Friday, February 9, 2018

राजपा र फोरमले राखेको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकृत, मधेशवादी दल असन्तुष्ट

राजपा र फोरमले राखेको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकृत, मधेशवादी दल असन्तुष्ट

काठमाडौं – मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि तीन जनाको नाम सिफारिस गर्ने अधिकार प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ ।
सरकारको सिफारिसमा एक महिलासहित तीन जनालाई राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । आजको नागरिक दैनिकमा खबर छ ।
राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले सिफारिस गर्ने कोटामा एकरएक सिट आफ्नो दललाई दिनुपर्ने माग राखेका छन् ।
स्रोतका अनुसार सरकारले सिफारिस गर्ने तीन जनाको एक–एक सिट आफूहरुले पाउनुपर्ने माग राजपा र फोरमका नेताहरुले प्रधानमन्त्रीसमक्ष राखेका हुन् ।
प्रदेश २ राष्ट्रिय सभा चुनावमा सहकार्य गर्ने बेलामा नेपाली कांग्रेससँग भएको वार्तामा फोरम र राजपाले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले सिफारिस गर्ने कोटामा एकरएक सिट आफूहरुले पाउनुपर्ने प्रस्ताव राखेका थिए ।
स्रोतका अनुसार,– ‘फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिद्वारा मनोनित गर्ने सांसदमा पार्टी नेता अशोक राईको लागि माग गरेका थिए । ’

जनकपुर VS विराटनगर

Image may contain: one or more people, people standing, people walking, sky and outdoor

पहिल खेल :
जनकपुर VS विराटनगर
सहिदकप टी20क शमपुर्न तैयारी पूरा , एक घण्टा भीतर उद्घटन खेल सुरु होयत ।
स्थान: जनकपुरधामक , रंगभूमि बारहबीघा मैदान ।
Image may contain: indoor

आइतबारदेखि सबै मन्त्रालय सञ्चालनमा आउने

पोखरा – प्रदेश नं ४ का सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन्। 
सो प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालय स्थापना भइसकेको छ। 
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता झलकराम सुवेदीका अनुसार केही मन्त्रालयमा सचिवले जिम्मेवारी सम्हालिसक्नुभएको छ भने आर्थिक मामिला मन्त्रालयका सचिव विष्णुराज ढकाल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव भरतप्रसाद अर्याल र सामाजिक विकास मन्त्रालयका सचिव कृष्णमुरारी न्यौपानेले आइतबार जिम्मेवारी सम्हाल्नेछन्। 
यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका रुपमा लक्ष्मण अर्यालसहित सचिवद्वय लालमणि ओझा र धर्मराज कुइँकेलले जिम्मेवारी सम्हालिसकेका छन् भने आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवमा फणीन्द्रमणि पोखरेल र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवमा डा बुद्धिसागर पौडेलले जिम्मेवारी सम्हालेका छन्। 
मन्त्रालयमध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा आन्तरिक मामिला र आर्थिक मामिला मन्त्रालय सीप विकास केन्द्रको नवनिर्मित भवनमा स्थापित भएका छन् भने उद्योग, पर्यटन र वन मन्त्रालय क्षेत्रीय वन निर्देशनालयको भवनमा, भौतिक पूर्वाधार मन्त्रालय शहरी विकास डिभिजन कार्यालयको भवनमा र सामाजिक विकास मन्त्रालय क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा राखिएको छ। 

संविधान कायार्न्वयन गर्न नसकेर समाप्त पार्ने खतरा छः महन्थ ठाकुर

जनकपुर,  माघ । राष्ट्रीय सभा सदस्यमा प्रदेश नम्बर २ बाट निर्विरोध निर्वाचित सदस्यहरुलाई एक समारोहका बीच निर्वाचन आयोग धनुषा कार्यालयले प्रमाण पत्र वितरण गरे । प्रदेश नम्बर २ बाट राजपाका वृषेशचन्द्र लाल र रमेश यादव, संघीय समाजवादी फोरम नेपालका प्रमिला यादव र रामपृत पासवान,नेपाली कांग्रेसका जितेन्द्र देव र मुक्ता यादव र एमालेका सुमन प्याकुरेल र माओवादी केन्द्र का शशिकला दाहाल निर्विरोध निर्वाचित भएका थिए ।

मो. अख्तरले उम्मेदवारी फिर्ता लिएपछि माघ १५ गते नै उहांहरु सबै निर्विरोध निर्वाचित भएका थिए । तर प्राविधिक रुपमा त्यस दिन प्रमाणपत्र दिन नमिल्ने भएकोले आज माघ २४ गते उहाहरु सबैलाई प्रमाण पत्र वितरण गरिएको हो ।
प्रमाणपत्र वितरण भएको लगतैपछि नेता लालको घरको प्रांगनमा राजपाबाट निर्विरोध निर्वाचित लाल र रमेश यादवसंग शुभकामना आदानप्रदान गरियो । सो कार्यक्रममा बोल्दै राजपा अध्यक्ष महन्थ ठाकुरले संविधानको ३०६ धारामध्ये १८० वटा धारा संसोधन गर्नुपर्ने बताए । विभिन्न प्रदेशमा जनताबाट असुल्ने १०० प्रतिशत रकम मध्ये प्रदेशमा ८५ प्रतिशत केन्द्र सरकारमा, १० प्रतिशत प्रदेश सरकारमा १० प्रतिशत र स्थानीय सरकारमा ५ प्रतिशत रकम रहने कुरा बताउदै ७ वटै प्रदेशले यसका लागि एकजुट भै लडनुपर्ने कुरामा जोड दिए ।
उनले यो संविधान बनाउनेहरु आफैले नै विभिन्न जटिलताका कारण संविधान कायार्न्वयन गर्न नसकेर समाप्त पार्ने खतरा रहेको संकेत गर्दैै ठाकुरले थप संघर्षका लागि तयार रहनुपर्ने बताए ।
राजपा अध्यक्ष मंडलका सदस्य महेन्द्र रायले जनकपुर उपमहानगरपालिकामा राजपाले जितेको र जनकपुर राजधानी बन्ने तरखरमा रहेको भएपनि जुन सद्भाव प्रदेश सभा सदस्यहरु उपमहानगरपालिकाबाट पाउनुपर्ने हो त्यो पाउन नसकेको र यहांका होटलहरुले प्रदेश सभा सदस्य एवं राजनीतिक दलका कार्यक्रताहरुसंग ब्रह्मलुट गरेको गुनासो व्यक्त गरे । उनले जनकपुरका सडक निकै फोहर रहेको बताउदै यसतर्फ सुधार गर्न आवश्यक रहेको सचेत गराए ।
राजपा अध्यक्ष मंडलका सदस्य महेन्द्र रायले यो कुरा भनी राख्दा त्यहा जनकपुर उपमहानगरपालिकाका मेयर लाल किशोर साह, उप मेयर रिता पनि त्यही उपस्थित थिए ।  साभारः भुमिजा पोष्ट

‘बलात्कार’को विषयमा करिमा बेगमको विवादित अभिव्यक्ती : यस्तो छ विवादित अभिव्यक्ती

वीरगञ्ज, २६ माघ । संघिय समाजवादी फोरम नेपालको नेतृ तथा प्रदेश नं. २ का प्रदेश साँसद करिमा बेगमले विवादित अभिव्यक्ती दिएकी छिन् । एक कार्यक्रममा महिला बलात्कार हुने विषयमा विवादित अभिव्यक्ती दिएकी हुन । उनले युवतीहरुले छोटो लुगा र मोबाइल प्रयोग नै बलात्कारको प्रमुख कारण भएको भन्दै विवादित अभिव्यक्ती दिएका हुन ।

कार्यक्रममा बोल्दै नेतृ बेगमले भने, महिलाले नै महिला माथि हिँसा गरी रहेको छ । बलात्कार रोक्नका लागि युवतीहरुलाई छोटो लुगा र मोबाइल प्रयोगमा प्रतिबन्धन लगाउनु पर्नेमा जोड दिएकी थिइन ।
Powered by Blogger.