मधेश र मधेशिलाई सहयोग गर्नु भारतकोे जिम्मेवारी होः भाजपा नेता अग्रवाल
कलैया
मधेश र मधेशि नागरिकलाई सहयोग नर्गु भारतको परम्परागत जिम्मेवारी रहेको भारतिय जनता पार्टिका नेता महेश अग्रवालले बताएका छन् ।
मधेश र मधेशि नागरिकलाई सहयोग नर्गु भारतको परम्परागत जिम्मेवारी रहेको भारतिय जनता पार्टिका नेता महेश अग्रवालले बताएका छन् ।
संघीय समाजवादी फोरम नेपालले नवनिर्वाचित जनप्रतिनिधिहरुको सम्मानमा राखेको एक कार्यक्रममा बोल्दै नेता अग्रवालले मधेश–भारतको सम्बन्ध राजनितिक मात्रै नभई पारिवारीक सम्बन्ध भएको बताउदै आफ्नो परिवारको सहयोग नर्गु भारतको जिम्मेवारी भएको बताए ।
कार्यक्रमलाई बिशिष्ट अतिथिको रुपमा सम्बोधन गर्दै अग्रवालले भने ‘यो सम्बन्धको गहिराई कुनै पनि प्रबिधिले नाप्न सकिदैन ।’ यो परापुर्व कालको सम्बन्ध हो र सधै रहिरहन्छ ।’
मधेश आन्दोलन र ६ महिने नाका अवरोधका मुख्य सहयोगि अग्रवालले मधेशको दुःखमा सदैव साथ दिन हामि आन्दोलनमा सघाएको बताए ।
मधेशका नागरिकद्धारा बिरगञ्ज–रक्सौलको मितेरी पुलमा भएको नाका अवरोधको बेला हजारौ आन्दोलनकारीलाई ६ महिनासम्म खानपिनको प्रबन्ध गरेका अग्रवालले भने ‘नेपालि प्रहरीले मधेशिहरुमाथि लठ्ठी चलाईरहदा आफ्नै दाजुभाईमाथि अत्याचार भएजस्तो लाग्यो, त्यसलाई सहन नसकि सबै रक्सौलबासिले सहयोग गर्यौ ।’
उनले नवनिर्वाचित सांसद तथा बिधायकहरुलाई निष्पक्ष रुपमा मधेशको अधिकारका लागि सदनमा मुद्दा उठाउन आग्रह समेत गरे ।
Post a Comment