Wednesday, December 27, 2017

सरकार निर्माण र पार्टी एकता बारे प्रचण्ड र ओलीबीच छलफल


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ। 
एमाले र माओवादीबीच जारी गतिरोध अन्त्य, सरकार निर्माण र पार्टी एकता प्रक्रियालार्इ तीव्रता दिनका लागि आज दिउँसो १ :१५ बाट उनीहरूबीच छलफल सुरू भएकाे हाे । 
शुक्रबार चितवनतर्फ लागेका दाहाल मंगलबार अपराह्न राजधानी फर्किएका थिए। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गरेका एमाले र माओवादीले निर्वाचनपछि पार्टी एकता गर्ने घोषणा गरेका थिए। तर निर्वाचन पछि भने उनीहरुबीच एकताको विषयमा तिब्र छलफल चल्न सकेको छैन। यसैबीच दुई पार्टीका अध्यक्षबीचमा छलफल भएकाे हो।

No comments

Post a Comment

Powered by Blogger.