Tuesday, January 30, 2018

प्रदेश नम्बर २ मा ११ सदस्यीय मन्त्रीमण्डल बन्ने


जनकपुरधाम  ।  प्रदेश  २  मा  दुई सरकार बनाउने बहुमत पाएका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीमा मन्त्री र सभामुखका लागि दौडधुप तेज भएको छ ।प्रदेश   सभामा   १   सय   ७   सदस्य  छन्  ।ती  मध्ये  फोरमको  २९  र  राजपाको  २५  सिट  रहेको  छ  ।सरकारका  लागि  आवश्यक  समान्य  बहुमत  ५४को  संख्या  पु¥याएको  फोरम  र  राजपाले  ११  सदस्यीय   मन्त्रीमण्डल   बनाउने   पक्षमा छन् ।एमाले–माओवादी सम्मिलित वाम–गठबन्धनको     कार्यदलले     १०  प्रतिशत  भन्दा  बढी  नबढने  गरी मन्त्रीमण्डल गठन गर्न गरेको सहमतिलाई  फोरम  राजपालेपनि  अनुशरण गर्ने भएका छन् ।संविधान अनुसार २० प्रतिशतमा नबढने गरी मन्त्रीमण्डल   गठनको   प्रावधान   रहेपनि  मन्त्रीको  संख्या  बढाउँदा  प्रदेशमाथि  अनावश्यक  आर्थिक  भार पर्न जानेछ ।फोरम  र  राजपाबीच  पदको  बाँडफाँडको  विषयमा  औपचारिक  संवाद  भएको  छैन्  ।तर  राजपाले  फोरम  अध्यक्ष  उपेन्द्र  यादवलाई  मुख्यमन्त्री     बनाउन     भनेको     छ  ।‘  प्रदेश  नम्बर  २  मा  ठूलो  दल  भएको  फोरमलाई  हामीले  मुख्यमन्त्री  चयन  गर्न  भनेका  छौ’  राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र रायले भने, ‘अन्य पदहरुको विषयमा छलफल भएको छैन् ।दुवै दल  अहिले  आन्तरिक  गृहकार्यमा  रहेको उनले बताए ।प्रदेशको          मुख्यमन्त्रीमा          फोरमबाट  विजय  यादवको  नाम  अगाडी छ ।पहिलो संविधान सभामा आपूर्ती मन्त्री रहिसकेका यादवको पक्षमा फोरमका अधिकांश साँसद र नेताहरु रहेको बताईन्छ ।तर अध्यक्ष यादव र प्रदेश नम्बर २ की अध्यक्ष समेत  रहेकी  पार्टी  उपाध्यक्ष  रेणु  यादवले  मुख्यमन्त्रीको  सम्बन्धमा  प्रष्ट संकेत दिएका छैनन् ।‘प्रदेशको   संसदीय   दलको   बैठकबाट  चुनिने  नेता  मुख्यमन्त्री  बन्ने    छन्’फोरमका    महासचिव    रामसहाय यादवले भने, ‘मुख्यमन्त्री र   मन्त्रीको   विषयमा   अहिले   छलफल भएको छैन् ।पार्टीको   केन्द्रिय   कोषाध्यक्ष   समेत   रहेका   विजय   यादवको   नाममा  अध्यक्ष  यादव,  उपाध्यक्ष,  महासचिव    समेत    सकारात्मक    रहेको  संकेत  बाहिरिन  थालेपछि  मुख्यमन्त्रीको  दौडमा  रहेका  प्रदेश  सभा  सदस्यहरुले  मन्त्रीका  लागि  ‘लविंग’ सुरु गरेका छन् ।केन्द्रीय    सरकारमा    काम    गरिसकेको  अनुभवका  आधारमा  पनि  मुख्यमन्त्रीमा  विजयको  नाम  पक्का  भएको  जनाउँदै  एकजना  साँसदले  भने,  ‘मुख्यमन्त्रीको  दौड  भन्दा मन्त्रीको प्रयासमा धेरै जुटेका छन् ।’।।।सरकारमा  काम  गरिसकेको  अनुभवले  पनि  उनलाई  काम  गर्न  सहज हुनसक्छ’, ती साँसदले भने, मुख्यमन्त्रीको  लागि  अब  खासै  प्रतिष्पर्धा देखिदैन् ।फोरममा     मुख्यमन्त्री     र     मन्त्रीको   दौडधुप   सुरु   भएसँगै   राजपामा  सभामुख  र  मन्त्रीका  लागि     नेताहरु     दौडादौडमा     छन्  ।मुख्यमन्त्री  फोरमले  पाउने  भएपछि राजपाले सभामुख पाउने संभावना छ ।सिट बाँडफाँड भई नसकेकोले  सभामुख  राजपाले  पाउने  संभावनाका  साथ  नेताहरु  अगाडी   देखिएका   छन्   ।उप   सभामुख  भने  फोरमको  भागमा  पर्ने संभावना छ ।राजपामा  सभामुखका  लागि  जितेन्द्र    सोनल,    नवलकिसोर    साहको        नाम        अगाडी        छ । राजपा संसदीय दलको नेतामा रामनरेश   राय   आउने   बलियो   संभावना   छ   ।संविधानमा   उप–मुख्यमन्त्रीको  प्रावधान  नरहेकोले  राजपाले मन्त्रीहरु मात्र पाउने छन् ।‘प्रदेश नम्बर २ मा पनि छोटो मन्त्रीमण्डल  गठन  गर्नुपर्छ’  राजपा  अध्यक्ष  मण्डलका  सदस्य  रायले  भने,  ‘प्रदेशमाथि  बोझ  हुने  गरी  मन्त्री बनाईनु उपयुक्त हुँदैन् ।’ तर दुवै पार्टीमा मन्त्रीका लागि प्रदेश  सभा  सदस्यहरुले  गतिविधि  तिव्र   बनाएका   छन्   ।फोरम   र   राजपाका  प्रदेश  सभा  सदस्यहरुले  नेता रिझाउन सकृय छन्  

दुइ नम्बर प्रदेशकाे सरकारका लागी के गर्दैछन् राजपा र फाेरम नेपालले

काठमाडौं माघ १६ गते- प्रदेश २ मा सरकार बनाउन संघीय समाजवादी  फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले अनौचारिक गृहकार्य सुरू गरेका छन् ।
प्रदेश २ मा फोरम र राजपाले पाएको सिट संख्या जोड्दा सरकार निर्माण गर्न  बहुमत पुग्छ । १ सय ७ सिटमध्ये फोरमको २९ र राजपाको २५ रहेको छ । सरकार बनाउन कम्तीमा ५४ सिट चाहिन्छ । फोरम र राजपाले पाएको सिट संख्या जोड्दा ५४ पुग्छ । 

त्यसबाहेक रौतहट ४(क)मा स्वतन्त्रबाट विजयी भएका प्रदेशसभा सांसद फुलबाबुलाई फोरम–राजपा गठबन्धनमा ल्याउने प्रयास भइरहेको फोरमका नेताहरू बताउँछन् । राजपाका एक नेता भन्छन्, ‘प्रदेश २ मा मुख्यमन्त्रीमा फोरम, सभामुखमा राजपा र उपमुख्यमन्त्रीमा राजपाले पाउने सहमति अनौपचारिक रूपमा भइसकेको छ । त्यसैलाई यसलाई निष्कर्षमा पुर्याउन त्यती धेरै समय लाग्दैन ।’

 यसैगरी प्रदेश मन्त्रालयको सम्बन्धमा पनि बाँडफाँट भइसकेको ती नेताले बताए । उनका अनुसार प्रदेशका ७ मन्त्रालयमध्ये ४ मन्त्रालय फोरमले पाउने र ३ मन्त्रालय राजपाले पाउने सहमति भइसकेको छ ।
राजपाका सहमहामन्त्री डा. सुरेन्द्र झाले प्रदेश २ मा सरकार गठन गर्नेबारे संघीय समाजवादी फोरम नेपाल र राजपाबीच अनौचारिक सहमति भइसकेको दाबी गरे । उनले भने, ‘प्रदेश २ मा सरकार गठन गर्नेबारे फोरम र हाम्रो पार्टीका शीर्ष नेताबीच अनौपचारिक सहमति भइसकेको छ । अब औपचारिक सहमति हुन मात्र बाँकी छ ।’ 

फोरमा अध्यक्ष उपेन्द्र यादव सोमबार विराटनगरतर्फ गएका छन् ।  प्रदेश २ मा सरकार गठन गनेबारेमा अन्तिम टुंगो जनकपुरमै हुने फोरमका नेताहरूले बताएका छन् । फोरम र राजपाको सहकार्य प्रतिनिधिसभा र प्रदेशसभाको चुनावदेखि कामय रहेको छ । 

 यो सहकार्य राष्ट्रियसभाको चुनाव र प्रदेश २ मा सरकार गठन गर्नेसम्म कायम रहने फोरम र राजपाका नेताहरूले बताएका छने । प्रदेश २ मा सरकार गठन गर्न नेपाली कांग्रेस र वाम गठबन्धनको बहुमत नपुग्ने भएपछि कांग्रेस र वाम गठबन्धनले यसबारे चासो लिएका छैनन ।

कांग्रेसको समर्थन जुटाउने प्रयास
फोरम–राजपा गठबन्धनले सरकार निर्माणमा  नेपाली कांग्रेससँग पनि समर्थन जुटाउने प्रयास फोरम–राजपाका नेताहरूले गरेका छन् । सरकार निर्माणमा कांग्रेसको  समर्थन रहे प्रदेश सरकार  झनै बलियो हुने राजपाका नेताहरू बताउँछन्।

राजपाका सहमहामन्त्री झाले भने, ‘राजपा–फोरम गठबन्धन र नेपाली कांग्रेसबीच सहकार्य राष्ट्रियसभा निर्वाचन र प्रदेश २ मा सरकार निर्माणमा पनि  कायम रहने छ ।’ सरकार गठनबारे राजपाका नेताहरूले कांग्रेससँग अनौपचारिक कुराकानी गरेको स्रोतको भनाइ छ । खासगरी राजपााका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य शरतसिहं भण्डारीले नेपाली कांग्रेसका नेताहरूसँग अनौपचारिक कुराकानी गरेका छन् । 

 फोरम र राजपाले सिफारिस गरेका एक÷एक व्यक्तिलाई प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख बनाएका छन् । फोरमका सिफासिमा रत्नेश्वरलाल कायस्थलाई प्रदेश २ मा  र राजपाको सिफारिसमा उमाकान्त झालाई प्रदेश ५ मा देउवाले प्रदेश प्रमुख बनाएका छन् । कांग्रेससँगको यस्तो सहकार्य प्रदेश २ को सरकार निर्माण्मा पनि कायम रहने राजपाका नेताहरूको भनाइ छ ।

मुख्यमन्त्री को दाबेदार को ?
प्रदेश २ मा को नेता मुख्यमन्त्री होलान् भनी  विभिन्न तहमा अनुमान र अड्कल गर्न थालिएको छ । खासगरी संघीय फोरमका उपाध्यक्ष लालबाबु यादव, कोषाध्यक्ष विजय यादव र नेता शैलेन्द्र साहको नाम चर्चामा रहेको छ । अहिले यी नेता आफू मुख्यमन्त्री हुन विभिन्न किसिमबाट लविइङ गर्न थालेका छन् । खासगरी पार्टी अध्यक्ष उपेन्द्र यादवको समर्थन लिन ३ नेताकोम दौडधूप सुरू भएको छ । यसैगरी सभामुखका लागि पनि विभिन्न नाम चर्चामा आएको छ । सभामुखमा राजपाका महासचिव मनिष सुमन र जितेन्द्र सोनारको नाम चर्चामा छ । 

यसैगरी प्रदेश मन्त्रालयको लागि पनि फोरम र राजपाका नेताहरूले पनि आफ्नै किसिमबाट लविङ गर्न थालेका छन् । फोरम र राजपाका प्रदेशसभाका अधिकाशं सांसदहरू अहिले पार्टीका शीर्ष नेताहरूसँग नजिकिन होडबाजी गरेकाे अाजकाे नागिरक दैनिकमा समाचार छ ।
Powered by Blogger.