Saturday, December 23, 2017

पार्टी एकताबारे प्रचण्ड भन्छन्- पुल भत्काएर अघि बढेका हौं, पछाडि फर्किने ठाउँ छैन

 माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले-माओवादी एकतामा शंका नगर्न आग्रह गरेका छन् ।
चितवनमा वाम बुद्धिजिवीहरुले आइतबार आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै प्रचण्डले 
सञ्चार माध्यममा केही भ्रम फैलाइएको भन्दै भ्रमकोपछि नदौडन आग्रह गरे ।
एमाले र माओवादी पार्टी एकताबाट पछि फर्किने ठाउँ नै नराखि अघि बढिसकेको बताउँदै प्रचण्डले 
एकता प्रक्रिया गम्भीरताका साथ अघि बढेको दावी गरे । ‘पार्टी एकता गम्भीरताका साथ अघि बढेको छ,
 हामी अन्तिम चरणमा पुग्दैछौं,’ उनले भने, ‘पछि हट्ने कहिकतै कसैले कल्पनासमेत गरेको छैन ।’
चुनाव पछि समस्या आउनसक्ने कुरालाई मध्येनजर गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र आफूले 
पछाडि फर्किने ठाउँ नै नराखेको भन्दै प्रचण्डले एकताको विकल्प नै नभएको बताए । ‘हामीले पुल
 भत्काएर अगाडि बढेका हौं, फेरि फर्किने ठाउँ राखेर अघि बढेको होइन,’ उनले भने, ‘एमाले अध्यक्ष 
केपी ओलीजी र मैले पुल बाँकी राखेपछि फर्किने खतरा हुन्छ भत्काइदियौं भनेर भत्काइएको हो, अब 
एकताको विकल्प छैन ।’
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले पछिल्लो समय पार्टी एकता हुन नदिने प्रयास भएको भन्दै 
त्यो कसैले चाहेर सम्भव नभएको बताए ।

No comments

Post a Comment

Powered by Blogger.