Saturday, December 23, 2017

‘फोरममा पैसा र जातीयता हाबी भएपछि कांग्रेसमा आएँ’



















कपिलवस्तु-३ बाट निर्वाचित सांसद एवं नेपाली कांग्रेसका नवनेता अभिषेकप्रताप शाहसँग कृष्णनगर नगरपालिकास्थित उनकै निवासमा गरिएको कुराकानी:
लगातार तेस्रोपटक विजयी हुनुभयो, जितको श्रेय कसलाई दिनुहुन्छ ?
मेरो क्षेत्रका जनतालाई । उनीहरूको आशीर्वाद, आस्थाले चुनाव जितेको छु । तिन पटक जिते पनि खासै काम गर्न भने सकिनँ । सत्ता र पदमा पनि बस्ने मौका मिलेन ।
दुईपटक जितेको फोरम पार्टी छाड्नुभयो, किन ?
आफू कुन पार्टीमा रहने त्यो व्यक्तिको लोकतान्त्रिक अधिकार हो । फोरम पार्टी पूर्वका ठूला नेताको कब्जामा रहेको र पश्चिमका नेताहरूलाई कुनै जिम्मेवारी पनि नदिने भएकाले, हेला गरेको महसुस गरेकाले छोडेको । उपेन्द्रजीले मेरो वास्ता गर्नु भएन । आफ्नो कुरा राख्दा पनि कुनै रुचि देखाउनु भएन । फोरममा विकासभन्दा पैसा र जातीयता हाबी भयो । विभिन्न पदमा मनोनित गर्दा पैसा हाबी हुने गरेको देखियो । अहिले म २०१५ सालमा हजुरबाले जित्नुभएको पार्टीमा रहन पाउँदा गौरवान्वित भएको छु ।
विगतमा मधेसीहरूको एजेन्डा लिएर हिँड्नुभएको थियो । अब मधेसीहरूको हक–अधिकार स्थापित भइसक्यो त  ?
मधेसीहरूको हक अधिकार स्थापना गर्नु कुनै एक पार्टीको मात्र एजेन्डा होइन । यो त राष्ट्रिय समस्या हो । सिंहदरबारमा मधेसीहरूको एजेन्डा देउवा सरकारले टेबल गरी निर्णयका लागि संसद्मा लगेको हो । कांग्रेस मधेस विरोधी पार्टी होइन । कांग्रेस उदार पार्टी हो । ४÷५ वटा सिट ल्याएको पार्टीले समस्या समाधान गर्न सक्दैन । राष्ट्रिय पार्टीले नै त्यसको स्वामित्व लिनुपर्छ अनि मात्र त्यसले मूर्तरूप लिन्छ ।
मधेसको एजेन्डा के हुन्छ अब ?  
शाहः मधेसको एजेन्डालाई मैले अझै बिर्सेको छैन । मधेसको समस्या पहाडले र पहाडको समस्या मधेसले उठाउनुपर्छ अनि मात्र सद्भाव कायम भई अधिकार स्थापना हुन्छ । विगतमा बुझाइको कमीले गर्दा कांग्रेसमा केही समस्या देखिएको हो त्यसलाई हामी पूरा गर्छौं ।
पहिला जित्दा तपाईंले गरेका मुख्य काम के–के हुन् ?
आरटिओ रोडको ७ किमि पक्की, ५ सय भन्दा बढी दलित आवास, ठकुरापुर र जगदिशपुर  हल्लानगरमा पक्की पुल निर्माण गरेको छु । कृष्णनगर भएर तेस्रो मुलुकमा आयात–निर्यातका लागि भन्सारलाई क श्रेणीमा विस्तार, ड्राइपोर्ट निर्माणका लागि पहल । कृष्णनगर हुँदै नेपालमा रेलवे ल्याउन भारतीय सरकारसँग पलह गरेको छु र भारतीय सरकारले त्यसको सुरुवात गरिसकेको छ ।
अब तपाईंका प्राथमिकता के–के हुन् ?
कृष्णनगरमा सुविधासम्पन्न  अस्पताल, क्याम्पस निर्माण, उद्योग कलकारखानामा नेपाली मजदुरलाई नै राख्नुपर्ने नियम । ठूला लगानीकर्तालाई भित्र्याई उद्योगधन्दाको हब बनाउने, सिमेन्ट उत्पादनमा मुलुकलाई नै आत्मनिर्भर बनाउने र हाइड्रोपावरलाई उपयुक्त तरिकाले उपयोग गर्ने मेरा प्राथमिकताहरू हुन् ।
युवा सांसद हुनुहुन्छ ? युवाहरूका लागि के गर्नुहुन्छ ?
युवाहरू नै विकासको संवाहक हुन् । युवाहरूविना विकास सम्भव छैन । युवाहरूलाई नै प्राथमिकता दिनुपर्छ । युवाहरूका लागि नीति निर्माण गरेर अघि बढ्नुपर्छ । युवाहरूका लागि विशेष नीति ल्याउनुपर्छ । पार्टी र संसद्मा युवाहरूका लागि विशेष कार्यक्रम नीति ल्याउन भरपुर प्रयास गर्छु ।
प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तु बनाउनेतिर पनि लाग्नुभएको छ त ?  
कपिलवस्तु साधारण ठाउँ होइन । बुद्ध चिनिने ठाउँ तिलौराकोट राजधानी हो । ईसापूर्व छैटौँ शताब्दीमा नै कपिलवस्तुमा राजाहरूको चुनाव हुने गथ्र्यो । लोकतान्त्रिक अभ्यासको थलो भएकाले कपिलवस्तुलाई नै ५ नम्बर प्रदेशको राजधानी बनाउनुपर्छ

पार्टी एकताबारे प्रचण्ड भन्छन्- पुल भत्काएर अघि बढेका हौं, पछाडि फर्किने ठाउँ छैन

 माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले-माओवादी एकतामा शंका नगर्न आग्रह गरेका छन् ।
चितवनमा वाम बुद्धिजिवीहरुले आइतबार आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै प्रचण्डले 
सञ्चार माध्यममा केही भ्रम फैलाइएको भन्दै भ्रमकोपछि नदौडन आग्रह गरे ।
एमाले र माओवादी पार्टी एकताबाट पछि फर्किने ठाउँ नै नराखि अघि बढिसकेको बताउँदै प्रचण्डले 
एकता प्रक्रिया गम्भीरताका साथ अघि बढेको दावी गरे । ‘पार्टी एकता गम्भीरताका साथ अघि बढेको छ,
 हामी अन्तिम चरणमा पुग्दैछौं,’ उनले भने, ‘पछि हट्ने कहिकतै कसैले कल्पनासमेत गरेको छैन ।’
चुनाव पछि समस्या आउनसक्ने कुरालाई मध्येनजर गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र आफूले 
पछाडि फर्किने ठाउँ नै नराखेको भन्दै प्रचण्डले एकताको विकल्प नै नभएको बताए । ‘हामीले पुल
 भत्काएर अगाडि बढेका हौं, फेरि फर्किने ठाउँ राखेर अघि बढेको होइन,’ उनले भने, ‘एमाले अध्यक्ष 
केपी ओलीजी र मैले पुल बाँकी राखेपछि फर्किने खतरा हुन्छ भत्काइदियौं भनेर भत्काइएको हो, अब 
एकताको विकल्प छैन ।’
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले पछिल्लो समय पार्टी एकता हुन नदिने प्रयास भएको भन्दै 
त्यो कसैले चाहेर सम्भव नभएको बताए ।

संविधान संशोधन नभाभा मधेसवादी दल वाम गठबन्धनको सरकारमा जादैना : राजेन्द्र महतो



राजविराज– राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेसवादी दल वाम गठबन्धनको सरकारमा सहभागी हुने कुरा हल्ला मात्रै भएको वताएका छन्। उनले मधेसको जनादेश विपरीत कुनै खाले सम्झौता नहुने स्पष्ट पारे।

अमेरिकामा रहेका मधेसी समुदायका युवाको संस्था ‘मधेसी एसोसिएसन इन अमेरिका’ले शनिबार राजविराजमा आयोजना गरेको कार्यक्रममा महतोले संविधान संशोधन नहुन्जेल संघर्ष जारी नै रहेको भन्दै मधेसको जनादेश अनुसार संशोधनलाई आफूहरुले पहिलो प्राथमिकतामा राखेको पनि बताए।

धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले ३ ठूला दलले मिलेर बनाएको संविधानलाई नसच्याएसम्म सडक र सदनबाट संघर्ष जारी राख्ने उद्घोष पनि गरे।

कार्यक्रममा सप्तरीको मलेठ घटनामा ज्यान गुमाएका सहिदका परिवारलाई सम्मान गरिनुका साथै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई र शुभकामना दिइएको थियो।

मुलुकको समृद्धिका निम्ति सबै मिल्नुपर्छ : अध्यक्ष दाहाल


बुटवल (रासस)-  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सबै मिलेर मुलुकको विकास र समृद्धितर्फ लाग्नुपर्ने बताएका छन्। उनले लोकतन्त्रको सुदृढीकरण विकास र समृद्धिका निम्ति हुनुपर्नेसमेत बताए।

नेपाल जेसिजको ४४औँ राष्ट्रिय महाधिवेशनलाई आज भैरहवामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री दाहालले राष्ट्रिय मुद्दाहरुमा सत्तापक्ष र प्रतिपक्षका बीचमा समझदारी कायम गर्दै अघि बढ्नुपर्ने बताए।

उनले मुलुकलाई आर्थिक समृद्धिको पाटोमा अगाडि डोर्‍याउन सबै दलबीच सहमति, सहकार्य र समन्वयको जरुरी हुनुपर्नेमा जोड दिए। उनले भने, “अब ढिला नगरी समृद्ध नेपाल निर्माण गर्नतर्फ लाग्नुपर्छ, मुलुक विकसित भए विश्वले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन हुन्छ।”

तीन तहको निर्वाचनपछि मुलुक आर्थिक समृद्धि र विकासको बाटोमा अगाडि बढेको उल्लेख गर्दै उनले राजनीतिक दल र नेताका लागि अब परीक्षाको घडी शुरु भएको बताए।  

देशमा स्थायित्व दिन नसके मुलुक फेरि पुरानै राजनीतिक चक्रब्यूहमा फस्ने उनको भनाइ थियो। अध्यक्ष दाहालले राष्ट्र निर्माण र मुलुकलाई आर्थिकरुपमा सक्षम र सवल बनाउनका लागि युवाको भूमिका थप बढेको बताउँदै देशलाई समृद्ध बनाउन युवालाई अहम् भूमिका निर्वाह गर्न आग्रह गरे।

कार्यक्रममा स्वास्थ्य मन्त्री दीपक बोहरा, खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाक, महाधिवेशन निर्देशक महेन्द्रकुमार श्रेष्ठ, नेपाल जेसिजका अध्यक्ष प्रकाश अधिकारीलगायतले बोलेका थिए। आजदेखि शुरु भएको जेसिजको महाधिवेशन सोमबार नयाँ नेतृत्व चयन गर्दै सकिने जनाइएको छ।
Powered by Blogger.