उपेन्द्र यादवले भन्नुभयोः ‘सरकार निमार्णबारे ओली सँग छलफल भएकै छैन’

काठमाडौं, १० पुस । संघीय समाजवादी फोरमले एमालेसँग सरकार निर्माणबारे औपचारिक छलफल नै नभएको स्पष्ट पारेको छ ।
फोरम अध्यक्ष उपेन्द्र यादवले शुक्रबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेका थिए । तर, सरकार निर्माण प्राथमिकता नपाएको उनले बताए । उनले भने, हामी सरकारमा जाने र हामी र एमाले मिलेर सरकार बनाउन कुरै भएको छैन ।’
ओलीसँग मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरिएको भन्दै उहाँले आफूहरुको माग अनुसार संविधान संशोधन नभई सरकारमा जाने अवस्था नरहेको बताए ।
फोरम अध्यक्ष यादवले तीन ठूला दलकै कारण निर्वाचनपछि पनि मुलुकमा संवैधानिक जटिलता देखिएको पनि बताए । साभारः अनलाइन खबर

No comments

Powered by Blogger.