निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामको जानकारी अनुसार फोरम-राजपा गठबन्धनका प्रदीप यादवले २१ हजार १ सय ३२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका अनिल कुमार रुङ्ग्टाले १६ हजार ४ सय मत प्राप्त गरेका छन् र बाम गठबन्धनका संयुक्त उम्मेदवार विचारी यादवले ५ हजार ४ सय ८१ मत प्राप्त गरेका छन् ।
देशभर चाँसोको विषय बनेको मधेस आन्दोलनको केन्द्रबिन्दु पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा शुक्रबार देखि सुरु भएको मतगणनामा प्रदीप यादव सुरु देखिनै अन्य उम्मेदवार भन्दा निकै अगाडि रहेका थिए । नेपाली कांग्रेसका रुङ्ग्टाले उनलाई पछ्याए पनि मतान्तर भने कहिले कम गर्न सकेका थिएनन ।
जिल्लाका राजनीतिक विश्लेषकहरुले यादवको जीतलाई मधेस मुद्दाको जीतको रुपमा लिएका छन् । ६ महिना सम्म वीरगंजलाइ केन्द्रित गरेर चलेको मधेस आन्दोलनमा यादवले प्रमुख नेतृत्वकर्ताको भूमिका निर्वाह गरेका थिए । २०७० मा भएको संविधान सभामा झिनो मतान्तरले पराजित भएका थिए ।
No comments
Post a Comment