मधेशको राजधानी कब्जा गर्न जनकपुरबाट चुनाब लडेको राजपा नेता महतोको दाबी

मलंगवा, १० पुस । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेश प्रदेशको राजधानीमा अन्य पार्टी जिते मधेश आन्दोलनको अपमान हुने देखिए पछि आफु धनुषा क्षेत्र नं.३ बाट चुनाव लड्न गएको बताउनुभएको छ । निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला सर्लाही पुग्नुभएका नेता महतोले मलंगवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मधेशको राजधानीमाथि मधेशी पार्टीको नै कब्जा हुनु पर्छ भन्ने मान्उताले आफु काग्रेस नेता विरुद्ध प्रतिस्पर्धा गर्न गएको बताउनुभयो । ‘जनकपुरको मधेशी जनतामा मधेशवाद भरिएकोले त्यो क्षेत्रमा मधेशबादी दलको जित भएको नेता महतोको भनाई थियो । मधेश आन्दोलनको मर्म जनकपुरबासीले बुझेकोले मतदान गरि राजपालाई जिताएका महतोले बताउनुभयो ।

No comments

Powered by Blogger.