Sunday, February 4, 2018

राजधानी मागगर्दै आज वीरगञ्ज बन्द


वीरगंज ।  प्रदेश  नम्बर  २  को राजधानी मांगगगर्दै आईतवार वीरगंज बन्दको आहवान गरीएको छ  ।  सरकारले  २  नम्बर  प्रदेशको  अस्थायी    राजधानी    जनकपुर    घोषणा  गरेदेखि  यहाँ  चरणबद्ध  रुपमा आन्दोलन हुँदै आएको छ ।अस्थायी            राजधानी            जनकपुरधाममा   प्रदेश   सभाको   पहिलो बैठक आईतवार बस्दै छ । पहिलो बैठकबाट नै वीरगञ्जलाई स्थायी  राजधानी  घोषणा  गर्नुपर्ने  मागगर्दै संघर्ष समितिले शनिवार साँझ नगर क्षेत्रमा मसाल जुलुस गरेका  थिए  ।  मसालजुलुसमा  सहभागिहरुले  बन्दलाई  सफल  बनाउन  आव्हान  गरेका  थिए  ।  ३२  दिन  देखीे  घण्टाघरमा  रिले  अनशन    जारी    छ    ।    रिले    अनशनमा   बारा   जिल्लालेपनि   समर्थन  जनाउँदै  आएको  छ  ।  प्रदेश सभाको पहिलो बैठकबाट नै   स्थायी   राजधानी   घोषणा   गर्ने  माग  भईरहेपनि  बैठकको  कार्यसुचीमा  राजधानी  सम्बन्धी  विषय समावेश छैन् ।जनकपुरबाट राजधानी नसारिए प्रदेश      साँसदहरुलाई      वीरगञ्जमा विरोध गरिने बताईएको  छ  ।प्रदेशको  स्थायी  राजधानी  निर्णय  गर्न  दुई  तिहाईको  संख्या  आवश्यक छ ।राजपा    र    फोरम    नेपालबाट      निर्वाचित      जनप्रतिनिधिहरुले केही    नवोलेको    भन्दै    मधेशवादीदलका     नेता     एवम  सांसदहरु  प्रती  जन  आक्रोश बढेको बताईन्छ । वीरगञ्ज राजधानी सघंर्ष समितिले       चरणबद्ध       आन्दोलनलाई       माग       पुरा      नभए      सम्म      निरन्तरता  दिने  जनाएका  छन्  ।  केहि  नेताहरुको  दवावमा  जनकपुरलाई   राजधानी   घोषणा   गरिएको   समितिका   सदस्यहरुले   जनाउँदै सरकारको  गल्तीलाई प्रदेश सभाको   बैठकबाट   सच्चयाउनु   पर्ने  माग  गरेका  छन्  ।  सभामुख  र  उपसभामुख  ,  मुख्यमन्त्रीको  चयनपछि   बस्ने   बैठकले   मात्र   प्रदेशको स्थायी राजधानी र र नाम तोकिने साँसदहरुले जनाएका छन् ।  बन्दको क्रममा एम्बुलेन्स, दमकल, कुटनैतिक     नियोगका     सवारी     साधन,  दुधको  गाडी,  अस्पतालको  गाडी,  सञ्चार  माध्यमको  सवारी  साधन   निर्वाद्ध   रुपमा   संचालन   हुने  संघर्ष  समितीले  जनाएको  छ     ।     उद्योग,     व्यवसाय,     कलकारखाना,  शैक्षिक  संस्था,  यातायात     लगायत     बजार     पुर्ण  ठप्प  हुने  बताइएको  छ  ।  राजधानीको माँगगर्दै जारी रहेको आन्दोलनमा  कुनै  दलका  ठूला  नेताहरुले  सहभागिता  जनाएका  छैनन् ।संघिय समाजवादी फोरम नेपाल  र  राष्ट्रिय  जनता  पार्टी  नेपालले    राजधानीका    लागि    भईरहेको        आन्दोलनबारेको        दृष्टिकोण सार्वजनिक गरिसकेका छन्  ।  नेपाली  काँग्रेस,  एमाले  र   माओवादी   केन्द्रका   दोस्रो   वरियताका    जिल्ला    नेताहरु    आन्दोलनलाई निरन्तरतादिदै आएका छन्   ।पेशागत   संघसंस्थाहरुको   सकृयतापनि  अपेक्षित  रुपमा  हुन  सकेको छैन् ।

प्रदेश सभाको पहिलो बैठक आज


जनकपुरधाम  ।  प्रदेश  नम्बर  २    को    सर्वसदलिय    बैठकले    आईतवार   बस्ने   प्रदेश   सभा   बैठकको    कार्यसुची    निर्धारण    गरेको छ ।ज्येष्ठ    सदस्य    लगनलाल    चौधरीको अध्यक्षतामा बस्ने प्रदेश सभाको  बैठकमा  प्रदेश  प्रमुखको  कार्यालयबाट  प्राप्त  पत्रहरु  पढेर  सुनाईने छ ।बैठकमा  सहिदहरु  प्रति  १  मिनेट मौनधारण गरिनेछ ।बैठकमा सबै  दललाई सम्बोधन गर्ने समय निर्धारण  गरिएको  छ  ।भाषणका  लागि  १  घण्टाको  समय  निर्धारण  गरिएको  छ  ।त्यस  मध्ये  संघिय  समाजवादी  फोरम  नेपालले  १४  मिनेट समय पाएको छ ।फोरमको तर्फबाट    साँसद    मो.लालबाबु    गद्दीले   सम्बोधन   गर्ने   निर्णय   भएको  फोरमका  सांसद  यागेन्द्र  रायले जनाए ।त्यसैगरि   राजपाले   पाएको   १२   मिनेटमा   पार्टीका   सांसद   जितेन्द्र     सोनलले     सम्बोधन     गर्नेछन्  ।  एमालेले  १०  मिनेट  पाएको  समयमा  बोल्ने  साँसदको  नाम टुंगो नलागेको साँसद सत्रुधन महतोले जनाए ।नेपाली काँग्रेसले पाएको  ९  मिनेट  समयमा  साँसद  रामसरोज  यादवले  सम्बोधन  गर्ने  छन् ।माओवादी केन्द्रको तर्फबाट साँसद भरत साहले सम्बोधन गर्ने कार्यक्रम  छ  ।  माओवादीलाई  ६  मिनेट समय निर्धारण गरिएको छ । स्वतन्त्र  साँसदले  ४  मिनेट  बोल्ने छन । सर्वदलिय बैठकबाट १ घण्टा समयलाइ दलगत स्थिति अनुसार  बाँडफाँड  गरिएको  सह  सचिव वंशीराज पौडेलले जनाए ।सर्वदलिय    बैठकले    कार्य    व्यवस्था  परामर्श  समिति  गठन  गरेको  छ  ।उक्त  समितिमा  फोरम  नेपालबाट योगेन्द्र यादव र ज्ञानेन्द्र यादव,  राजपाबाट  सुरिता  साह  र  मनिष  सुमन,  एमालेबाट  सत्रुधन  महतो  र  प्रमोद  कुमार  यादव,  काँग्रेसबाट  रामसरोज  यादव  र  शोमा लामा, माओवादी केन्द्रबाट रामकुमार यादव  र ज्वाला साह र स्वतन्त्र साँसद रहने छन् ।अध्यक्ष   मण्डलका   लागि   फोरमबाट   सन्तमाया   मोक्तान,   राजपाबाट   नवलकिसोर   साह,   एमालेबाट     अनिता     यादव,     काँग्रेसबाट  शिवचन्द्र  चौधरी  र  माओवादीबाट      मो.समिरलाई      राखिएको छ ।सर्वदलिय    बैठकले    कार्य    व्यवस्था  परामर्श  समिति  गठन  गरेको  छ  ।  उक्त  समितिमा  फोरम  नेपालबाट योगेन्द्र यादव र ज्ञानेन्द्र यादव,  राजपाबाट  सुरिता  साह  र  मनिष  सुमन,  एमालेबाट  सत्रुधन  महतो  र  प्रमोद  कुमार  यादव,  काँग्रेसबाट  रामसरोज  यादव  र  शोमा लामा, माओवादी केन्द्रबाट रामकुमार यादव  र ज्वाला साह र स्वतन्त्र साँसद रहने छन् ।अध्यक्ष   मण्डलका   लागि   फोरमबाट   सन्तमाया   मोक्तान,   राजपाबाट   नवलकिसोर   साह,   एमालेबाट     अनिता     यादव,     काँग्रेसबाट  शिवचन्द्र  चौधरी  र  माओवादीबाट      मो.समिरलाई      राखिएको छ ।प्रदेश  सभाको  अर्को  बैठक  माघ २९ गते बस्ने र नियमाबली मस्यौदामा    छलफलगरि    पास    गरेपछि फागुन २ गते बस्ने बैठकले सभामुख     र     उपसभामुखको     निर्वाचन  गरिने  बैठकमा  सहमति  भएको      सहसचिव   पौडेलले   जनाए । बैठकको तयारी शनिवार अबेर  राती  सम्म  जारी  छ  ।बैठक  हलमा ३ जना अटने एउटा टेबुल राखिएको   छ   ।बैठक   हलमा   कुल  १  सय  १०  जनालाई  बस्ने  व्यवस्था   गरिएको   सहसचिव   पौडेलले जनाए ।प्रदेश सभामा १ सय ७ जना सदस्य छन् ।बैठकका   लागि   ३   वटा   लहर  बनाएपनि  दलगत  रुपमा  छुटट्याईएको    छैन्    ।‘पहिलो    बैठकबाट  नियमावली  मस्यौदा  पास गर्ने तयारी थियो’सहसचिव पौडेलले  भने,  तर  दलहरुबीच  समिति गठनमा नै सहमति हुन नसकेकाले २९ गतेको बैठकमा पेश गर्ने सहमति भएको छ ।राजपाले  संसदीय  दलको  बैठकबाट  मस्यौदा  समितिमा  ३   जना   राम   नरेश   राय,      डिम्पल झा र रमेश पटेललाई पठाउने     निर्णय     गरिएको     थियो  ।तर  सर्वदलिय  बैठकमा  दुई  जना  मात्र  राख्ने  सहमति  भएपछि  राजपाले  फेरी  दलमा  छलफल  गर्ने  भनेपछि  काँग्रेस  र   एमालेलेपनि   सहमति   गर्ने   भन्दै  समिति  गठनमा  असहमति  जनाएका थिए ।‘समिति बनाउन सहमति   हुन   सकेन्’सहसचिव   पौडेलले  भने,  माघ  २९  गते  बिहान  ८  बजे  बस्ने  सर्वदलिय  बैठकबाट निर्णय गरिने सहमति भएको  छ    ।’  प्रदेश    सभाको  भित्र  २१  जना  मर्यादा  पालक  रहने   छन्   ।सुरक्षाका   लागि   विशेष   तालिम   प्राप्त   ५५   जनाको   टोली   प्रदेश   सभा   परिसरमा खटाइएको छ ।मर्यादा पालकहरुका    लागि    ड्रेसको    निर्णय  नभएको  र  तयारी  समेत  नभएकाले ‘ढाका’ टोपी लगाएर काम गर्ने निर्देशन दिईएको छ ।सभाहल     र     कार्यालय     कोठाहरुमा  जेनरेटरबाट  बिजुली  आपूर्तीको   व्यवस्था   गरिएको   छैन्   ।चर्को   आवाज   आउने   सानो  जेनरेटरको  भरमा  काम  भइरहेकाले वति नपुगेको कारण ढिला   भईरहेको   कामदारहरुले   जनाए ।सभामुखको  आसन  ग्रहण  गर्ने   तर्फ   फुलले   सजाईएको   छ  ।तर  हल  भित्र  रंगको  गन्ध  रहेकाले   आँखा   पोल्ने   गरेको   कर्मचारीहरुले जनाए ।

* सभामुखको चयन फागुन २ गते
* नियमावली मस्यौदा समिति गठन भएन्
* उक्त बैठकले नियमावली पारित गर्ने
* साँसदहरुले आफू खुशी डे«स लगाउने
* भाषामा विविधता रहने
* फोरमलाई १४ मिनेट समय
* माघ २९ गते दोस्रो बैठक
* ढाका टोपी लगाएर मर्यादापालक रहने
* मर्यादापालकको डे«स तयार हुन सकेन्
* सबै दलहरुलाई १० वटा पास
* स्वतन्त्र सांसदलाई ५ वटा पास
* एमालेलाई वक्ता छान्न सकस

प्रदेश २ को प्रदेशसभा बैठकः सहिदको तस्वीर खोज्दै हंगामा


२१ माघ, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको पहिलो बैठक सुरु हुनासाथ अवरुद्ध भएको छ । राजपाका सांसदहरुले मधेस आन्दोलनका सहिदका तस्वीर नराखेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् ।
पहिलो बैठक सुरु हुनासाथ राजपा सांसद मनिष सुमनले मधेस आन्दोलनका सहिदहरुको फोटो राख्न माग गर्दै विरोध गरेका हुन् । सभामुखको आसन अगाडि जनआन्दोलनका सहिदहरुको तस्वीर राखिएको छ । त्यहाँ मधेस आन्दोलनका सहिदको तस्वीर किन राखिएन भन्दै सुमनले आपत्ति जनाए ।
लगत्तै राजपा सांसद डिम्पल झाले मधेसका सहिदको तस्वीर नराखेसम्म बैठक अघि नबढ्ने बताएछि सांसदहरु आआफ्नो स्थानबाट उठे ।
मधेस केन्द्रित दलका सांसदहरुले विरोध जनाइरहँदा एमाले सांसदहरुले बैठक अवरुद्ध गर्न नपाइने भन्दै आपत्ति जनाए ।
एमाले र मधेस केन्दि्रत दलको वेग्लावेग्लै विरोधले संसद बैठकको प्रारम्भमै हंगामा हुने संकेत दियो ।
तर, जेष्ठसदस्यको हैसियतमा सभा चलाइरहेका ललन चौधरीले अर्को बैठकमा मधेस आन्दोलनका सहिदहरुको तस्वीर राख्न रुलिङ गरे । योसँगै मधेस केन्द्रित दलहरु बैठक अघि बढ्न दिन तयार भए ।
अहिले कार्यसूचीअनुसार बैठक चलिरहेको छ ।

Powered by Blogger.