Monday, December 11, 2017

बारा निर्वाचन क्षेत्र नं. २: फोरमका महासचिव १२ हजार मतान्तरले विजयी

बारा, २४ मंसिर । बारा निर्वाचन क्षेत्र नं. २ मा मधेशी गठबन्धनका उम्मेदवार तथा संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादव १२ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन् ।
रामसहायले नेपाली कांग्रेसका राधेचन्द्र यादवलाई १२ हजार ३ सय ९५ मतले पराजित गरेका हुन् ।
महासचिव रामसहायले २८ हजार १ सय ८५ मत ल्याए भने राधेचन्दले १५ हजार ७ सय ९० मत ल्याए ।

सिरहा ४ (ख) बाट राजपाका युवा नेता सुरेश मण्डल विजयी

सिरहा, २५ मंसिर । सिरहा क्षेत्र नं. ४ (ख) बाट राजपा युवा नेता सुरेश मण्डल प्रदेश सभा सदस्यका लागि विजय भएका छन् । उहाँले १० हजार ४ सय ८० मत प्राप्त ंगर्नु भएको छ । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेंसका गणेश कुमार मण्डललाई पराजित गरेका हुन । युवा नेता सुरेश मण्डलकाका प्रतिस्पर्धीले ७ हजार ४ सय ९९ मत प्राप्त गरी पराजित भएका छन ।

शरत सिंह भण्डारी भारी मत अन्तरले निर्वाचित

महोत्तरी, २५ मंसिरः महोत्तरी निर्वाचन क्षेत्र २ बाट राजपा नेपालका नेता चर्चित नेता शरत सिंह भण्डारी भारी मतले विजय हुनु भएको छ । शरत सिंह भण्डारीले ३० हजार ७ सय २२ मत प्राप्त गरी विजय हुनु भएको हो । त्यसै गरी उनको निकतम प्रतिद्धन्दी नेपाली काँग्रंसका किरण कुमारी यादवले १३ हजार ९ सय ७४ मत प्राप्त गर्नु भएको छ ।

राजपा अध्यक्ष महन्थ ठाकुर १७ हजार मतान्तरसहित विजयी

महोत्तरी, २४ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर १७ हजार मतान्तरसहित विजयी भएका छन् ।
महोत्तरी क्षेत्र नं. ३ बाट मधेशी गठबन्धन र नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
राजपा संयोजक ठाकुरले २५ हजार ७ सय ८५ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनका विजय चौधरीले ८ हजार ४ सय ४७ मत ल्याए ।

सप्तरी क्षेत्र नम्बर ३ मा राजपका नेता चन्द्रकान्त चौधरी विजयी

राजविराज, २४ मंसिर । सप्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका चन्द्रकान्त चौधरी निर्वाचित हुनुभएको छ ।
उहाँले २२ हजार ५८४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । चौधरीको निकटतम प्रतिद्घन्दी नेपाली काँग्रेसका दिनेशकुमार यादवले १९ हजार ४०१ मत प्राप्त गर्नुभएको छ ।

महोत्तरी २ः शरत सिंह भण्डारी १३ हजार ५ सय ७१ मतका साथ विजयको दिशा तर्फ उन्मुख

महोत्तरी, २४ मंसिर । महोत्तरी क्षेत्र नं. २ मा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलीय नेता शरत्सिंह भण्डारीले भारी मतका साथ अग्रता कायमै राखेका छन् ।
पछिल्लो प्राप्त मत परिणामका अनुसार मधेशी गठबन्धनका उम्मेदवार भण्डारी २२ हजार ८ सय ९० मतान्तरका साथ अग्रस्थानमा छन् ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किरण यादव ९ हजार ३ सय १९ मतका साथ पछ्याउँदै छिन् ।
 पटक पढेको 11,410

सप्तरी २ प्रदेश सभा क र ख बाट क्रमश फोरमका शैलेन्द्र साह र राजपाका महासचिव मनिष सुमन निर्वाचित

सप्तरी, २४ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नं. २ को (ख) प्रदेश सभा तर्फ राजपा नेपालका चर्चित प्रखर युवा नेता मनिष सुमन विजय भएका छन् । मनिष सुमले ८ हजार ९ सय ३९ मत प्राप्त गरी विजय हुनु भएको हो । उहाँका निकतम प्रतिस्पर्धी माओवादी केन्द्रको उम्मेदवारले ४ हजार ९ सय ८५ मत प्राप्त गरेका थिए ।
त्यस्तै क्षेत्र नं. २ (क) बाट फोरम नेपालका अर्का प्रभावशाली युवा नेता शैलेन्द्र साहले १० हजार ५ सय ७७ मत प्राप्त गरी विजय हुनु भएको छ । उहाँको निकतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार सरोज कुमार मण्डलले ७ हजार ५ सय ९३ मत प्राप्त गरेका थिए ।

सर्लाही, २५ मंसिरः सर्लाही निर्वाचन क्षेत्र २ बाट राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव विजय हुनु भएको छ । उहाँ यस अघि पछि यो क्षेत्र बाट निर्वाचित हुनुहुथ्यो । नेता यादव भारी मत अन्तरले विजय हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी भर्खरै राजपा छाडेर काँग्रेस प्रवेश गर्नु भएका नेता जंगिलाल राय यादवलाई पराजित गर्दै विजय हुनु भएको हो । उनी २९ हजार १ सय ९१ मत ल्याएर प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका हुन् । काङ्ग्रेसबाट उम्मेदवार बनेका जंगीलाल राय १८ हजार ९ सय ७६ मत ल्याउँदै पराजित भए । पटक पढेको 10,277

वीरगञ्ज, २४ मंसिर । संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा भारी बहुमतले निर्वाचित भएका छन् । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठबन्धनका संयुक्त उम्मेदवार प्रदीप यादवले आफ्नो निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका पुर्व सभासद अनिल कुमार रुङ्ग्टालाई ४ हजार ६ सय ५१ मतको भारी मतान्तरले पछाडी पर्दै विजयी भएका हुन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामको जानकारी अनुसार फोरम-राजपा गठबन्धनका प्रदीप यादवले २१ हजार १ सय ३२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका अनिल कुमार रुङ्ग्टाले १६ हजार ४ सय मत प्राप्त गरेका छन् र बाम गठबन्धनका संयुक्त उम्मेदवार विचारी यादवले ५ हजार ४ सय ८१ मत प्राप्त गरेका छन् ।
देशभर चाँसोको विषय बनेको मधेस आन्दोलनको केन्द्रबिन्दु पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा शुक्रबार देखि सुरु भएको मतगणनामा प्रदीप यादव सुरु देखिनै अन्य उम्मेदवार भन्दा निकै अगाडि रहेका थिए । नेपाली कांग्रेसका रुङ्ग्टाले उनलाई पछ्याए पनि मतान्तर भने कहिले कम गर्न सकेका थिएनन ।
जिल्लाका राजनीतिक विश्लेषकहरुले यादवको जीतलाई मधेस मुद्दाको जीतको रुपमा लिएका छन् । ६ महिना सम्म वीरगंजलाइ केन्द्रित गरेर चलेको मधेस आन्दोलनमा यादवले प्रमुख नेतृत्वकर्ताको भूमिका निर्वाह गरेका थिए । २०७० मा भएको संविधान सभामा झिनो मतान्तरले पराजित भएका थिए ।

सर्लाही क्षेत्र नं. २ मा महेन्द्र राय यादव भारी मत अन्तरले निर्वाचित


सर्लाही, २५ मंसिरः सर्लाही निर्वाचन क्षेत्र २ बाट राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव विजय हुनु भएको छ । उहाँ यस अघि पछि यो क्षेत्र बाट निर्वाचित हुनुहुथ्यो । नेता यादव भारी मत अन्तरले विजय हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी भर्खरै राजपा छाडेर काँग्रेस प्रवेश गर्नु भएका नेता जंगिलाल राय यादवलाई पराजित गर्दै विजय हुनु भएको हो ।
उनी २९ हजार १ सय ९१ मत ल्याएर प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका हुन् । काङ्ग्रेसबाट उम्मेदवार बनेका जंगीलाल राय १८ हजार ९ सय ७६ मत ल्याउँदै पराजित भए ।

सिरहा ४ बाट राजपाका नेता राजकिशोर यादव निर्वाचित

सिरहा, २५ मंसिर । सिरहा क्षेत्र नं. ४ बाट राजपा अध्यक्ष मण्डलका सदस्य नेता राजकिशोर यादव विजय हुनु भएको छ । उहाँले २१ हजार १ सय ४४ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका नेता पूर्व कानून मन्त्री अजय शंकर नायकले १७ हजार ५ सय २५ मत प्राप्त गरी पराजय हुनु परेको छ ।
Powered by Blogger.