Friday, January 19, 2018

चाइना इस्टर्नभित्रै फोन चलाउन फुकुवा, विमानभित्रै वाइफाइको व्यवस्था

माघ ६, २०७४: चाइना इस्टर्न एअरलाइन्सले विमानभित्रै फोन चलाउन र वाइफाइको सुविधा खुला गरेको छ। बिहीबार फ्लाइट एम यु ५५३ बाट यस्तो सुविधा सुरु गरेको हो।
विमानभित्र पोर्टेबल इलेक्ट्रोनिक डिभाइस चलाउन सुरु गरेको एअरलाइन्सले मोबाइल फोन भने एरोप्लेन मोडमा मात्र चलाउन दिएको हो।
विमानभित्रै वाइफाइ सुविधा दिँदै एरोप्लेन मोडमा स्विच गरेर मोबाइल चलाउने व्यवस्था गरेको हो। चाइना इस्टर्न एयलाइन्सका ७४ वटा विमानमा यो सुविधा रहनेछ जसले अन्तरिक र बाह्य गरी १ सय ६६ रुटमा सेवा दिन्छ। अन्य चिनियाँ एयरलाइन्सले पनि मोबाइल फोन प्रयोग गर्न दिने व्यवस्था गर्दैछन्। गत साता मात्रै चीनको नागरिक उड्ययन प्रशासनले विमान भित्र फोनमाथि लगाएको प्रतिवन्द फुकुवा गरेको थियो। - सिन्ह्वा

प्रदेश २ प्रमुखको कार्यालय नेपाल राष्ट्रबैंक जनकपुरको अतिथि गृह

माघ ६, २०७४ / जनकपुरधाम: प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुर र प्रदेश प्रमुखमा रत्नेश्वरलाल कर्ण तोकिसकेको छ । यससंगै प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा प्रदेश प्रमुखको आवाश र कार्यालय कहाँ हुने ? भन्ने चर्चा शुरु भएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी दीलीपकुमार चपागाईका अनुसार तत्काल प्रदेश नं. २ का प्रमुखको आवश र कार्यालय तत्काल जनकपुरको नेपाल राष्ट्र बैंकको अतिथिगृहमा राखिने छ । छोटो समयको लागि राष्ट्र बैंकको अतिथिगृहलाई प्रदेश प्रमुख आवाश र कार्यालय राखेर अन्य उपयुक्त ठाउँ र भवनको खोजि गरि व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।
जनकपुर राजधानी चर्चा चलेसंगै यस अघि नै प्रदेश सभा र मन्त्रालयको भवनको रुपमा जनकपुरको जनकपुर चुरोट कारखानाको भवन र शैक्षिक तालिम केन्द्रको भवनलाई बनाउने काम शुरु भईसकेको छ ।

नयाँ सीमास्तम्भ राख्ने काम रोकियो

माघ ६, २०७४ / वीरगंज: नयाँ सीमास्तम्भ गाड्ने क्रममा कयौँ विघा नेपाली भूमि भारतमा परेको विरोधमा नेपाली उत्रेपछि सिमानामा काम रोकिएको छ । सीमामा हराएका र जीर्ण सीमास्तम्भ (पिलर) हरु मर्मत र निर्माणका क्रममा भारततर्फ पर्न गएका नेपाली जग्गाका धनीहरुहरु विरोधमा उत्रेपछि दुवै पक्षले काम रोकेका हुन् ।दुवै देशको सीमास्थित दशगजा क्षेत्रमा हराएका तथा पुराना क्षतिग्रस्त पिलरको मर्मत र निर्माणका क्रममा वीरगन्ज महानगरपालिका–१ छपकैयाका १२ स्थानीयको ३० बिघा भन्दा धेरै नम्बरी जग्गा भारतमा पुगेको थियो ।
भारतमा पुगेको नेपाली जग्ग्गा धनीहरुले विरोध जनाएपछि जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनमा नापी विभागले बाँकी पिलरहरुको मर्मत र पुनर्निर्माण रोकेको हो । पीडित जग्गा धनीहरुले नयाँ पिलर गाडेपछि लाजपूर्जा भएको नम्बरी जग्गा भारतमा परेको भन्दै निवेदन दिएपछि तत्कालका लागि पिलर मर्मत र पुनर्निर्माणको काम रोक्न जिल्ल प्रशासन कार्यालयले नापी विभागको टोलीलाई आग्रह गरेपछि काम रोकिएको हो ।‘विवादित सीमाक्षेत्रबारे टुङ्गो नलागेसम्म पिलर मर्मत र पुनर्निर्माणको काम अगाडि नबढाउन प्रशासनले आग्रह गरेपछि नापीको टोलीले काम रोकेको छ’, शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ल अधिकारी विनोद प्रकाश सिंहले भने, ‘स्थानीय जग्गाधनीहरुलाइ चित्त बुझाएर मात्रै काम अगाडि बढ्छ ।’
विवादी सीमाक्षेत्रको स्थलगत अध्ययनका लागि काठमाडौँबाट नापी विभागका निर्देशक अनिल मरासीनीको टोली शुक्रबार वीरगन्ज आइपुगेपछि शनिवारदेखि उक्त टोलीले स्थलगत अध्ययन शुरु गर्ने नापी विभागका प्रमुख नापी अधिकृत रमेश ज्ञवालीले जानकारी दिए ।नेपाल भारत संयुक्त सीमा सर्वेक्षण टोलीले दुवै देशको दगशजा क्षेत्रमा पिलरहरुको मर्मत र निर्माण गर्ने क्रममा छपकैयामा स्थानीय रवीन्द्र महतो कोइरी, महावीर दास, बद्री साह, नेमी साह, असर्फी साह कानुसहित १२ नेपालीको ३० बिघा भन्दा बढी नम्बरी जग्गा भारततर्फ गएपछि विवाद भएको छ ।३९२ नम्बरको जङ्गे पिल्लर अन्तर्गतका २९ वटा सहायक पिलरमध्ये १२ वटा पिलर स्थानीयको लालपुर्जा भएकै जग्गामा परेको छ । नेपाल भारतको सीमा व्यावस्थापनका लागि सन् १८४० मा दुवै देशबीच भएको सुगौली सन्धिमाउल्लेख गरिएको सीमा नक्शांकनका आधारमा अहिले पिलर निर्माण भइरहेको थियो ।
तर वीरगन्ज–१ छपकैयामा पर्ने जंगे पिलर ३९१ को ३८ र ३९ तथा ३९२ को ७, ८, ९ ,१० , २७ र २८ नम्बरको सहायक पिलर नेपालतर्फ परेपछि स्थानीयले वर्षौँदेखि भोगचलन गर्दै आएको ३० बिघा भन्दा बढी जग्गा भारततर्फ पर्न गएको हो ।पिलर गाड्ने क्रममा स्थानीयसँग सुझाव समेत नलिई जिपिएस प्रणालीद्वारा लिइएको नक्साको भर परेकाले आपूmहरुको जग्गा भारतमा पर्न गएपछि काम रोक्न माग गर्दै विरोधमा उत्रनुपरेको पीडित जग्गाधनी रवीन्द्र महतो कोइरीले बताए । उनको खेतमै नयाँ पिलर राखिएपछि चार कठ्ठा नम्बरी जग्गा भारततर्फ पर्न गएको छ ।
गत, विगतको आय–व्यय, प्रगति विवरण र अगामी कार्ययोजनाबारे संचारकर्मीहरुलाई नदिनुमा भित्रिको खेल अर्कै हुन सक्ने चर्चाको विषय बन्न लागेको छ । नाम उल्लेख नगर्ने एक सहभागीले भने,‘प्याव्सन अपारदर्शीताको घेरामा परेको छ ।’ यो भन्दा पहिला पनि यस्तै आफुलाई मनलागेको गर्ने गरेको उनले बताए ।
जिल्ला अध्यक्ष श्याम सुन्दर साहको अध्यक्षतामा भएको समारोहमा केन्द्रिय अध्यक्ष विजय सम्वाहाफे, प्रदेशसभा सदस्य प्रमोद यादव, मदनसेन श्रीवास्तव, जिल्ला शिक्षा अधिकारी महेन्द्र महतो लगायतले समतामुलक स्तरीय शिक्षाका लागि प्याव्सन र राज्यको भुमिका विषयमा आ–आफ्नो भनाई राखे । सोही अवसरमा सिरहाका चार वटै निर्वाचन क्षेत्रका प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुलाई दोसल्ला आढाएर सम्मान गरियो ।

दुवै आँखा दान गर्ने घोषणा


काठमाण्डु । प्रदेश र प्रतिनिधि सभाको समानुपातिक तर्फ समावेशी नगरेको चरम असन्तुष्टिबीच अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले प्रदेश प्रमुखमा आफना सम्धीको सिफारिस गरेपछिको आक्रोश माझ राष्ट्रिय जनता पार्टी (राजपा )नेपालको अध्यक्ष मण्डलको बैठक शनिवार बस्न लागेको छ ।

पार्टीमा श्रीमान्श्रीमती, सम्धीसम्धिनी प्रवृती झाँगिएपछि अध्यक्ष मण्डलका सदस्यहरु आक्रोशित भएका छन् ।
समानुपातिक समावेशी सहभागिताको मागगर्दै मधेशमा सय बढी मधेशी सपुतहरुले सहादत दिएका छन् ।सहिद परिवार विचल्लीमा रहेका बेला पार्टीका संयोजक ठाकुरले सम्धी र सम्धिनी मोह छाडन सकेका छैनन् ।
अध्यक्ष मण्डलको बैठकले प्रदेश सरकार गठन र राष्ट्रिय सभा चुनावका लागि रणनीति बनाउने बताईएको छ ।प्रदेश सभाको समानुपातिक तर्फको सदस्यहरुमा परिवार गरिएको र दलित, आदीवासी, जनजाती, मुसलमानहरुको उपेक्षा गरेकोप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष मण्डलका केहि सदस्यहरुले बैठकमा चासो लिएका थिएनन् ।

‘बैठक प्रदेश सरकार र राष्ट्रिय सभा चुनावमा केन्द्रित रहनेछ’अध्यक्ष मण्डलका सदस्य राजकिसोर यादवले भने, ‘बैठकपछि फोरम नेपाल र नेपाली काँग्रेससित औपचारिक रुपमा संवाद अगाडी बढनेछ ।’
चुनावपछि राजपा आन्तरिक कलहमा नै अल्झिएकाले फोरम र काँग्रेससित संवाद समेत गर्न सकेको छैन् ।सरकारमा मन्त्री पठाउनपनि राजपाका लागि सहज छैन् ।

राजपा अध्यक्ष मण्डलको बैठक आज


काठमाण्डु । प्रदेश र प्रतिनिधि सभाको समानुपातिक तर्फ समावेशी नगरेको चरम असन्तुष्टिबीच अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले प्रदेश प्रमुखमा आफना सम्धीको सिफारिस गरेपछिको आक्रोश माझ राष्ट्रिय जनता पार्टी (राजपा )नेपालको अध्यक्ष मण्डलको बैठक शनिवार बस्न लागेको छ ।

पार्टीमा श्रीमान्श्रीमती, सम्धीसम्धिनी प्रवृती झाँगिएपछि अध्यक्ष मण्डलका सदस्यहरु आक्रोशित भएका छन् ।
समानुपातिक समावेशी सहभागिताको मागगर्दै मधेशमा सय बढी मधेशी सपुतहरुले सहादत दिएका छन् ।सहिद परिवार विचल्लीमा रहेका बेला पार्टीका संयोजक ठाकुरले सम्धी र सम्धिनी मोह छाडन सकेका छैनन् ।
अध्यक्ष मण्डलको बैठकले प्रदेश सरकार गठन र राष्ट्रिय सभा चुनावका लागि रणनीति बनाउने बताईएको छ ।प्रदेश सभाको समानुपातिक तर्फको सदस्यहरुमा परिवार गरिएको र दलित, आदीवासी, जनजाती, मुसलमानहरुको उपेक्षा गरेकोप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष मण्डलका केहि सदस्यहरुले बैठकमा चासो लिएका थिएनन् ।

‘बैठक प्रदेश सरकार र राष्ट्रिय सभा चुनावमा केन्द्रित रहनेछ’अध्यक्ष मण्डलका सदस्य राजकिसोर यादवले भने, ‘बैठकपछि फोरम नेपाल र नेपाली काँग्रेससित औपचारिक रुपमा संवाद अगाडी बढनेछ ।’
चुनावपछि राजपा आन्तरिक कलहमा नै अल्झिएकाले फोरम र काँग्रेससित संवाद समेत गर्न सकेको छैन् ।सरकारमा मन्त्री पठाउनपनि राजपाका लागि सहज छैन् ।

जनकपुरधामलाई राजधानी तोकिएपछि नगरमा दीपावली


जनकपुरधाम : जनकपुरधामलाई प्रदेश न. २ को अस्थायि राजधानी वनाउने सरकारी निर्णयको जनकपुरमा स्वागत गर्दै जनकपुर उपमहानगरपालिकाले शुक्रबार साँझ जानकी मन्दिरमा दिपावली मनाएका छन ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह र विधायक परमेश्वर साहले संयुक्त रुपमा जानकी मन्दिरको प्रांगनमा मोमवती प्रज्वलन गरि सरकारी निर्णयको स्वागत गरेका छन । दिपोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै मेयर लालकिशोर साहले ऐतिहासीक तथा पौराणीक महत्व वोकेको जनकपुरधामको गरिमालाई प्रदेशको राजधानी वनाएर अझै वढाएको भनि प्रतिक्रीया दिए ।
कार्यक्रममा उपमेयर रिता झा,राजपाका नेताहरु,मनोज चौधरी,प्रमोद यादव,विन्दु ठाकुर,उमेश मण्डल लगायत सयौ स्थानियवासीले संयुक्त रुपमा दिप वालेर खुसी मनाएका थिए । त्यसैगरि राजधानी घोषणा गरिएको खुसीमा नगरभरी दिपावली समेत मनाइएको छ ।

राजेन्द्र महतोले धनुषाका सिडियालाई दिनुभयो यस्तो चेतावनी


धनुषा क्षेत्र न ३ बाट निर्वाचित महतो ज्यूले धनुषा जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग  यो विषयमा जानकारी लिनुभएको छ । जनकपुरको यातायात कार्यालय बर्दीवास सार्ने समाचार सञ्चारमाध्यममा आएको थियो । त्यही विषयमा उहाँले  प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिनुभएको हो ।

प्रमुख जिल्ला अधिकारीले समाचारमा आए जस्तो जनकपुरको यातायात कार्यालय बर्दिबास सार्ने कुनै योजना नरहेको जानकारी अध्यक्ष महतोलाई दिनुभएको बताइएको छ ।
अध्यक्ष महतोले अधिकारीलाई यातायात कार्यालय सार्ने जस्तो जन बिरोधी कार्य नगर्न गराउन चेतावनी दिनुभएको बताइएको छ । 

राजपा नेपालद्धारा प्रदेशसभा तथा प्रदेश प्रमुखलाई सम्मान


काठमाडौ माघ ६ गते । राष्ट्रिय जनता पार्टी नेपालले नव नियुक्त प्रदेश सभा समानुपातिक सदस्यहरुलाई हिजाे शुक्रवार सम्मान गरेको छ ।

प्रदेश सभा समानुपातिक सदस्यमा १० जना राजपा नेपालले पाएका छन् । त्यसमा तीन जना पुरुष र सातजना महिला रहेका छन् ।

उहाँहरुलाई पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, अनिल कुमार झा र राजेन्द्र महतोलगायतका नेताहरुले बधाई तथा शुभकामना दिनुभयो ।

साथै सोही दिन प्रदेश पाँचका लागि प्रमुखमा नियुक्त हुनुभएका उमाकान्त झालाई पनि पार्टीले बधाई तथा शुभकामना दिएको छ ।

सांसद र प्रदेश प्रमुखलाई सम्झने राजपा नेपालले किन सम्झेन सहिदलाई ?



काठमाडाै माघ ६ गते । माघ ५ गते राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा प्रदेशसभा सदस्य तथा प्रदेश प्रमुखको सम्मानका लागि विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

त्यो कार्यक्रममा पार्टीका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, अनिल कुमार झाको पनि उपस्थिति थियो । संयोग भन्नौ या योजनावद्ध । माघ ५ गते मधेश वलिदानी दिवस थियो तर राजपा नेपालले बलिदानी दिवस मनाउन उचित ठानेनन् ।

त्यही सहिदको बलिदानीका कारण प्रदेश सभा सदस्य भएकाहरु लाई सम्मानका लागि शुभकामना तथा बधाईको कार्यक्रमको आयोजना गरेको थियो तर सहिदलाई सम्झन एउटा फोटो पनि राखिएको थिएन ।

एक महाचिवले भन्नुभयो, सहिदलाई त सम्झेको हो तर मौन धारण गरेर ।

यो मौनधारण पार्टीको हरेक बैठकमा हुनु गर्छ अर्थात नियमति प्रकृया जस्तै भएको थियो । समानुपातिक सदस्यलाई सम्बोधन गर्दा पनि नेताहरुले मधेशका सहिदलाई सम्झेनन् । यस्तो लाग्यो कि माघ ५ गते बालिदानी दिवस हो जस्तो उहाँहरुलाई लागेको थिएन ।

बरु अर्को दिन कुनै कार्यक्रम गर्दा सहिदको फोटोमा मल्यार्पण गरेर कार्यक्रम गर्ने गर्दथ्यो तर हिजो विशेष दिन भएपनि उहाँहरुले सहिदलाई सम्झन उचित ठानेनन् ।

प्रदेश सदस्यलाई सम्मान गरिसकेपछि पार्टीले त्यही दिन राजपा नेपालका महासचिव उमाकान्त झाको सम्मान पनि छुट्टै कार्यक्रमको आयोजना गरेको थियो । प्रदेश पाँचका प्रमुखमा नियुक्त हुनुभएका उमाकान्त झाका लागि कार्यक्रम गर्ने नेताहरुले सहिदहरुलाई सम्झनु भएन ।

पार्टीले बलिदानी दिवसको उपलक्ष्यमा कार्यक्रम गरेर त्यसैमा संसद र प्रदेश प्रमुखलाई सम्मान तथा बधाई दिँदा हुन्थ्यो तर उल्टै गर्यो । संसद र प्रदेश प्रमुखको लागि गरिएको कार्यक्रममा सहिदलाई श्रद्धाञ्जली दिन एकमिनेट मौन धारण गर्यो ।

संसद तथा प्रदेश प्रमुखका लागि कार्यालयमा दुईपटक कार्यक्रम गरेका राजपा नेपालले बलिदान दिवसलाई प्राथमिकतामा नराखेको भन्दै सर्वत्र विरोध भइरहेको छ ।

तराई मधेश राष्ट्रिय परिषद्ले हिजो मैतीघर मण्डलमा आयोजित कार्यक्रममा बोल्ने व्यक्तित्वहरुले पनि यस कुरालाई उठाउनु भएको थियो ।

राजनीतिक विश्लेषक एवं लेखक सिके लालले बालिदानी दिवसलाई मधेशवादी दलले महत्व नदिनु भनेको दुखद कुरा रहेको टिप्पणी गर्नुएको थियो ।

वितेका वर्षहरुमा सो पार्टी निकट युवा तथा विद्यार्थीहरुले पनि कार्यक्रमहरु गर्नुहुन्थ्यो । रक्तदान कार्यक्रमहरुको साथै अन्तरक्रिया कार्यक्रम पनि उहाँहरुले गर्नुहुन्थ्यो तर यसपटक उहाँहरुको तर्फबाट पनि केही भएन ।



राजपा नेपालका केन्द्रीय सदस्य बीपी यादवले एक समय थियो कि रमेश महतोको सम्मानका लागी को पहिले कुन पार्टिको नेता पहिले फुल माला लगाउने हानाथाप नै हुन्थ्यो तर पार्टीहरुले कार्यक्रमको महत्व नदिएको दुखेसो पोख्नुभयो ।

उहाँले भन्नुभयो, राजपा नेपालको लहानको कार्यक्रम र जनकपुरको दुई दिने बैठक संगसंगै थियो । एका एक दुबै कार्यक्रम के कारण ले स्थगित भयो ? बिगत वर्षहरूमा फोरम नेपालका अध्यक्ष  उपेन्द्र यादव सबै कार्य स्थगित गरेर शहिद दिवस को कार्यक्रम बिशेष तयारीका साथ गर्नु हुन्थ्यो तर यस पालि त्यो भएन ।

राजपा नेपालले लहानमा विलदानी दिवस भव्य रुपमा मनाउने तयारी गरेको थियो । सबै नेता त्यहाँ जाने प्रचार प्रसार पनि गरेको थियो । नेताहरु जाने मनस्थितिमा पनि हुुनुहुन्थ्यो तर अन्त्यमा नेताहरु त्यहाँ जानु भएन ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव सिरहामा भएका कारणले त्यहाँ जानु भयो । उहाँसँग हिजो सम्पर्क गर्दा राजपा नेपालका अन्य नेताहरु
 आउने कार्यक्रम रहेको छ हेरौ कार्यक्रम शुरु हुँदासम्म को को आउनु हुन्छ भनि भन्नुभएको थियो । अन्ततः कोही पनि जानु भएन ।

राजपा नेपालका सबै नेताहरु आउनु हुन्छ भनि प्रचार गरेको कारण कार्यकर्ताको उपस्थिति बाक्लै थियो । तर त्यहाँ राजकिशोर यादव बाहेक अरु कोही नगएपछि जनताहरु निराश भएको थियो ।

बीप यादव भन्छन्, राजपाले सामानुपातिकमा निर्वाचित भएका प्रदेश सभाको सदस्यहरुलाई समान गरियो । मधेस आन्दोलन को उपलब्धि को बलमा नेपालमा संघियता स्थापित भएको छ । गाँउपालिका, नगरपालिका, महानगरपालिकाको बार्डमा सदस्य, अध्यक्षको प्रतिनीधित्व समावेशीको आधारमा मधेसी, दलित, आदिवासी जनजाति, मुस्लिम, महिलाको प्रतिनीधित्व जो भएको छ यो सब मधेस आन्दोलनको उपज हो ।

उहाँले भन्नुभयो, पैसा वालाले अवसर पाउँछ, नातावाद, कृपावाद र परिवारवाद हावी छ । आज पनि मधेसमा शहिद परिवार आन्दोलनमा घाईते भएका र संघर्ष गरेका ब्यक्ति अवसरबाट बञ्चित छन् । मधेसका चिया पसल र बिभिन्न चोकमा आम जनताले चर्चाको बिषय बनाएको छ ।

राजपा नेपालबाट अलग हुने सोच बनाउँदै कर्मचारी मञ्च


काठमाडौ माघ ६ गते । राष्ट्रिय जनता पार्टी नेपाृलका भातृ संगठन नेपाल मधेशी निजामति कर्मचारी मञ्चले मधेश बलिदानी दिवस छुट्टै मनाएको छ ।

मधेशका जिल्लाहरुमा मञ्चमा आवद्ध कर्मचारीहरुले छुट्टै कार्यक्रमको आयोजना गरेको छ । मञ्चका एक कर्मचारीले भन्नुभयो, अब राजपा नेपालसँग हाम्रो कुनै सम्बन्ध छैन, हामी आफ्नो तरिकाले छुट्टै जाने तयारीमा छौ ।

मञ्चका पूर्व अध्यक्ष विनोद सिंहलाई समानुपातिकमा नराखेको कारण मञ्चका पदाधिकारीहरु आक्रोशित देखिएका छन् । विनोद सिंह राष्ट्रिय सभाका लागि पनि दौडधुपमा लाग्नु भएको छ तर पार्टीले उहाँलाई राष्ट्रिय सभामा समेत नलैजाने देखिएपछि उहाँ छुट्टै गतिविधि गर्न लागेको हो ।

स्रोत अनुसार विनोद सिंह राष्ट्रिय सभा चुनाव पछि छुट्टै पार्टी बनाएर अगाडि बढ्ने तयारी गरिरहनु भएको छ ।

कर्मचारी मञ्चलाई राष्ट्रिय सभा पनि सम्बोधन गरेन भने त्यसको विकल्प खोजिने मञ्चका एक पदाधिकारीले बताउनुभयो ।

मञ्चकै भवनमा राजपा नेपालको पार्टी कार्यालय रहेको छ । 

मिचिएको सीमाबारे बुझ्न नापीको टोली वीरगञ्जमा

सर्वेक्षण टोलीका  लिडर भन्छन्– तथ्यांक संकलन गरेर सर्भे डिपार्टमेन्टमा पठाउँछौं



सांकेतिक तस्वीर
६ माघ, वीरगञ्ज । सीमा स्तम्भ मर्मतका क्रममा नेपालको लगभग ५० बिगाहा जमिन भारतमा परेको सार्वजनिक भएलगत्तै नापी विभागको एक टोली वीरगञ्ज आइपुगेको छ ।
नापी विभागका निर्देशक अनिल मरासिनी नेतृत्वको टोली मिचिएको सीमाको सत्य–तथ्य बुझ्न वीरगञ्ज आइपुगेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले प्राविधिक रुपमा नक्सांकन मिले/नमिलेको अध्ययन गर्नकै लागि नापी विभागका निर्देशकसहितको टोली वीरगञ्ज आइपुगेको जानकारी दिए ।
‘सीमा मिचिएको निवेदन पाएपछि तुरुन्त काम रोक्न निर्देशन दिएकै हो, तथ्य क्लिएर भएपछि मात्रै काम अघि बढ्छ’ प्रजिअ सिंहले भने, ‘एकधुर जमिन पनि तलमाथि नहोस् भन्नेमा हामी सचेत छौं ।’
नेपाल-भारत सीमा सर्वेक्षण टोलीका  लिडर एवं प्रमुख नापी अधिकृत रमेश ज्ञवाली प्राविधिक कुराहरु नबुझेकै कारण पिलर निर्माणको क्रममा समस्या देखिएको बताउँछन् । उनले नयाँ सीमा स्तम्भ गाड्ने क्रममा यस्ता समस्याहरु यसअघि पनि आएको बताए ।
‘ सीमा स्तम्भ मर्मत र निर्माणको काम हामीले यसअघि देखि नै गर्दै आएका हौं, भुषण देव राय र वलिव मियाँको १०७/१०७ वर्ग मिटर जमिन भारततर्फ पर्न गएको छ ’, उनले भने ‘ स्थानीयको दावी अनुसार आवश्यक कागजपत्र छ वा छैन हामी जाँच गर्छौ, त्यसपछि फारम भरेर तथ्यांक संकलन गरेर सर्भे डिपार्टमेन्टमा पठाउँछौं ।’
उनले त्यस्ता जग्गा धनीका लागि राज्यले के गर्छ भन्ने बारेमा भने अनविज्ञता व्यक्त गरे । ‘ हामी त फारम भरेर विभागमा पठाउँछौं, विभागले परराष्ट्रमा पठाउँछ होला, त्यतिकै त लगत लिँदैन मुआब्जा दिने हो वा अरु केही व्यवस्था हुन्छ होला । प्राविधिक कुरा मात्रै मेरो अधिकार क्षेत्र भित्र पर्छ ।’
नेपाल र भारतबीच उच्च स्तरीय सहमतिबाट सीमा क्षेत्रमा हराएका र क्षतिग्रस्त पिल्लर निर्माण र मर्मतको क्रम चलिरहेको छ । नेपालतर्फ सर्वे विभागको टोलीले काम गरिरहेको छ भने भारतमा एसएसबीले निर्माणको जिम्मा पाएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाँ क्षेत्रमा मात्रै १२ जना भन्दा बढीको नम्बरीसहित झण्डै ५० विगाहा जमिन मिचिएको स्थानीयको दावी छ । मुख्य पिलर नम्बर ३९१ र ३९२ रहेको उक्त क्षेत्रमा ३९२ नम्बर मुख्य पिलरको सहायक पिलर निर्माणको क्रममा नेपाली नम्बरी, ऐलानी र पर्ती जग्गा भारततर्फ परेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार पिलर नम्बर ३९२ को ६, ७ र ८ तथा २६ देखि २९ नम्बरको सहायक पिलर निर्माणको क्रममा खेलकुद मैदानसहित नेपालको भाग भारतमा पर्न गएको छ ।
वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गामा एक्कासि पिलर गाड्न थालेपछि स्थानीय रवीन्द्र महतो कोइरी र वीरगञ्ज महानगरपालिका–१ को वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय पर्सामा रोक्का गरीपाऊँ भनी गत पुस ३० गते निवेदन दिएका थिए ।
वडा कार्यालयले सीमा स्तम्भ गाड्ने क्रममा नेपालको जग्गा तथा व्यक्तिगत नम्बरी जग्गामा समेत पिलर गाडिएकाले पिल्लर नं ३९१ सुन्दरपुर र ३९२ भकुवा ब्रम्हदेखि रामजानकी मन्दिरसम्मको नयाँ पिलर निर्माण कार्य तत्काल रोक्का गरी नेपालको भूभाग छुट्याएर पिल्लर गाड्ने व्यवस्था मिलाउन भनेको थियो । सोही आधारमा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा पिल्लर जडानको काम रोकिएको हो ।

सहिदको सपना साकार गर्न कुनै कसर बाँकी राख्दिनः नवल किशोर साह


सहिद राजिव राउतको परिवारलाई सहयोग गर्दै प्रदेश साँसद साह
सप्तरी,  । राजपा नेपालका बरिष्ठ उपाध्यक्ष तथा सप्तरी क्षेत्र न.१ (ख) का प्रदेश सभा साँसद नवल किशोर साह (राम बाबु ) ले मधेश मुक्तीका लागि सहादत दिनु भएका सम्पूर्ण वीर सहिद हरुको सपना सकार पार्न सम्पूर्ण मधेशी शक्ती एक जुट हुनुको विकल्प नरहेको बताउनु भएको छ । माघ ५ अथवा ११ औं बलिदानी दिवसको अवसरमा विशेष कुराकानी गर्दै उहाँले मधेशी सहिदहरुको सहादतको सपना साकार गर्न आफनो तर्फ बाट कुनै पनि कमि नहुने प्रतिबद्धता व्यक्ती गर्नुभयो । उहाँले भन्नु भयो, आज हामी जे छौं, त्यो केवल मधेशी वीर सहिदहरुको सहादतको देन हो, प्रत्येक वर्ष सहिदको प्रतिमामा फुलमाला लगाएर सहिदको सम्मान नहुने समेत उहाँको भनाई थियो ।
अगाडि उहाँले भन्नु भयो, अधुरो अपुरो संविधान संशोधन गरी मधेशी जनताले चाहेको जस्तो संघियता लागु नभए सम्म वीर सहिदहरुको सपना साकार नहुने समेत स्पष्ट पार्नुभयो । आन्दोलनको उर्वर भूमि सप्तरीबाट सहादत दिनु भएका सहिद परिवार सँग प्रत्यक्ष भेटघाट समेट गर्नु भएका उहाँले सहिदको परिवारको सहयोगका लागि आफु २४ औं घण्टा तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले प्रदेश सरकार गठन भएपछि सहिद परिवारलाई अझै विशेष सहयोग र सम्मान हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

बन्द खुल्यो

वीरगञ्ज ।प्रदेशको राजधानी मागगर्दै विहिवार आव्हान गरिएको बन्द साँझबाट खुलेको छ ।संघर्ष समितिले आन्दोलनको स्वरुप परिवर्तन गर्न शुक्रवार बिहान सर्वपक्षिय भेला आव्हान गरेकोछ ।दिउँसो सभाको आयोजना गरिएको छ ।
बन्दले जनजीवन प्रभावित भएको थियो । बन्दकर्ताहरुले बिहानैदेखि बीरगञ्ज महानगर क्षेत्रको विभिन्न चोकहरुमा टायर बालेर बिरोध प्रर्दशन गरेका थिए ।दिनभरि नै स्थिति तनावपुर्ण बनेको थियो ।
बन्दका कारण छोटो तथा लामो दूरीका सार्वजनिक तथा निजी यातायातका साधनहरु दिनभरि चलेन ।बजार, सडक छेउका उद्योगहरुपनि बन्द गरिएको थियो ।
बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले बिहान घण्टाघरमा बा १२ च ७३६५ नम्बरको निजी सुजुकी कार तोडफोड गरेका थिए ।
वीरगन्ज राजधानी संघर्ष समिति पर्साले वीरगन्जलाइ प्रदेश नम्बर २ को राजधानी तोक्न माग गर्दै झण्डै दुई हप्तादेखि रिले अनशन बस्दै आएका थिए ।
 सरकारले २ नम्बर प्रदेशको अस्थायी मुकाम जनकपुरलाई तोकेपछि आन्दोलन चर्केको छ । बीरगञ्जको आन्दोलनलाई समर्थनगर्दै बारा जिल्लाको विभिन्न स्थानहरुमा समेत बिरोध प्रदर्शन गरिएको थियो ।
नेपाली काँग्रेसका नेता सुरेन्द्र चौधरीको नेतृत्व रहेको आन्दोलनमा एमाले, माओवादी दलहरुको सकृृय समर्थन रहेको छ ।
राजधानीका लागि भएको आन्दोलनमा मधेशी दलहरुको भुमिका ‘सन्तुलित’देखिएको छ र्।
प्रदेश नम्बर १ को राजधानी मागगर्दै धनकुटामा आन्दोलन चर्केपछि कफ्र्यु लगाईएकोछ ।डोटीमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर ३ जना घाईते भएका छन् ।

डेराबाटै सिके राउत पक्राउ


जनकपुरधाम । विखण्डनकारीको आरोप लागेका स्वतन्त्र मधेस अभियान्ता सिके राउत पक्राउ परेका छन् ।
धनुषास्थित माथाबजार डेरामा बसिरहेका राउतलाई प्रहरीले घेरा हालेर पक्राउ गरेको हो। उनलाई पक्राउ गर्नुको कारण खुलाएको छैन।
प्रहरी निरीक्षक राजकिशोर साहको टोलीले राउतलाई पक्राउ गरेको हो। राउतलाई पक्राउ गर्नुको कारणबारे भने खुलाइएको छैन ।

काँग्रेसपनि सरकारमा आउन सक्छ : अध्यक्ष यादव


काठमाण्डु । सङ्घीय  समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश सरकारमा नेपाली काँग्रेसको सहभागिता रहने जनाएका छन् ।
 ‘सरकारमा सहभागिताका लागि छलफल भईरहेकोछ’ उनले भने, सरकार गठनका लागि राजपासित संवाद भएको छैन् ।’राष्ट्रिय सभाको चुनाव र प्रदेश सरकार गठनका लागि काँग्रेससित छलफल अगाडी बढेको उनले बताए ।राजपासितपनि चाँडै छलफल गरिने उनले जनाए ।
दुवै दलसितको छलफलपछि सरकार गठनको प्रकृया अगाडी बढने भएपनि मुख्यमन्त्री, सभामुखहरुको टुँगो अहिले नलागेको अध्यक्ष यादवले बताए ।मुख्यमन्त्रीको टुंगो संसदीय दलको बैठकले लगाउने उनको कथन थियो ।
प्रदेश र प्रतिनिधि सभाको चुनावमा काँग्रेस, फोरम, राजपा सहितको लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास सफल हुन सकेको थिएन् ।तर राष्ट्रिय सभा चुनावमा गठबन्धन बन्ने बलियो संकेत देखिएको छ ।

सहिद परिवार भन्छन्ः आँसु पुछ्ने कोही भएन

लहान- माघ ५ गते पहिलो मधेस विद्रोहले (०६३) दशक पार गरेको छ। यो दिनलाई मधेस केन्द्रित दलले मधेस बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन्। यही दिन (०६३) मधेस आन्दोलनको क्रममा लहानमा रमेश महतोले सहादत पाएका थिए। राज्यले महतोलाई मधेस आन्दोलनको पहिलो सहिद घोषणा गरिसकेको छ।
यो दिन लहानको सहिद रमेश चोकमा मधेसी नेता र सहिद परिवारको जमघट हुन्छ। सहिदहरुको प्रतिमामा माल्यार्पण गरी उनीहरुको योगदानलाई सम्झना गरिन्छ । शुक्रबार लहानमा राजपा फोरमको संयुक्त आयोजनामा बलिदानी सभा आयोजना गरिएको छ। जसमा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका अध्य सहित छ वटै सदस्य उपस्थित हुने प्रचार गरिएको थियो। तर, कार्यक्रममा राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवबाहेक कुनैपनि शिर्ष नेता उपस्थित भएनन्।
यादव सहिद पार्कमा सहिदहरुको प्रतिमामा माल्यार्पण गरेर पशुपति आदर्श उमाविको चौरमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
मधेसी दलले लहानमा ११ औं मधेस बलिदानी दिवस मनाईरहँदा छोराको सम्झनामा सहिद रमेश महतोका मातापिताको आँखा रसाएका थिए।
सहिद रमेशका पिता रबिले मधेसी नेताहरु अव सहिदलाई समेत विर्सिन थालेकोप्रति दुःख व्यक्त गरे। ‘छोराको बलिदानी खेर गएजस्तो लाग्छ’ उनले नागरिकसँग भने,‘सहिदहरुको सम्झनामा मनाईने दिवसका लागि समेत मधेसी नेताहरुलाई समय अभाव हुन थाल्यो।’ ०६३ को मधेस आन्दोलन सम्झँदै उनले भने,‘म जस्ता धेरै पिताले पुत्र गुमाएर स्थापित भएको अधिकार पनि खोसिएको सुन्दा ज्यादै दुःख लाग्छ।
मधेस आन्दोलनको क्रममा ०६३ माघ ५ गते लाहानमा तत्कालीन नेकपा माओवादी कार्यकर्ताले चलाएको गोलीबाट रमेशको निधनको भएको थियो। त्यससँगै मधेस आन्दोलन उठेको थियो। ‘आन्दोलनबाट धेरै मधेसी नेताको उदय भयो उनीहरु स्थापित पनि भए, धेरै मन्त्री भए,’ रविले गुनासो गर्दै भने, ‘खै त मधेसी जनताले के पाए त, रमेशको बलिदानी खेर गयो।’
छोराको निधनपछि मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले घरमै आएर दिएको बचन सम्झदै रमेशकी आमा रानोले भनिन, ‘मधेसी जनताको अधिकार स्थापित गर्न एउटा छोरा सहादत दिएपनि हामीजस्ता धेरै छोराहरु तपाईलाई सहारा दिन्छौ भनेका थिए, त्यसपछि फर्केकेर पनि कोही आएका छैनन्।’ मधेसी जनताले अधिकार पाएका छैनन् झन बेहाल भएको सुनाउँदै नेताहरु एकपछि अर्को गर्दै टाढा हुन थालेको गुनासो गरिन।
प्रत्येक वर्ष माघ ५ गते आयोजना हुने बलिदानी दिवसमा लहान पुगेर छोरा(रमेश)को प्रतिमामा माल्यार्पण गरी आँसुको भारी बिसाएर मन हल्का गर्दै अएको रमेशका आमाले सुनाईन।
आफ्ना वरिपरिका सबै केटाहरु पैसा कमाउन विदेश गएको सुनाउँदै उनले भने, ‘अरुको त आर्थिक अवस्था राम्रो भयो हाम्रो उस्तै छ, छोरो भएको भए पैसा कमाउने थियो, हाम्रो पनि राम्रो हुन्थ्यो।’ रानो छोरा सम्झेर भक्कानिदै भनिन्, ‘म जस्तो धेरै छोराका आमाहरु यसरी नै बेदनासहित रोही रहेका छौं, आसु पुछ्ने कोही भएन्।’

अस्थायी राजधानी तोकेसँगै ठाउँठाउँमा तनाव

अस्थायी राजधानी तोकेसँगै ठाउँठाउँमा तनाव
क्षेत्रीय प्रशासन कार्यालय दिपायलअघि प्रधानमन्त्री शेर बहादुर देउवाको पुतला दहन गर्दै प्रदर्शनकारी ।

अरुण बम/देवेन्द्र बस्नेत/पुष्कर भण्डारी/उपेन्द्र यादब

सरकारले बुधबार प्रदेशका अस्थायी राजधानी तोकेपछि त्यसको विरोधमा ठाउँठाउँमा प्रदर्शन भएको छ। प्रदर्शनका क्रममा कतिपय स्थानमा प्रर्दशनकारी र प्रहरीबीच झडपसमेत भएको छ। सरकारले प्रतिपक्षी दलसँगको सहमतिमा प्रदेश मुकाम तोक्ने प्रयास गरे सहमति कायम हुन नसकेपछि बुधबार अस्थायी मुकाम तोकेको हो। अस्थायी मुकामलाई प्रदेशसभाको दुई तिहाई मतले परिवर्तन गर्न सक्ने भए पनि आ–आफ्नो क्षेत्रमा मुकाम तोक्न दबाब दिँदै आएका स्थानीय भने सरकारको निर्णयप्रति आक्रोशित देखिएका छन्। मुकाम तोकिएका स्थानमा भने खुशीयाली मनाइएको छ। 

डोटीमा प्रहरीसँंग झडप हुँदा १३ घाइते

प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढी तोकिएपछि डोटीमा आन्दोलन भड्किएको छ । बुधबार साँझदेखि आन्दोलनकारी उग्र बन्दै गएका छन्। यसैक्रममा बिहीबार दिउँसो आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा ढुंगामुडा र आगजनीको प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार र लाठिचार्ज गर्याे । सोहीक्रममा आन्दोलनकारी पनि प्रतिकारमा उत्रिँदा आन्दोलनकारीको लाठी र ढुंगा लागेर ९ जना प्रहरी घाइते भएका छन्।

त्यसक्रममा प्रहरीले १३ सेल अश्रुग्याँस छोडेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए। घाइते हुनेमा ४ जना सशस्त्र र ५ जना जनपथ प्रहरी रहेको प्रहरी नायब उपरीक्षक सिहले बताए।

यस्तै प्रहरीको लाठी लागेर तथा भागदौडका क्रममा ४ जना प्रदर्शनकारी पनि घाइते भएका छन् । तीमध्ये एकजनाको अवस्था गम्भीर छ । दिपायल सिलगढी नगरपालिका–४ का भरत विकलाई थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी रेफर गरिएको छ।

यस्तै केआइसिँह ७ का बृद्ध करी भण्डारी, दिपायल सिलगढी नगपालिका–१ का नारायण खड्का र दिपायल सिलगढी नगरपालिका–५ का पुष्कर द्वारिया घाइते भएका छन् । उनीहरूको दिपायलस्थित सुजंग अस्पतालमा उपचार भैरहेको छ । प्रदर्शनका क्रममा आन्दोलनकारीले दिपायल राजपुरमा रहेको ट्राफिक चेकपोष्ट तोडफोड गरेका छन् भने सिलगढीमा जिल्ला वन कार्यालयको मोटरसाइकलमा आगो लगाएका छन्।

अकास्मात बन्द हुँदा यात्रुहरूलाई कठिनाइ भएपछि दिउँसो १ देखि ७ बजेसम्मका यातायात खोलिएको थियो । ‘अकस्मात भएको चक्काजामका कारण बाटोमा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुर्याउन मात्रै ६ घण्टा सडक खोलेका हौ,’ संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले भने, ‘अब भने राजधानी नभएसम्म अनिश्चितकालका लागि सबैथोक बन्द हुन्छ ।’

प्रधानमन्त्रीको पुतला दहन

सरकारले ७ नम्बर प्रदेशको अस्थायी मूकाम धनगढी तोकेपछि आक्रोशित नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा कालोझण्डा लगाएका छन् । पार्टीको झण्डा हटाएर कालोझण्डा लगाएका हुन ।

नेपाली कांग्रेसकै सभापति प्रधानमन्त्री भएको बेला दिपायल राजधानी नबनाएको आक्रोशमा कालोझण्डा राखेको आन्दोलनकारीले जनाएका छन् । यस्तै कार्यालय परिसरमै प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र देउवापत्नि आरजुको पुतला बनाएर बजार परिक्रमा गर्दै  दहन गरिएको छ ।

यसअघि कांग्रेस डोटीको जिल्ला कार्यसमितिले सामुहिक रूपमा पार्टीको सदस्यता त्यागेका छन् ।

तराई–पहाडको यातायात अबरुद्ध गरिने

आन्दोलनकारीहरुले ७ नम्बर प्रदेशको तराई–पहाडको यातायात सेवा अबरुद्ध पार्ने तयारी गरेका छन् । यसका लागि पहाडलाई तराईसँग जोड्ने एकमात्र भीमदत्त राजमार्ग अबरुद्ध पारिने संघर्ष समितिले जनाएको छ । सो सडक सुदूरपश्चिमका सातवटै पहाडी जिल्लालाई तराईका कैलाली र कञ्चनपुरसँग जोड्ने एकमात्र सडक हो ।

डडेल्धुरामा प्रधानमन्त्री पुत्ला दहन

पहाडी सात जिल्लालाई उपेक्षित गर्दै प्रदेश ७ को अस्थायी राजधानी कैलाली तोकिएको एवं गणतन्त्र विरोधी पञ्चायती व्यवस्थाका अगुवालाई प्रदेश प्रमुख तोकिएको भन्दै डडेल्धुरामा बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरिएको छ । अपरान्ह साढे चार बजे तिर डडेल्धुरा सदरमुकाम बागबजारस्थित बसपार्क नजिक प्रधानमन्त्री देउवाको पुत्ला दहन गरिएको हो । प्रदेश ७ का ९ वटै जिल्लाको पायक पर्ने तथा केन्द्रबिन्दुमा रहेको जिल्लालाई राजधानी बनाइनुपर्ने माग राख्दै एक महिनादेखि आन्दोलित पहाडी जिल्ला राजधानी दबाब समिति संयोजक नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रीय सदस्य प्रकाश साउदको अगुवाइमा प्रधानमन्त्री देउवाको पुत्ला दहन गर्दै आन्दालन भएको छ ।

यसअघि सरकारले अस्थायी प्रादेशिक राजधानी र प्रदेश प्रमुख तत्काल नतोक्ने भनेपछि डडेल्धुरा र डोटी जिल्लामा केही मत्थर भएको आन्दोलन सरकारले राजधानी र प्रमुख तोके पछि उग्र बन्दै गएकोे छ ।

वीरगन्जमा पनि दिनभर प्रदर्शन

प्रदेश नम्बर २ को अस्थायी राजधानी वीरगन्ज नतोकिएको भन्दै बारा र पर्सामा बिहीबार दिनभरि नै बिरोध प्रदर्शन गरीएको छ । सरकारले बुधबार जनकपुरलाई अस्थायी राजधानी तोकिएपछि बारा र पर्सामा त्यसको बिरोधमा प्रर्दशन सुरु भएको हो।

सरकारी निर्णय फिर्ताको माग गर्दै कलैयामा प्रदर्शनकारीले सवारीसाधन चल्न रोक लगाए । वीरगन्जमा पनि यातायात, शैक्षिक संस्था बन्द गराई बिरोध प्रदर्शन गरिएको छ।

आन्दोलनकारीले कलैया–वीरगन्ज, वीरगन्ज–जितपुर सडकखण्डमा चल्ने सवारीसाधन चल्न दिनभर नै रोक लगाएका छन् । बारा र पर्साका स्थानीयले पहिलादेखि नै वीरगन्जलाई राजधानी बनाउन माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आए पनि सरकारले उनीहरूको माग वेवास्ता गरेको भन्दै यस क्षेत्रका जनताले बिरोध गरेका हुन् ।

सोहीक्रममा बन्द अवज्ञा गरी सवारीसाधन चलालिएको भन्दै प्रदर्शनकारीले वीरगन्जमा बा १२ च ७३६५ नम्बरको कार र बा ९ च ८५४५ नम्बरको पिक अप भ्यानसमेत तोडफोड गरेको पर्सा प्रहरीले जनाएको छ । सवारीसाधन चल्न रोक लगाएपछि गन्तव्यमा हिंडेका यात्रु बिचबाटोमै अलपत्र परेका छन् ।

दाङमा चर्को आन्दोलन

वुधवार देखि अनिश्चितकालीन जिल्ला बन्द बिहीबार पनि यथावत रह्यो । प्रादेशिक राजधानी रूपन्देही घोषणा गरिएपछि आक्रोशित दंगालीले बिहीबार पनि जिल्ला ठप्प पारे । दिनभर जिल्लामा सवारी आवागमन ठप्प रह्यो । आन्दोलनकारी बीचसडकमै बसेर आन्दोलनमा सहभागी बने । देउखुरीमा गरिएको आन्दोलनले पूर्वपश्चिम राजमार्ग ठप्पै भएको छ । यसअघि प्रादेशिक राजधानी सरोकार समितिको नेतृत्वमा हुँदै आएको आन्दोलनलाई अब राजनीतीक दलको नेतृत्वमा अगाडि बढाइने भएको छ । एमाले, कांग्रेस र माओवादीले यो आन्दोलनको अगुवाई गरेर जाने बिहीबार बसेको सर्वदलीय बैठकले निर्णय गरेको छ।

जिल्लाभर बन्दको कार्यक्रम कडा बनाउँदै पूर्व पश्चिम राजमार्ग केन्द्रित आन्दोलनलाई बढी सक्रिय बनाउने दलहरूले निर्णय गरेका छन् । ‘पूर्वपश्चिम महेन्द्र राजमार्ग केन्द्रित आन्दोलनलाई बढी सक्रिय बनाउने भन्ने निर्णय भएको छ,’ कांग्रेस दाङका जिल्ला सचिव शंकरप्रसाद डाँगीले भने ‘अबको आन्दोलनको नेतृत्व प्रमुख तीन दलहरुले लिने भन्ने निर्णय भए अनुसार दलहरू आन्दोलनको नेतृत्वका लागि तयार भएका छन् ।’

धनकुटामा कर्फ्यू

प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर तोकिएपछि आक्रोशित धनकुटा जिल्लावासीले सरकारी कार्यालय, सवारीसाधन, बजारका पसलमा तोडफोड र आगजानी गर्दै प्रहरीसँग झडप गर्न थालेपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्र्यु लगाएको छ।

 बजारमा शान्तिसुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको बैठकले कफ्र्यु लगाउने निर्णय गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए।

धनकुटा नगरपालिकाको आत्मरा, धुमाउने चौतारो, बिहीबारे हाट र कागते क्षेत्रभित्र कफ्र्यु लगाएको प्रजिअ उप्रेतीले बताए।

प्रहरी र आन्दोलनकारीबीच धनकुटाको भिमनारायण चोक, मदनचोक र क्षेत्रीय प्रशासन कार्यालयमा झडप भएको छ । झडपमा परी  नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई, धनकुटा राजधानी प्राप्ती संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठसहित ७ जना घाइते भएका छन् । राईको टाउकोमा ५ ओटा  लगाएको छ । श्रेष्ठको टाउकोमा चोट लागेको छ । त्यस्तै अजित पाख्रिन, जयन्द्र प्रधान, उत्तम खड्गी,  रमेश पौडेल र अतित विक सामान्य घाइते भएका छन् । झडपमा प्रहरीले २ राउण्ड अश्रुग्यास हानेको थियो भने आन्दोलनकारीले ढुंगा र इँटा हानेका थिए।

आन्दोलनकारीले धनकुटामा क्षेत्रीय प्रशासन कार्यालयमा आगो लगाएका छन् । पेट्रोल छर्केर आगो लगाउदा कार्यालयका फर्निचर, कम्प्युटर र कागजपत्र जलेका छन् । त्यसैगरी जिल्ला मालपोत कार्यालय, हुलाक कार्यालय, उच्च अदालत विराटनगरको धनकुटा इजालस कार्यालय, सरकारी वकिल कार्यालय र सहरी विकास कार्यालयमा तोडफोड गरेका छन् । आन्दोलनकारीले ती कार्यालयभित्र पसेर सबै सिसा र फर्निचर तोडफोड गरेका छन् । 

त्यसैगरी आन्दोलनकारीले आगो निभाउन हिडेको धनकुटा नगरपालिकाको दमकल र  दलित हकहित समन्वय समिति केराबारी मोरङको को२च ४३२ नम्बरको एम्बुलेन्स तोडफोड गरेका गरेका छन् । ती गाडीको सबै सिसा फुटाएका छन् । त्यसैगरी शहरी विकास कार्यालयको प्राङगणमा रोकेर राखेको को१ब १०६४ नम्बरको मोटरसाइकल आन्दोलनकारीले जलाइदिएका छन् ।

रोकेर राखेको गाडी र पसलमा तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि धनकुटामा थप तनाव सुरु भएको थियो । आन्दोलनकारीले बिहान साढे ८ बजेतिर धनकुटा बजार बन्द गराउँदै हिंडेपछि जिल्ला प्रहरी कार्यालयका एसपी सुदीप राजभण्डारी आफंै गाडी लिए आन्दोलनकारी पक्राउ गर्न आएका थिए । उग्र भएका आन्दोलनकारीले एसपी चढेर आएको ना. १ झ १३१४ नम्बरको गाडी तोडफोड गरेका थिए।

यो घटनापछि धनकुटामा ठूलो समूहमा सुरक्षाकर्मी परिचालन गरिएको छ।  धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन ३४ दिनबाट जारी आन्दोलन र आम हडतालका कारण जनजीवन प्रभावित भएको छ । बुधबार सरकारले प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगर तोकेपछि धनकुटाको आन्दोलन थप उग्र बनेको हो । आन्दोलनको कारण कोसीराजमार्गको धनकुटामा यातायात बन्द रहेको छ।

 धनकुटामा आन्दोलन गरिरहेका बजारवासीलाई सुरक्षाकर्मीले धरपकड गरेको घटनाप्रति धनकुटाबाट निर्वाचन प्रतिनिधिसभा सांसद राजेन्द्र राई, प्रदेशसभा सांसद निरन राई र इन्द्रमणि पराजुली, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र जिल्ला कमिटी, नेवि संघ र तरुण दलले प्रेस विज्ञप्ति प्रकाशित गरी बिरोध जनाएका छन्।

‘राज्यले धनकुटालाई अपमान गरेको दिन जनताको अक्रोश पोखियो । तर राज्यले दमन गर्ने प्रयास गरेको छ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ।

नेपाली विद्यार्थीको अस्ट्रेलिया मोह: कस्ता कलेज छान्ने ?


५ माघ, पोखरा । पोखराका लोकेश छन्त्यालको मन चंगा भएको छ । खुसीले सीमा नाघेको छ । कंगारुको देश पुग्न उनका खुट्टाहरु आजै उचालिएका छन् । साथीभाइ आफन्तलाई लड्डु बाँड्दै भनिरहेका छन्, ‘म त अस्ट्रेलिया जाने भएँ नि ।’


पोखराको एक्स्पट एजुकेशन कन्सल्टेन्सीको परामर्शमा अस्ट्रेलियाको यात्रा तय गर्दैछन् उनी, नर्सिङ अध्ययनका लागि । ‘आफन्तहरु उतै छन्, साथीभाइ पनि उतै अध्ययन गर्दैछन्,’ लाकेशले भने, ‘म पनि ३ वर्षे नर्सिङ कोर्ष गर्न जान लागेको हुँ ।’

लोकेशजस्ता सयौं विद्यार्थीको मन यतिबेला कंगारुको देशतिर छ भने नजर परामर्श दिने कन्सल्टेन्सीतिर । विमानस्थलबाट सुटकेस गुडाउँदै आइपुगेका युवा, छुट्टिका लागि नेपाल आएर अस्ट्रेलियातिरको अवस्था र व्यवस्थाको बखानले पनि प्लस टु पास गरेपछि मध्यम र उच्च परिवारका विद्यार्थीका ध्यान वैदेशिक अध्ययनतिर मोडिएको छ ।

विद्यार्थीको च्वाइस फेरिइरहन्छन् । अहिले सर्वाधिक रोजाइमा अस्ट्रेलिया परेको छ । ‘विश्वविद्यालय, पढाइ र पढाइपछिको भविष्य, पिआर लिन चाहनेहरुका लागि पनि सहज वातावरण हरेक हिसाबले विद्यार्थीको च्वाइसमा अस्ट्रेलिया पर्न थालेको छ,’ वैदेशिक अध्ययनको गन्तब्य अस्ट्रेलिया बनाएका विद्यार्थीलाई परामर्श दिने कन्सल्टेन्सीहरुको छाता संगठन नेपाल अस्ट्रेलियन परामर्श संघ (नायर)का अध्यक्ष नारायण पहारी भन्छन्, ‘ अस्ट्रेलियामा विद्यार्थीले भविष्य, परिवार र आफूलाई सुरक्षित महसुससमेत गर्न पाउँछन् ।’ अस्ट्रेलिया स्वप्नलोकका रुपमा खडा भएको छ नेपाली विद्यार्थीका लागि आफ्ना सपना र करिअरको स्तम्भ गाड्न सकिन्छ ।

पढ्न गएका विद्यार्थीले गरेका प्रगति, परिवार र भविष्य सरक्षित तथा नेपाल फर्केर पनि उनीहरुले गरेको प्रोफेसनल लाइफ देखेर पनि विद्यार्थी अष्ट्रेलिया जान लालयित भएको परामर्शदाता बताउँछन् । देशका विभिन्न सहरमा अस्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श दिँदै आएका कन्सल्टेन्सीलाई एउटै छाता संगठन आवद्ध गराएर विद्यार्थीको भविष्यलाई अझ सुरक्षित र व्यवस्थित गराउने काम गरिएको नायरका अध्यक्ष पहारीले बताए ।

अस्ट्रेलिया जान चाहाने विद्यार्थीको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । तथ्याङ्कअनुसार गएको वर्षमात्रै नेपालबाट १४ हजारको हाराहारीमा विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया उडेका थिए । एक प्रदेश एक महादेशको रुपमा नेपाली पाठ्यक्रममै पढेका विद्यार्थीले अस्ट्रेलिया जाँदा भने अनेक कुरामा ध्यान पुर्‍याउनु पर्छ । नेपालभन्दा ५३ गुणा ठूलो भएर पनि जम्मा दुई करोड ४० लाखको आसपासमा जनसंख्या छ, अस्ट्रेलियाको । जम्मा ६ वटा राज्य र दुईवटा टेरिटोरीमा बाँडिएको अष्ट्रेलियाले आवश्यक मानव जनशक्ति आप्रवासीहरुबाट पूरा गर्ने गरेको छ ।

यहाँबाट बुझेको र सपनाको अस्ट्रेलियाजस्तो त्यहाँ पुगेपछि हुँदैन । परामर्शदाता रमेश थापा भन्छन्, ‘हामीले पहिल्यै गतिलो परामर्श लिएर गएनौं भने अनेक दुख पाउन सक्छौं, कलेज, फी, सेवासुविधा, करिअर सबै कुरा नेपालमै स्पष्ट भएर जानुपर्छ ।’

कुन सहर जाने ? कुन विश्वविद्यालयमा कुन कोर्ष गर्नका लागि जाने ? त्यहाँको नियम कानुनदेखि सुविधासम्म केके छन् ? कलेज फी र जाँदा लाग्ने खर्च कति हो ? लगायतका जिज्ञासा लिएर विद्यार्थीको पाइलाले यतिबेला कन्सल्टेन्सी चाहारिरहेका छन् ।

कस्ता विद्यार्थी जान पाउँछन् अस्ट्रेलिया ?

अस्ट्रेलिया धेरैका लागि मात्र सपनाको सहर हो । समान्य परिवार र पढाइमा कमजोर विद्यार्थीले अस्ट्रेलिया जाने अवसर कमैमात्र पाउँछन् । अस्ट्रेलियाले विद्यार्थीको पारिवारीक अवस्था, शुल्क तिर्न सक्छन् कि सक्दैनन् ? बैंक ब्यालेन्स कति छ ? सबै कुराको अध्ययन गरेरमात्र भिसा दिने गरेको छ ।

अस्ट्रेलियाका प्राय विश्वविद्यालयले नेपालका नबिल र एसविआई बैंकलाई मान्यता दिएका छन् । बैंक ब्यालेन्स, शैक्षिक कर्जा र अभिभावको आम्दानीको स्रोत करिब वाषिर्क १५ लाख तथा सम्पत्ति मूल्यांकन एक करोड रुपैयाँको देखाउन नसक्ने विद्यार्थी अस्ट्रेलियाको रोजाइमा नपर्न सक्छन् ।

अष्ट्रेलिया अंग्रेजी भाषी देश भएकाले अनिवार्य रुपमा अंग्रेजीमा दख्खल राखेकै हुनुपर्ने परामर्शदाता बताउँछन् । आइइएलटिएस अथवा भाषा परीक्षणमा कम्तिमा स्नातकका लागि ६ र स्नातकोत्तर तहका लागि ६.५ स्कोर प्राप्त गरेको हुनुपर्छ । आइइएलटिएसबाहेक विश्वविद्यालय, कलेज अथवा भिसा अफिसले टोफल, पिटिई, सिएइ लगायतका भाषा परीक्षा पनि मान्यता दिएका छन् । कुनै फोजदारी मुद्धा लागेका, अन्य देशमा भिसा रिजेक्ट भएका विद्यार्थी पनि अस्ट्रेलिजा जान पाउने अवसरबाट बञ्चित हुन सक्ने परामर्शदाता बताउँछन् । सबै योग्यता पुगेका, डाकुमेन्ट तयार भएका विद्यार्थीले अप्लाई गरेको ३ महिनाभित्र भिसा पाउन सक्ने परामर्शदाता बताउँछन् ।

सबै कुरामा योग्य भएर पनि अस्ट्रेलिया पुग्नुअघि विद्यार्थीले धेरै कुरामा विचार पुर्‍याएनन् भने फेरि दुख पाउन सक्छन् । कतिपय विद्यार्थी आˆनै असाबधानीका कारण फस्ने गरेको परामर्शदाता बताउँछन् । त्यस कारण पनि विद्यार्थीले अस्ट्रेलिया जानुअघि प्रोसेसदेखि हरेक विषयमा दख्खल राख्नैपर्ने पहारी बताउँछन् ।

कस्ता कलेज छान्ने ?

अस्ट्रेलियामा कलेज थुप्रै छन् । ४०/४२ वटा युनिभर्सिटिी छन् । तिमध्ये जिएट भन्ने ग्रेड एटका युनिभर्सिटी ठूला र महंगा छन् । ती नेपालीले अफोर्ड गर्न नसक्ने छन् । ती कलेजको तार्गेट नै विकसित मुलुकका विद्यार्थी हुन् । ती बाहेकका युनिभर्सिटी नेपाली विद्यार्थीले रुचाएका छन् ।

‘कतिपय कलेज पनि युनिभर्सिटी लेबलकै छन् । फी र सेवा सुविधा पनि ठूला युनिभर्सिटीका जस्तै छन्,’ अस्टे्रलिया जाने विद्यार्थीका लागि परामर्श दिँदै आएका रमेश थापा भन्छन्, ‘कतिपय कलेजले डिप्लोमासम्म र केहीले मास्टर्ससम्म पढाउने अनुमति लिएका हुन्छन् । जानुपहिले नै हामीले अफोर्ड गर्न सक्ने कलेज कुन हो ? पढाइको स्तर र फी स्टक्चरदेखि सुविधासम्म केके चाहिने हो यहींबाट रोज्नुपर्छ नत्र दुख पाइन्छ ।’ वाषिर्क १८ हजार डलरदेखि ३० हजार डलरसम्म फी तिर्ने गरी नेपाली विद्यार्थी जाने गरेका छन् ।

आफू जान लागेको कलेजको सम्पूर्ण डिटेल, त्यहाँको सेवा सुविधा, फी, पढाइको स्तर, त्यो सहरको हावापानी सबै कुरा नेपालमै डिक्लिएर गरेर जाँदा अस्ट्रेलिया पुगेर कलेजकै कारण दुख व्यहोर्न नपर्ने अस्ट्रेलिया जाने विद्यार्थीलाई परामर्श दिँदै आएको नेप्लिज इनकाउन्टर्सका नारायण पहारीले जानकारी दिए ।

कस्ता विषय छन् रोजाइमा ?

विद्यार्थीको अध्ययनको रोजाइ त धेरै हुन सक्छन् तर, विद्यार्थीले जीवनोपयोगी र पढाइपछि पनि तुरुन्तै काम पाइने खालका विषय रोजेर अस्ट्रेलिया जाने गरेका छन् । हाम्रो देशमा नर्सिङ विषयमा अध्ययन गर्ने अधिकांश युवति छन् । तर अस्ट्रेलिया अध्ययन गर्न जाने धेरै युवायुवतिको रोजाइ नर्सिङ हो । नर्सिङ अन्तर्गत पनि चाइल्ड हेल्थ, एज्ड कियर, डिसेबल कियर लगायतका कोर्ष पनि छन् ।

नर्सिङसँगै आइटी र व्यबस्थापन विद्यार्थीको दोस्रो रोजाइ बनेको छ । यीलगायत अन्य विषयको स्कोप पनि राम्रो छ । खास गरी सिड्नी, मेलबर्न, बि्रसबेन, पर्थ जस्ता सहर विद्यार्थीको रोजाइका सहर हुन् ।

पढ्दै कमाउँदै होइन, पढाइपछि कमाई

अस्ट्रेलिया जानुअघि धेरैको सोच पढ्दै कमाउँदै गर्ने भन्ने हुन्छ । पढ्दै गर्दा हप्ताको २८ घन्टासम्म विद्यार्थीले काम गर्न पाउँछन् तर त्यो कमाएर घर पठाउँला, फी तिरौंला भन्नुभन्दा पनि पकेट खर्चका लागिमात्र हुन्छ । पढाइ सकिएपछि प्राक्टिकल्ली काम गर्नका लागि २ वर्षको पिएसडब्लु विद्यार्थी पाउँछन् ।

कोर्ष सुकिएपछि विद्यार्थीले फुल टाइम काम गर्न पाउँछन् । त्यही बेला हो कमाइ गर्ने, पैसा जम्मा पर्ने । अब हामी अस्ट्रेलियातिरै बस्छौं भनेर विद्यार्थीले चाहे पिआर एप्लाईका लागि पनि सहज हुने पढाइपछि नै हो । प्वइन्ट बेसमा नम्बर जोडिएर उनीहरुले पिआर पाउँछन् ।

‘विद्यार्थीले साताको २८ घन्टा काम गर्न पाउने नियम छ । यसकारण पनि सुरुवातमा सेटल हुन केही गाह्रो भए पनि क्रमिक रुपमा विश्व बजारमा बिक्ने गरी क्षमता विकास गर्न सक्षम भएका छन्,’ परामर्शदाता अर्जुन गुरुङ बताउँछन् ।

फर्केर देशमै लगानी

अहिले अस्ट्रेलिया लगायतका देश जाने विद्यार्थीको ओइरो देख्दा लाग्न सक्छ, दक्ष जनशक्ति पलायन भए देश रित्तिँदैछ । तर, ती जनशक्ति निश्चित समयपछि देशमै फर्केर लगानी गरिरहेको नाएर अध्यक्ष पहारी बताउँछन् ।

‘अस्ट्रेलिया पुगेका धेरै युवा दक्ष बनेर देशमै फर्केर लगानी गरेका छन् । गाउँगाउँसम्म लगानी पुर्‍याउने, होटल खोल्नेदेखि नयाँ व्यावसायिक काम थाल्ने व्यक्तिहरुको रिसर्च गर्‍यो भने अस्ट्रेलिया लगायत विकसिट मुलुकबाटै फर्केका छन्,’ पहारीले भने ।

पछिल्ला विकसित देशको उदाहरण हेर्ने हो भने पनि विदेशमै गएर अध्ययनपछि देश फर्केर उद्यम गरेका युवाका कारण विकास भएको एक्स्पट एजुकेशनका रमेश बताउँछन् । ‘७/८ वर्ष अस्ट्रेलिया बसेर आएका थुप्रै

युवाले अहिले पोखरामा व्यवसाय गरेका छन्,’ थापाले भने, ‘हिजो जापानमा पनि त्यही भएको हो, कोरिया पनि त्यही भएको हो । पोलिसी मेकर त्यस्ता आए जसले विदेश रहेका दक्ष युवा देश फर्काएर काममा लगाउन सके । हाम्रो देशमा पनि त्यो अवस्था आउन सक्छ ।’ वैदेशिक अध्ययनले व्यक्तिको करिअरमात्रै नभएर देशमै थुप्रै लगानी भइरहेको परामर्शदाता बताउँछन् ।

‘हाम्रो मुख्य चाहना पनि नेपाली विद्यार्थी उतै पलायन हुनुभन्दा त्यहाँ कमाएको ज्ञान र सीपलाई नेपालमै उत्पादनमूलक बनाए हुन्थ्यो भन्ने हुन्छ,’ परामर्शदाता किशोर परियार भन्छना्, ‘त्यही अनुरुप अहिले विद्यार्थीहरु क्रमिक रुपमा मोटिभेटेड हुँदैै गएका पनि छन् ।’

रौतहटमा एक महिनामा मात्रै चिसोबाट कठाङग्रिएर २३ जनाको मृत्यु



रौतहट, ४ माघ । रौतहटमा एक महिनामा मात्रै चिसोबाट कठाङग्रिएर २३ जनाको मृत्यु भएको छ । गएको पुष १ गतेदेखी हिजो माघ ३ गतेसम्म चिसोले कठाङग्रिएर रौतहटमा मात्रै २३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । चिसोबाट ज्यान गुमाउँनेमा नवजात शिशु देखी लिएर १ सय ६ वर्षसम्मका वृद्धवृद्धा रहेका छन् । चिसोबाट मृत्यु भएका प्राय सबै अति विपन्न परिवारको रहेको प्रहरीले जनाएको छ । विगत केहीदिन देखी दिनदिनभरी चल्ने गरेको शीतलहरले अत्याधिक जाढो बढेर रौतहटमा दिनहु जसो मानिसको मृत्यु हुँदैआएको छ ।

माघ १३ देखि नारायणगढ मुग्लिन सडक दिउँसो ६ घण्टा बन्द

५, माघ, चितवन । निर्माणाधीन नारायणगढ मुग्लिन सडक खण्ड माघ १३ गतेदेखि दिउँसोमा पनि बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको ठेकेदारका प्रतिनिधि, आयोजनाका अधिकारीसहितको बैठकले माघ १३ देखि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गर्ने निर्णय गरेको हो ।
अहिले सो सडकखण्ड राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ । रातिमा सडक बन्द गर्दा धेरै काम गर्न नसकिएकाले दिउँसोमा बन्द गर्न लागिएको हो । ‘रातिमा बन्द गरेर काम गर्दा प्रगति हात लाग्न सकेन,’ सुप्रिम रौताहा निर्माण कम्पनीमा कन्ट्याक्ट म्यानेजर शिशिर कन्दङ्वाले भने, ‘काम गर्न निकै असहज भयो ।’
ठेकेदारसँग आयोजनाको सम्झौता अवधि सकिन जम्मा १ महिना मात्रै बाँकी हुँदा काम भने २९ प्रतिशत बाँकी नै छ । हालसम्म ९२ प्रतिशत काम सकिनुपर्नेमा जम्मा ७१.१ प्रतिशत मात्रैं काम सकिएको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दिउँसोको समयमा ६ घण्टा सडक बन्द गरी १ महिना काम गर्न दिने बताए । ‘१ महिनाभित्र दिउँसोमा बन्द गरी काम गर्दा हुने प्रगतिको स्पष्ट कार्ययोजना, ट्राफिक म्यानेजमेन्ट र प्रतिदिनको प्रगति विवरण ३ दिन भित्र पेश गर्न भनेका छौं’, प्रमुख जिल्ला अधिकारी भट्टले भने,’अब १ महिना ट्रयालका रुपमा हेर्दछौं ।’
प्रजिअ भट्टले जोखिम रहेका ४ वटा पुलमा प्रहरी राखेर जाम हुन नदिन ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तलाई निर्देशन दिए । यी पूल निकै जीर्ण र जोखिम छन् । प्रजिअ भट्टले यस्ता जोखिम भएका पुलमा ठूला गाडीहरुलाई एकैपटक वारपार गर्न नदिन पनि निर्देशन दिएका छन् ।
Powered by Blogger.