Tuesday, December 19, 2017

एकल संक्रमणीयमा एमाले कडा, माओवादी नरम

राष्ट्रपतिले अध्यादेश जारी गर्नुपर्ने कांग्रेसको अडान कामयै










 राष्ट्रियसभाको चुनाव एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा हुनुपर्छ
भन्ने अडानमा कांग्रेसले आफ्नो अगाड यथावत राखेको छ । यो प्रकरणमा एमालेभन्दा माओवादी
 पार्टी नरम देखिएको छ ।
नेपाल सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मंगलबार
 सिंहदरबारमा औपचारिक पत्रकार सम्मेलन नै गरेर राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश
राष्ट्रपतिले पारित गर्नुपर्ने सरकारको धारणा सार्वजनिक गरे ।
एकल संक्रमणीय निर्वाचन प्रणालीसहितको प्रस्तावित अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा
अनिणिर्त अवस्थामा छ । उक्त अध्यादेश पारित भएपछि राष्ट्रियसभाको चुनावको बाटो खुल्ने
र सत्ता हस्तान्तरणको पनि बाटो खुल्ने मन्त्री बस्नेतले पत्रकार सम्मलेनमा बताए ।
तर, एमाले नेताहरुले भने एकल संक्रमणीय निर्वाचन प्रणालीमा जानु असंवैधानिक हुने भन्दै यस्तो
अध्यादेश राष्ट्रपतिले पारित गर्न नहुने अडान राख्दै आइरहेका छन् ।
यसैवीच एमालेको सहयात्री माओवादी केन्द्रले एकल संक्रमणीय निर्वाचन प्रणालीका बारेमा एमालेको
भन्दा फरक नीति लिएको छ ।
सोमबार पेरिसडाँडामा सम्पन्न माओवादीको कार्यालय बैठकमा पनि यसबारेमा कुरा उठेको थियो ।
बैठकमा माओवादी नेताहरुले एमालेले जसरी एकल संक्रमणीय निर्वाचन प्रणालीलाई असंवैधानिक
 भनेनन्, बरु राष्ट्रिय सभासम्बन्धी अध्यादेशलाई राजनीतिक सहमतिका आधारमा टुंगो लगाउनुपर्ने
निश्कर्ष निकालियो ।
एकल संक्रमणीय प्रणालीबारे माओवादीका एक नेताले अनलाइनखबरलाई भने- ‘एकल संक्रमणीयमा
जानैहुँदैन भन्ने पनि छैन । राष्ट्रियसभालाई समावेशी बनाउनुपर्छ । त्यसैले यो विषयमा हामीले
राजनीतिक सहमति खोजौं भनेको हौं ।’
माओवादीका एक नेताले अनलाइनखबरसँग भने- ‘राष्ट्रियसभालाई कांग्रेसविहीन बनाउनु राम्रो
होइन, त्यहाँ पनि विपक्षी चाहिन्छ ।’
राष्ट्रियसभाको चुनाव बहुमतीय आधारमा गर्ने हो भने त्यहाँ कांग्रेसको सम्भवतः एक सीट पनि आउँदैन ।
तर, एकल संक्रमणीय विधिबाट गर्ने हो भने १०/१२ जना सांसद कांग्रेसबाट आउन सक्छन् ।
यही कारणले राष्ट्रियसभाको चुनाव एकल संक्रमणीय चुनावी प्रणालीबाट गरिनुपर्ने अडान कांग्रेसले राखेको हो ।
नेपालको संविधानले राष्ट्रियसभाको निर्वाचन प्रणाली कुन रहने भन्ने स्पष्ट उल्लेख गरेको छैन ।
 संविधानको धारा ८६ ले ‘राष्ट्रियसभाको चुनाव संघीय कानूनअनुसार हुनेछ’ मात्र भनेको छ ।
संविधानको यही धारामा टेकेर संघीय कानूनमा एकल संक्रमणीय प्रावधान राख्न मिल्ने कांग्रेसको
 तर्क छ । यसका साथै सरकारले पठाएको अध्यादेश राष्ट्रपतिले रोकेर राख्नु असंवैधानिक कार्य भएको
कांग्रेस नेताहरुको आरोप छ ।
एमालेको दबावमा राष्ट्रपतिले अध्यादेश रोकेर राखेको कांग्रेस नेताहरुले आरोप लगाउन थालेका छन् ।

No comments

Post a Comment

Powered by Blogger.