्लै देखिन थालिसकेको छ । तर, हामीले माओवादी नेता पुनसँग यस विषयमा कुरा गरेनौं । बरु, एमाले-माओवादीवीचमा देखा पर्न थालेको नेतृत्वसम्बन्धी विवाद, अनि मधेस र कांग्रेसलाई हेर्ने माओवादीको दृष्टिकोणका बारेमा छोटो कुराकानी गर्यौं ।
कुराकानीका क्रममा पुनले मधेसी जनताले मधेसको मुद्दालाई अनुमोदन गरेको बताए । साथै कांग्रेसलाई पनि निर्वाचनले बलियो पार्टीका रुपमा स्थापित गरेको भन्दै उनले कांग्रेससँग सम्मानजनक व्यवहार गर्नुपर्ने बताए ।
पुनले स्पष्ट शब्दमा त भनेनन्, तर राष्ट्रपतिले अडकाएर राखेको एकलसंक्रमणीय मत प्रणालीसहितको राष्ट्रियसभा सम्बन्धी अध्यादेश पारित गर्दा कुनै फरक नपर्ने संकेत गरे । पुनले अनलाइनखबरसँग भने- ‘लोकतान्त्रिक अभ्यासमा विपक्षी महत्वपूर्ण हुन्छ, ऊसँग पनि जनमत छ ।’
पार्टी एकताका सन्दर्भमा कुरा गर्दै पुनले पहिले एकताको मार्गचित्र बनाएपछि सरकार गठन गरिनुपर्ने माओवादीको लाइन प्रस्ट्याए । एमालेभित्र के-कति गुटहरु छन् भन्ने आफूहरुलाई थाहा नभएको भन्दै उनले एकीकृत पार्टीलाई गुटहरुको महासंघ बन्न नदिइने बताए ।
माओवादी नेता पुनसँग गरिएको कुराकानीः
तपाईहरु देशमा राजनीतिक स्थिरता चाहियो, स्थिरता चाहियो भन्दैहुनुहुन्थ्यो, जनताले वामपन्थीलाई बहुमत दिएका छन् । अब पाँच वर्षसम्म स्थिर सरकार बन्ला त ?
यसपालिको चुनावमा जनताले स्थिरता र समृद्धिका लागि मत दिएका हुन् । वामपन्थी एकताको एजेण्डालाई अनुमोदन गरेका हुन् । वामपन्थी मतदाता र कार्यकर्ताहरुले पार्टी एकता गर्न र शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणका लागि जनताले मत दिएका हुन् ।
त्यसैले हामी टुटफुटमा गएको कम्युनिष्ट आन्दोलनलाई सामान्य पार्टी एकता मात्रै नभएर यो लामो श्रृंखलाबाट आएको धारको एकता गर्न लागिरहेका छौं । र, यो जनताकै तर्फबाट अनुमोदन भएको छ ।
अर्कोतर्फ, नेपालको राजनीतिक इतिहासमा कुनै पनि सरकार पाँच वर्ष टिकेको छैन । यो अवस्थालाई अन्त्य गर्दै राजनीतिक स्थायित्व, विकास र समृद्धितिर देशलाई लानका लागि जनताले हामीलाई म्यान्डेट दिएका छन् । हामी जनताको यही म्यान्डेटलाई आत्मसाथ गरेर जिम्मेवारीवोधका साथ अघि बढ्छौं ।

तर, चुनाव नसकिँदै एमाले र माओवादीभित्र एकल नेतृत्व कि बहुल नेतृत्व भन्ने विवाद सुरु भइसकेको छ । एमाले महासचिव ईश्वर पोखरेलले एकल नेतृत्व भन्नुभो, माधव नेपालले बहुल नेतृत्व भन्दै हुनुहुन्छ । माओवादीको भनाइ प्रधानमन्त्री र पार्टी अध्यक्षमा भागवण्डा हुनुपर्ने भन्ने छ । यही पाराले तपाईहरुले पाँच वर्षसम्म स्थिर सरकार चलाउनुहोला ?
विभिन्न नेताका विभिन्न भनाइ आएका छन् । यसमा हामीले प्रतिक्रिया दिने भन्दा पनि पार्टी एकता संयोजन समिति बनेको छ, त्यसमा छलफल हुन्छ । र, अहिले को नेता के हुने भन्ने प्राथमिकता भन्दा पनि पार्टी एकता गर्नुपर्छ भन्ने जनताको मूल म्यान्डेट पूरा गर्नेतिर केन्द्रित हुनुपर्छ ।
स्वाभाविकरुपमा पार्टी एकतामात्रै नभएर यो दुईवटा धारहरुको एकता पनि हो । दुईधारवीच एकता र समायोजनको कुरा गर्दा राजनीतिक, वैचारिक कुरा उठ्छन् । संगठनात्मक कार्यशैली, पद्दति र नेतृत्वका कुराहरु उठ्छन् । यसलाई छलफलको माध्यमबाट टुंगो लगाउनुपर्छ ।
मुख्य कुरो विचार, राजनीति, संगठन, आन्दोलन एवं जनताको भावना हो । जनताले मिल, अलग धारा होइन, अब एउटै धाराप्रवाह बनाएर देशको समृद्धि र समाजवादमा जाने आधार बनाऊ भनेका छन् । यहाँका गरिब, उत्पीडित क्षेत्र, जाति, लिंग, समुदाय र वर्गका लागि काम गर भन्ने मूल म्यान्डेट जनताले लिएका छन् । त्यही मूल म्यान्डेट अनुसार नै जिम्मेवारीपूर्वक हामीले काम गर्नुपर्छ ।
हामीलाई थाहा छैन, एमालेमा गुट छ कि छैन । त्यहीँ गएर थाहा होला । त्यहाँ विभिन्न विचार समूहहरु भए पनि त्यसमा हामीले खेल्ने होइनपेरिसडाँडामा बसेको माओवादी बैठकले पार्टी एकता र सरकार गठन सँगसँगै हुनुपर्ने निश्कर्ष निकाल्यो भन्ने खबरहरु आएका छन् । बैठकको खास निश्कर्ष के हो ?
दुईवटा विशाल कम्युनिष्ट पार्टीहरु र धाराहरुको एकता र गठबन्धन नेपालको वामपन्थी राजनीतिको नयाँ प्रयोग हो । विगतमा तालमलेहरु हुन्थे, सरकारमा गठबन्धनहरु हुन्थे, तर यो तहको एकताको उद्देश्य राखेर निर्वाचनपूर्वको गठबन्धन प्रयोगमा थिएन । त्यसैले यो के हुन्छ भन्ने नै थियो, तर चुनावमा जनताकै तहबाट अनुमोदन भयो ।
अब कसैले पनि एकताबाट दायाँवायाँ गर्नुहुँदैन । किनकि जनताले मिल भनेका छन् । मिलेर शक्ति निर्माण गर र देशको स्थायित्व, समृद्धि र स्वाधीनताका लागि, देशको गौरवका लागि काम गर भनेका छन् । यसलाई हामीले प्राथमिकता दिनुपर्छ । यसैले गर्दा सरकार गठन, को प्रधानमन्त्री हुने र को मन्त्री हुने र कति मन्त्रालय बाँड्ने भनेर प्राविधिक कुरोतिर होइन कि विचार, राजनीति र संगठनमा बहस गर्दै दुईवटा धाराहरुलाई एकीकृत गरेर शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्ने मोटामोटी खाका बनाउनुपर्छ ।
कस्तो खाका ?
नेतृत्वको श्रृंखला यसरी हुन्छ, एकताको प्रक्रिया यसरी लगिन्छ, विचार राजनीतिको मूल खाका यो हुन्छ भन्ने कुराको टुंगो गरेर सँगसगै सरकार बनाऔं भन्न खोजिएको हो । हामीले जनताको मेहनत र म्यान्डेटलाई मन्त्रीको भागवण्डा र सरकारतिरमात्रै हेरियो भने सामान्य सरकार र मन्त्रीको तानातानतिर जान्छ । त्यसैले पार्टी एकतालाई एकदम गौण र प्राविधिक कुरोतिर लानुहुँदैन ।
यसको मतलव, पार्टी एकताको मार्गचित्र स्पष्ट पारिसकेपछि मात्रै सरकार गठन गरिनुपर्छ भन्ने माओवादी बैठकको स्पिरिट हो ?
पार्टी एकताको मार्गचित्र तयार गर्ने र सरकार सञ्चालन, स्थायित्व र देशको समृद्धिको मार्गचित्र पनि तयार गरेर जाने भन्ने हो ।
यसो गर्दा पार्टी एकताको प्रक्रिया पनि अघि बढ्दैगर्छ र सँगसँगै सरकार पनि बन्दैगर्छ भन्ने ठानिएको हो कि ?
निश्चय नै ।
यसरी पार्टी एकता गर्न कति समय लाग्ला ?
एकता प्रक्रियाले केही समय लिन्छ । तर, एउटा मार्गचित्र बनाइसकेपछि त्यो चित्रमा अगाडि बढ्छ । सरकार अब छिटै बन्छ र सरकारले काम सुरु गर्छ ।
तपाईहरु एमालेमा मिसिन लाग्नुभएको छ । तर, एमालेभित्रै दुई गुटहरु छन्, एउटा केपी ओली गुट र अर्को माधव नेपाल गुट । तपाईहरुचाहिँ कुन गुटसँग बढी नजिक हुनुहुन्छ ? माधव नेपाल पक्षका नेताहरु सधैं ओली पक्षबाट अन्यायमा पर्यौं भनिरहनुभएको छ । तपाईहरु गएपछि त्यहाँ के होला ?
अहिले कसले कुन पद पाउने कि नपाउने भन्दा पनि कसले कुन पद त्याग गर्ने भन्ने हो । नत्र त दुबैका लागि अध्यक्ष पद छँदैछ नि । त्याग गर्नकै लागि हामीले पार्टी एकता गरेका हौं । केही पाउनका लागि होइनमान्छेहरुले त्यसो पनि भन्छन् । त्यहीँ (एमालेभित्रै) नै त्यत्रो मारामार छ, तपाईहरु गएर फेरि अर्को मार खाने ? यसो भन्नेहरु पनि छन् । तर, हामीले त्यसरी हेरेका छैनौं । जनताले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर, ध्रुवीकृत गर र शक्ति निर्माण गर भनेका छन् । कम्युनिष्ट र वामपन्थी शक्तिहरुले देशको नेतृत्व लिनुपर्छ भन्ने जनताको म्यान्डेट छ । यसलाई आत्मसाथ गरेर हामीले पार्टी एकीकरण गर्ने हो ।
हामीलाई थाहा छैन, एमालेमा गुट छ कि छैन । त्यहीँ गएर थाहा होला । त्यहाँ विभिन्न विचार समूहहरु भए पनि त्यसमा हामीले खेल्ने होइन कि सबैमा बहस गरेर अहिलेको राष्ट्रिय आवश्यकता अनुसार विचार, राजनीति र संगठनमा केन्द्रित भएर शक्ति निर्माण गर्ने हाम्रो भूमिका रहन्छ ।
अब बन्ने एकीकृत पार्टीलाई गुटहरुको महासंघ बनाउन दिनुहुन्न ?
अँ । गुटहरुको महासंघ, स्वार्थ समूहहरुको महासंघ, बन्न दिने हाम्रो कुनै ईच्छा छैन । त्यसले इतिहासको आवश्यकता पनि पूरा गर्दैन । नेताहरुले व्यक्तिगत लाभ खोज्ने हो भने त जति सानो ग्रुप बनायो, मन्त्री पाइहालिन्छ । पालो-पालो प्रधानमन्त्री पनि पाइहालिन्छ । पार्टी एकता गर्नु भनेको त आफ्नो व्यक्तिगत महत्वाकांक्षाहरु त्याग गर्नु हो । आफ्ना जिम्मेवारीहरु त्याथ गर्नु हो ।
त्यसैले
अहिले कसले कुन पद पाउने कि नपाउने भन्दा पनि कसले कुन पद त्याग गर्ने
भन्ने हो । नत्र त दुबैका लागि अध्यक्ष पद छँदैछ नि । प्रधानमन्त्री भएकै
नेताहरु हुन् । हामी पनि आ-आफ्नो पार्टीमा बरिष्ठ नेता भएर बसेकै छौं ।
भोलि एकता गर्दाखेरि त जिम्मेवारी थोरै हुन्छन्, यी जिम्मेवारीहरु त
छुट्छन् ।यस्ता महत्वाकांक्षाहरु त्याग गर्न तयार भएपछि मात्रै अहिलेको इतिहासको आवश्यकता र जनताको भावनाको सम्वोधन हुन्छ । र, त्याग गर्नकै लागि हामीले पार्टी एकता गरेका हौं । केही पाउनका लागि होइन ।
आआफ्नो पोजिसन त्यागेपछि मात्रै एउटा सुदृढ शक्ति निर्माण हुन्छ र नेपाली जनता र देशले पनि केही पाउँछ ।
उसोभए पार्टी एकता नहोला कि भनेर शंका नगरे हुन्छ ?
एकताबाट तर्किने कसैको पनि खैरियत छैन । जनताको म्यान्डेट पार्टी एकता हो ।
मधेसको चुनावी परिणामले पनि प्रश्न सतहमा ल्याएको छ कि हिजो माओवादीले भन्दै आएको मधेससम्बन्धी मुद्दाको अवस्था के हुन्छ ? मधेसको मामिलामा हिजोको केपी ओलीको ‘स्कुल अफ थट’ लागू हुन्छ कि माओवादीले भन्दै आएको ‘स्कुल अफ थट’ लागू हुन्छ ?
यसोभन्दा पनि जनताले के म्यान्डेट दिएका छन् भन्ने नै हामीले हेर्ने हो । देशव्यापीरुपमा वामपन्थी लहर आएकै हो । ठूलो लहर आयो । एमाले र माओवादीको जुन रिजल्ट आएको छ, यो साझा रिजल्ट हो । हामीले ३६ सिट पाउँदैनथ्यौं, मिलेरै पाएको हो । एमालेले पनि ८० सिट एक्लै पाएको होइन, हामीसँग मिलेरै पाएको हो ।
मतले के देखाएको छ भने एमालेको पनि ३१ लाख, कांग्रेसको पनि ३१ लाख । हाम्रो १३ लाख यस्तो निर्णायक बन्यो कि, एमालेतिर मिल्दा एमालेको ८० पुग्यो । एक्लै लडेका भए ५०/६० कांग्रेस एमाले हुन्थे, हामी २०/२५ तिर हुन्थ्यौं । त्यसैले अहिले जुन लहर आयो, यो जनताको म्यान्डेट हो ।
तर, मधेसमा नि ?
मधेसलाई हेर्ने हो भने मधेसी एजेण्डामा लहर आएकै हो । त्यसमा अरु कारणहरु होलान्, तर मुख्य कारण भनेको मधेसी जनताले मधेसी मोर्चालाई अनुमोदन गरेकै हो । तिनीहरुको एजेण्डालाई अनुमोदन गरेकै हो ।
कांग्रेसलाई पनि विश्वासमा लिएर जानैपर्छ । कांग्रेस अहिले गणितीयरुपमा तल परेको छ तर, जनमतमा फेरि पनि शक्तिशाली नै छ ।त्यसैले हामीले देशभरि स्वीप गर्यौं भनेर कुनै अहंकार गर्नुहुँदैन । मधेसका जनताको भावना अलि फरक रहेछ है भन्ने कुरालाई आत्मसाथ गरेर त्यसलाई गम्भीररुपले सम्वोधन गर्नुपर्छ । र, मधेसलाई पनि विश्वासमा लिएर जानुपर्छ ।
कांग्रेस र एमालेवीच अहिले बढिरहेको दूरी कम गराउन माओवादीले कस्तो भूमिका खेल्छ ? के यसमा माओवादीले पहलकदमी लिन्छ ?
प्रधानमन्त्री शेरबहादुर देउवालाई म विशेष धन्यवाद दिन चाहन्छु । कांग्रेसको रेकर्ड कस्तो थियो भने आफ्नो बहुमतलाई मध्यावधिमा लैजाने । र, शेरबहादुर देउवाको रेकर्ड के थियो भने प्रजातन्त्रलाई दरबारमा बुझाउने । यसपालि पनि त्यस्ता प्रश्न नउठेका होइनन् । धेरै दबाव थियो उहाँलाई ।
तर, ती सबै दबावलाई थेगेर उहाँले निर्वाचन गराउनुभयो । चुनाव नगराउन सक्ने धेरै प्रवल थियो । तर, कमसेकम उहाँले विगतको इतिहासको आफ्नो कालो धब्बालाई हटाउनुभयो । हार्न तयार हुनुभो तर चुनाव गराउनुभयो । त्यसैले देउवाजी धन्यवादको पात्र हुनुहुन्छ ।
तर, अहिले भइरहेको कांग्रेस र एमालेवीचको विवाद नि ?
अब शेरबहादुरजीले आफ्नो व्यक्तित्व छवि बचाउन छिटो भन्दा छिटो सरकार हस्तान्तरण गर्नुपर्छ । र, कांग्रेस पनि एउटा शक्ति हो । पुरानो शक्ति हो । हामीसँग शान्ति प्रक्रियाका केही कामहरु बाँकी छन्, त्यसमा कांग्रेसलाई पनि विश्वासमा लिएर जानैपर्छ । कांग्रेस अहिले गणितीयरुपमा तल परेको छ । तर, जनमतमा फेरि पनि शक्तिशाली नै छ । यो त जनताको भावना हो, यसलाई सम्मान गरेर जानुपर्छ ।
कांग्रेसलाई बलियो अपोजिसनका रुपमा उसलाई हामी सम्मानजनक भूमिका दिन्छौं नै । र, हामीले जित्यौं भनेर अहंकार गर्दैनौं । जो विजयी भयो, जसलाई जनताले म्यान्डेट दिए, उसले त विनम्र हुनुपर्छ, अहंकार गर्नुहुँदैन ।
त्यसैले हामी एजेण्डा अनुमोदनमा हामी अगाडि जान्छौं, यसमा अपोजिसनले मान्नुपर्छ र सहयोग गर्नुपर्छ । तर, उसलाई मिच्ने, हेप्ने र थिच्ने भनेका हैनन् जनताले । ऊ पनि सम्मानजनक भोट लिएर बसेको छ । त्यसैले हामीले कांग्रेसलाई सम्मानजनक ढंगले नै लान्छौं । यसमा कांग्रेस र एमालेवीच कतै दूरी बढ्न खोज्यो भने पनि त्यसलाई हामी समन्वय गर्छौं ।
तर, कांग्रेसका नेताहरुको ठूलो गुनासो के देखिन्छ भने ०६४ को चुनावमा माओवादीमा एकखालको अहंकार देखिएको थियो । अहिले वाम गठबन्धनले बहुमत ल्याएपछि नेताहरुमा संविधान हामीले भनेअनुसार हुनुपर्छ भन्ने अहंकार देखियो । कांग्रेसमा देखिएको यस्तो चित्तदुखाई सम्वोधन हुन्छ ?
कांग्रेसले पनि जितेकालाई हामीले जित्यौं भन्न त दिनुपर्यो नि त । जित्नेमान्छेले अलिकति यसो विजयोत्सव मनाउँछ । यसलाई अन्यथा लिनुहुँदैन । त्यसैगरी जितेकाहरुले कांग्रेसलाई हेप्ने, दबाउने र उसलाई कहीँ ठाउँ नदिने भनेको पनि होइन । लोकतान्त्रिक अभ्यासमा विपक्षी महत्वपूर्ण हुन्छ । ऊसँग पनि जनमत छ, यी सबै कुरालाई सम्मान गर्दै विनाअहंकार हामी सबै कुरालाई अगाडि बढाउँछौं ।
यसमा ठीक छ, हामीले कहीँ अहंकार देखायौं भने कांग्रेसले आलोचना गरे भइहाल्छ । तर, हामीले जित्यौं भन्न त पाउनुपर्यो नि त । जितेकै हो नि त ।
उहाँहरुले जितेका कुरा स्वीकार गर्छौं, प्रतिपक्षमा बस्छौं, राम्रा कुरालाई समर्थन गर्छौं, नराम्रा कुराहरुको आलोचना गर्छौं र पाँच वर्षपछि कमब्याक गर्छौं भनेर त बस्नुपर्यो नि त ।
Post a Comment