Thursday, February 1, 2018

भारतीय विदेशमन्त्री स्वराज र उपेन्द्र यादवबीच भेटवार्ता


१९ माघ, काठमाडौं । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

सोल्टी होटलमा भएको भेटमा स्वराजले चुनावमा फोरमले पाएको सफलताका लागि बधाइ दिएका छन् । भेटमा नेपाल–भारत सम्वन्ध मजबुत बनाउनेबारे कुराकानी भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिसकुमारले बताएका छन् ।

राजपा नेतालाई स्वराजको सन्देशः सरकार बनाउनुस्, सहयोगको चिन्ता नगर्नुस्

संविधान संशोधनको कुरा गर्दा भारतीय विदेशमन्त्री मौन


तस्वीर स्राेतः भारतीय विदेश मन्त्रालय
१९ माघ, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुसँग विहीबार साँझ करिब ४० मिनेट सामुहिक कुराकानी गरिन् । मधेसी नेतासँगको कुराकानीमा राजनीतिक विषयले भन्दा बढी मधेसको विकाससम्बन्धी प्रोजेक्टहरुमा बढी समय खपत भयो ।
प्रदेश नम्बर २ मा राजपा र फोरमले राम्रो चुनावी परिणाम ल्याएको भन्दै सुष्माले बधाइ दिइन् । र, अब फोरमसँग मिलेर अघि बढ्न र प्रदेश दुईमा आफ्नो नेतृत्वमा सरकार बनाउन उनले शुभकामना दिइन् । सरकारमा गएर आफ्नो जिम्मेवारी प्रमाणित गरेर देखाउन सुष्माले राजपा नेताहरुलाई भनिन् ।
सोल्टी होटलमा भएको भेटमा राजपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव लगायतको उपस्थिति थियो ।
भेटमा मधेसी नेताहरुले आफूहरु निर्वाचनमा गए पनि संविधान संशोधनको मुद्दा यथावत नै रहेको बताएका थिए । तर, यसमा भारतीय विदेशमन्त्री सुष्मा यो तपाईहरुको आन्तरिक विषय हो भन्दै पन्छिएको राजपाका एक नेताले अनलाइनखबरलाई बताए ।
सुष्माले मधेसी नेताहरुलाई संविधान संशोधन र वाम सरकारमा सहभागी हुने नहुने तपाईहरुको आन्तरिक विषय हो, तपाईहरु आफ्नो हित सोचेर आफैं निर्णय गर्नुहोस्, यसमा हाम्रो कुनै हस्तक्षेप हुँदैन भन्ने जवाफ दिएकी थिइन् ।
सरकार बनाओ, चिंता मत कीजिए !
भेटका क्रममा सुष्माले राजनीतिका बारेमा भन्दा पनि मधेसको विकासका एजेण्डाहरुमा छलफल गर्न खोजेकी थिइन् । नेपालको मधेसमा गरिबी र अस्थिरता रह्यो भने त्यसको असर बिहारलगायत भारतीय राज्यमा समेत पर्ने भन्दै उनले मधेसी नेताहरुलाई आर्थिक समृद्धि र विकासमा लाग्न सुझाव दिइन् । उनले अब बन्ने प्रदेश सरकारले मधेसको गरीबी हटाउनुपर्ने बताइन् ।
तर, मधेसमा जारी रहेका भारतीय प्रजेक्टहरु समयमा पूरा नभएको गुनासो मधेसी नेताहरुले भारतीय विदेशमन्त्रीसँग गरे । हुलाकी राजमार्ग लगायतका कुनै पनि प्रजेक्टहरु समयमा पूरा नभएको उनीहरुले गुनासो सुनाए ।
जवाफमा सुष्माले चुनावी जितलाई क्यास गर्दै पहिले प्रदेश २ मा सरकार बनाउन र ती आयोजनाहरु कार्यान्वयन गर्ने वातावरण बनाउन आग्रह गरिन् । उनले मधेसी राजपा नेताहरु भारतले त्यहाँको विकासमा सहयोग गर्ने वचन दिँदै भनिन्– सरकार बनाओ, चिंता मत कीजिए !
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको विकासमा जोड दिएको र छिमेकी देशको विकाससँगै जोडेर भारतको विकास गर्न चाहेकाले भारतको यो नीतिबाट फाइदा उठाउन सुष्माले राजपा नेताहरुलाई सुझाव दिइन् ।
आगामी बन्ने प्रदेश सरकारले बाढी नियन्त्रण लगायतका कोशी, गण्डक आदि प्रोजेक्टहरुमा भारतीय सहयोग प्राप्त गर्न सक्ने सुष्माले आश्वासन दिएको भेटमा सहभागी एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।

सिमामा बैद्यको प्रर्दशन


वीरगन्ज । वीरगन्जको   छपकैया   स्थित   सिमामा   मोहन   बैद्य  नेतृत्वको  नेकपा  क्रान्तिकारी  माओवादीको  विद्यार्थी  तथा  युवा  संगठनले प्रर्दशन गरेको छ ।नेपाली जग्गा भारतीयलाइ देउवा सरकारले सुम्पेको  भन्दै  भारत  र  सरकारका  बिरोधमा  बैद्यका  बिद्यार्थी  तथा  युवानेताहरुले          आरोपसम्म          लगाए  ।  काठमाडौंबाट  बुधबार  वीरगन्ज    आइपुगेको    अखिल    क्रान्तिकारी  युवा लिगको नेतृत्वमा आएको    टोलीले    सिमानाकामै    पुगेर  चर्को  नारावाजीसंगै  गर्नुको  साथै   कोणसभा   समेत   गरेका   थिए  ।  छपकैयामा  सीमा  नाकाको  स्थलगत  अवलोकन  गर्दै  सीमा  स्तम्भ   गाड्ने   क्रममा   नेपाल   सरकारमा रहेका भारती एजेन्टहरुले ४८ बिघा नेपाली भूमी भारतलाइ सुम्पेको टोलीलेठहर गरेको थियो ।पार्टीका  पोलिटव्युरो  सदस्य  कृष्णदेव  सिंह  दनुवार,  अखिल  क्रान्तिकारीका   केन्द्रीय   अध्यक्ष   सेवन्तराज  भण्डारी  र  क्रान्तिकारी  युवा   लिगका   केन्द्रीय   अध्यक्ष   अमीर  महर्जनको  नेतृत्वमा  सीमा  क्षेत्रमा  पुगेका  नेता  कार्यकर्ताले  पार्टी  र  नेपालका  राष्टिय  झन्डा  फहराउदै नेपाल प्रदर्शन गरेसीमा    क्षेत्रमै    आयोजित    कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका  अध्यक्ष  सेवन्तराज    भण्डारीले नयाँ पिलर राख्ने क्रममा  लाजपुर्जा   भएको   ४८   बिघा   जग्गा  नेपाल  सरकारले  भारतलाइ  सुम्पिएको   आरोप   लगाए।उनले   भने   ।।।नेपाली   सरकारमा   रहेका   भारतीय दलाल  र नापी विभागका उच्च  अधिकृतहरुले  नेपाली  भूमी  भारतलाई  सुम्पिदिएका हुन्।’उनले  भने।।।आज  फेरी  नेपाली  दलालहरुको    कारण    सिमामा    लडने  अवस्था  भएको  छ  ,नाम  र  थर  लेखेर  मात्रै  नेपाली  भइँदैन  ,    आफ्नो भूमीको रक्षा गर्न नसक्नेहरु सरकारमा पुगेको कारण राष्टिय«ता खतरामा परेको छ ।’वीरगन्जको        छपकैयामा        मिचिएको   नेपाली   भूमी   नेपाल   सरकारले   फिर्ता   नगरे   नेपाली   भूमीको  रक्षाका  लागि  अखिल  क्रान्तिकारी     र     क्रान्तिकारी     युवा  लिग  सशक्त  आन्दोलनमा  उत्रिने  क्रान्तिकारी  युवा  लिगका  अध्यक्ष  महर्जनले  चेतावनी  दिए।  छपकैयामा सीमा क्षेत्रको स्थलगत अवलोकन र प्रदर्शन पछि बुधबार साँझ  दुवै  संगठनले  वीरगन्जको  मुख्य   बजारमा   पनि   जुलुश   र   नाराबाजी गरेका थिए।यसअघि भारतले नेपाली भूमी मिचेको भन्दै  नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन   अखिल   क्रान्तिकारी   ,   युवा  संगठन  वाइसिएल  र  नेकपा  एमालेको  विद्यार्थी  संगठन  अनेरास्ववियुको  केन्द्रिय  टोलीले  पनि    विवादित   सीमा   क्षेत्रमा   राष्ट्रिय   झण्डा  गाड्नुका  साथै  प्रदर्शन  गरी  भारतको बिरोध जनाइसकेका छन् ।
Powered by Blogger.