Saturday, February 3, 2018

सैद्धान्तिक सहमतिपछि वाम गठबन्धन-मधेशकेन्द्रित दल अविश्वासमा परिणत

सैद्धान्तिक सहमतिपछि वाम गठबन्धन-मधेशकेन्द्रित दल अविश्वासमा परिणत

काठमाडौं । वाम गठबन्धन र मधेसकेन्द्रित दलबीच नजिकिँदै गएको दूरी ‘सैद्धान्तिक सहमति’पछि अविश्वासमा परिणत भएको छ । दुवै पक्षबीच संविधान संशोधन गर्ने सैद्धान्तिक सहमतिपछि लिखित सहमतिपत्रमा हस्ताक्षर हुनै लाग्दा भाँडिएकाले पछिल्लोपटक नजिकिँदै गएको दूरी अविश्वासमा परिणत भएको हो ।
आजको नयाँ पत्रिकामा खबर छ(गठबन्धनका तर्फबाट एमाले र माओवादी केन्द्रका नेताहरू र संघीय समाजवादी फोरम र राजपाका नेताहरूबीच माघको पहिलो साता निर्णायक छलफल भएको थियो ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश २ मा तालमेल गर्ने, संविधान संशोधन गर्ने र गठबन्धन सरकार बनाउने गरी भएको छलफल कुन विषयमा संविधान संशोधन गर्ने भन्ने निष्कर्षमा नपुग्दा भाँडिएको हो । वार्ता भाँडिएलगत्तै मधेसकेन्द्रित दलले कांग्रेससँग तालमेल गरेर प्रदेश २ मा उम्मेदवार उठाउने समझदारी गरेका थिए ।
एमालेबाट वाम कार्यदलका नेता सुवास नेम्बाङ, रामबहादुर थापा बादल, नेता अग्नि खरेलसहित कार्यदलका सदस्यहरू तथा मधेसकेन्द्रित दलबाट महन्थ ठाकुरलगायतका नेता छलफलमा सहभागी थिए ।

कस्तो छ जनकपुरमा राजपा संसदिय दलको बैठक

charchaonline
धनुषा, प्रदेश २ को संसदीय दलका नेता छान्नका लागि जनकपुरमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बैठक आज भएको छ । 
बैठकमा पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित पाँचवटै सदस्य र राजपा नेपालबाट प्रदेशसभा सदस्यसहित ३१ जनाको सहभागिता रहेको जानकारी दिनुभयो । राजपा नेता प्रमोद साहका अनुसार भोलि प्रदेश २ को पहिलो बैठक बस्ने भएकाले जनकपुरमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बैठक बाट निणॅय भएको बताइएको छ ।  

- प़देश सभा कायॅ व्यवस्था परामशॅ समिती को सदस्य - मनिष कुमार सुमन,सुरिता साह
-प़देश सभा नियमावली मस्यौदा समिती को सदस्य -राम नरेश राय, डिम्पल झा, रमेश पटेल 
-प़देश सभा संचालन को लागि अघ्यक्ष मंडल-नवल किशोर साह
-प़देश सभा को प़थम बैठक मा राजपा नेपालबाट-  जितेन्द्र सोनलको सम्बोधन
Powered by Blogger.