Friday, January 26, 2018

राजपा नेपालका ककसले प्रवेश गरे माओवादीमा ?


काठमाडौं, माघ १२। राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) को विद्यार्थी संगठनका महासचिव चन्द्र भुषण साहसहितका २०० जना विद्यार्थी नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नीजि सचिवालयले दावी गरेको छ ।

 शुक्रबार बिहान खुमलटारमा आयोजित कार्यक्रममा विद्यार्थी नेताहरु माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा महासचिव साहसहित तमलोपाका पूर्व विद्यार्थी उपाध्यक्ष अजित पप्पु यादव, राजपाका विद्यार्थी सचिव ज्ञानकुमार कुशवाहा, मधेशी विद्यार्थी समाजका कोषाध्यक्ष बसन्त ठाकुर, राजपाका विद्यार्थी नेताहरु आशिष देव, दीपेन्द्र साह, बरुण निसाद, खुसीलाल यादव, ज्ञानु यादव, सरोज यादव, सोनित ढुङ्गेल, अमन श्रेष्ठ, निरज कुशवाहा, गायिका सोलिना कुंवर, संगीतकार सन्तोष राज लगायत रहनु भएको छ ।
तर राजपा नेपालका विद्यार्थी अध्यक्ष मनिष मिश्रले माओवादी केन्द्रमा प्रवेश गर्नेहरु कोही पनि राजपा नेपालका विद्यार्थी नेता नरहेको दावी गर्नुयभो । उहाँले भन्नुभयो, चन्द्रभुषण बाहेक मैले अरु कसैलाई चिन्दा पनि चिन्दिन । चन्द्रभुषण शरतसिंह भण्डारीको तत्कालिन पार्टी राष्ट्रिय मधेश समाजवादी पार्टीका विद्यार्थी संगठनका केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।’
पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब देश आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै त्यसका लागि प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । प्रचण्डले भन्नुभयो, ‘हामीले राजनीतिक क्रान्ति धेरैपटक ग¥यौं, अब आर्थिक क्रान्ति र समृद्धिको यात्रामा अघि बढ्नुछ, त्यसका लागि तपाईहरु जस्ता प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुन्छ । हामी मधेशलाई सम्बोधन गर्ने कोशिसमा छौं । तर, अब सबै कुरा शान्तिपूर्ण रुपमा, संविधानको दायराबाट पुरा गर्न सकिन्छ । मधेशलाई विकास र समृद्धि चाहिएको छ, बामपन्थी सरकारले त्यसमा जोड दिनेछ ।’

पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता प्रभु साहले मधेशमा विद्यमान विभेदको सम्बोधन विकास र समृद्धिबाट सम्भव हुने बताउनु भयो ।

पार्टी प्रवेश गर्दै राजपा विद्यार्थी महासचिव चन्द्र भुषण साहले माओवादी पार्टी नै मधेशी जनताको अधिकारको पक्षमा लड्ने पार्टी भएकाले आफूहरु पार्टी प्रवेश गरेको र निरन्तर माओवादी आन्दोलनमा क्रियाशील हुने बताउनु भयो ।

फास्ट ट्रयाकसँगै काठमाडौंसम्म तेलको पाइपलाइन बिछ्याउन प्रस्ताव

नेपाली सेना र आयल निगमका अधिकारीवीच छलफल


सांकेतिक तस्वीर
१३ माघ, काठमाडौं । नेपाल आयल निगमले काठमाडौं-निजगढ फास्ट ट्रयाक (एक्सप्रेस-वे) सँगै पेट्रोलियम पाइपलाइन पनि काठमाडौंसम्म ल्याउन प्रस्ताव गरेको छ । निगमले त्यसका लागि आफैंले वित्तीय स्रोत जुटाउने भन्दै सघाउन नेपाली प्रस्ताव गरेको हो ।
निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले नेपाली सेनासँग यसबारे औपचारिक रुपमा पनि छलफल भएको जानकारी दिए ।
अहिले नेपाली सेनाले द्रुतमार्ग निर्माणको काम गरिरहेको छ । निर्माणको काम लाई अघि बढाउँदै लागि सेनाले विस्तृत द्रुतमार्गको परियोजना प्रतिवेदन -डीपीआर) तयार गर्न लागेको छ ।
भारतीय कम्पनीले तयार गरेको डीपीआरमा पेट्रोलियम पाइपलाइन पनि ल्याउन सक्ने गरी द्रुतमार्ग निर्माण गर्ने उल्लेख थियो । एडीबीले गरेको अध्ययनमा यो सम्भव देखिएको थियो ।
सरकारले अहिले पनि द्रुतमार्ग निर्माण गर्दा त्यो सँगै ग्याससहित पेट्रोलियम पाइपलाइन ल्याउन सक्ने संरचना तयार गर्न सेनालाई भनेको छ । सँगै खानेपानी, अप्टिकल फाइबर, ग्यास, विद्युत प्रसारणलाइन भूमिगत रुपमा ल्याउन सक्ने संरचना तयार गर्न सेनालाई भनिएको छ ।
आयल निगमले सडकसँगै यस्ता संरचना तयार गरेर मात्रै राख्दा पछि काम गर्न असजिलो हुने भन्दै एकैपटक पाइप बिछ्याउन प्रस्ताव गरेको हो ।
सेना भन्छ- डीपीआरले टुंग्याउँछ
तर, यसमा सेनाले औपचारिक निर्णय गरेको छैन । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले डीपीआर निर्माणकै क्रममा रहेकाले यसबारे के गर्ने भन्ने विषय नटुंगिएको बताए ।
‘द्रुतमार्गसँगै विभिन्न विकासे कामहरु पनि गर्ने भन्ने नीति छ । तर, त्यसमा के-के रहने भन्ने विषयको टुंगो डीपीआरबाटै लाग्छ,’ उनले भने,’आयल निगम, विद्युत प्राधिकरण लगायतका निकायसँग हामीले एक चरणमा छलफल गरेका छौं । डीपीआर बनेपछि त्यसैअनुसार निर्णय हुनेछन् ।’
आयल निगमले आपूर्ति मन्त्रालयसँग पनि द्रुतमार्गसँगै पाइपलाइ परियोजना अघि बढाउन पहल गर्न आग्रह गरेको छ ।
‘सेनालाई लाग्ने लागत लिएर पाइप राखिदिन भनेका हौं । त्यसबारे निर्णय आएको छैन,’ आयल निगमका कार्यकारी निर्देशक भट्टराईले भने,’द्रुतमार्गसँगै पाइपलाइन काठमाडौं जोडियो भने उपत्यकाको इन्धन आपूर्ति निकै सहज बन्छ ।’
एकैसाथ काम गर्न प्रस्ताव
एकै पटकमा हुन सक्ने काम भएकाले यसमा उचित पहलकदमी लिन निगमले सरकारलाई आग्रह पनि गरेको छ । पटक-पटक सडकमार्ग खोतल्ने र बिगार्ने गर्नुभन्दा एकैपटक परियोजनालाई पूर्णता दिन सकिए त्यसले लाभ पनि छिटै लिन सकिने भट्टराई बताउँछन् ।
द्रतमार्गको लम्बाई ७६ दशमलव २ किलोमिटर छ । यो मार्गमा सेनाले पाइपलाइन बिछ्याइदिए अमलेखगञ्जबाट पललैयाबट निजगढसम्मको २२ किलोमिटर सडकमा निगम आफैंले पाइपलाइन राख्ने बताएको छ ।
भारतले अहिले मोतिकारीबाट पथलैया हुँदै अमलेखगञ्जसम्म पाइपलाइन बिछ्याइदिन लागेको छ । निगमले पथलैयासम्म आउने पाइपलाइनलाई काठमाडौंसम्म ल्याउन द्रुतमार्ग नै प्रयोग गर्ने नीति लिएको छ ।
१० अर्बको अनुमान
द्रुतमार्गमा पाइपलाइन राखेपछि ललतिपुरमा निगमले तेल भण्डार राख्ने योजना बनाएको छ । ललितपुरसम्म पाइपलाइन ल्याउन सके काठमाडौंको इन्धन वितरण प्रणाली निकै सहज हुने अपेक्षामा निगम छ ।
निगमले यो परियोजनामा १० अर्ब रुपैयाँ लाग्ने अनुमान पनि गरेको छ । निगमको प्राविधिक टोलीले त्यसबारे अध्ययन पनि गरेको भट्टराई बताउँछन् ।
नेपाली पेट्रोलियम बजारमा ४७ वर्षदेखि एकछत्र राज गर्दै आएको आयल निगमले काठमाडौंसम्मको आपूर्ति प्रणालीलाई निकै चुनौतिपूर्ण मानेको छ । समय-समयमा ट्यांकर धनीले गर्ने आन्दोलनका कारण निगमको आपूर्ति व्यवस्थामा प्रभाव पर्ने गरेको छ ।
वषर्ाको समयमा सडकमार्गमा आउने समस्याले पनि तेल आपूर्तिमा प्रभाव पार्छ । त्यसैका कारण दुई दिन काठमाडौंमा तेल ट्यांकर भित्रिएन् भने बजारमा उपभोक्ताको लामो लाइन सुरु भइहाल्छ ।
देशभरको समग्र तेल बजारको करि आधा हिस्सा काठमाडौं -बागमती अञ्चल) ले नै ओगट्छ । थानकोट डिपोमा आधारित रहेको यो क्षेत्रको वितरण प्रणाली निकै संवेदशनशील पनि छ ।
त्यसैले निगमले चितवनसम्म पाइपलाइन ल्याउने र द्रुतमार्गबाट पनि ललितपुरसम्म पाइपलाइन ल्याउने योजनालाई प्राथमिकतामा राखेको भट्टराई बताउँछन् ।
तयार भए काठमाडौंलाई राहत
काठमाडौंमा तेलको माग वाषिर्क रुपमा उच्च दरमा बढ्दैछ । १० वर्षअघि सवारीको चाप अहिलेको भन्दा निकै न्यून थियो । त्यतिबेला आपूर्ति रोकिए पनि कम्तिमा २० दिनलाई तेल अभाव हुँदैन थियो ।
तर, सवारी साधनको चाप र तेलको माग उच्च हुँदै जाँदा पनि निगमले आफ्नो तेल भण्डारण क्षमतालाई बढाएन । पछिल्लो १० वर्षको बीचमा पेट्रोलियम पदार्थको माग तेब्बरले बढेको छ । वाषिर्क रुपमा निगमले पेट्रोलियम आयात १५ प्रतिशतले बढाउँदै लगेको तथ्यले पनि यसलाई पुष्टि गर्छ ।
सबै डिपोहरुमा तेल पूर्ण भण्डारण गरेकै स्थितिमा पनि अभाव भइहाले मागअनुसार बिक्री गर्दा स्टकले एकसातालाई मात्र माग थेग्ने अवस्था छ ।
देशभरमा सबैभन्दा बढी तेलको माग काठमाडौं उपत्यका र आसपासका क्षेत्रमै हुन्छ । काठमाडौंको थानकोट डिपोमा पेट्रोल र डिजेल भण्डारको क्षमता १ करोड ३६ लाख लिटर छ ।
यो बजारमा समान्यमा दैनिक माग ११ लाख लिटर तेलको माग छ । यसले काठमाडौंको भण्डारण हुने तेलले एक हप्तामात्रै थेग्नसक्छ ।
त्यसैले पाइपलाइनमार्फत तेल ल्याएर नयाँ भण्डारण डिपो बनाउने योजनामा निगमको छ ।

नारायणगढ–मुग्लिन सडकः अाजबाट दिनमा ६ घन्टा बन्द, कुन समय यात्रा गर्ने ?


१३ माघ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा रातमा सवारी रोकेर गरिएको काम प्रभावकारी हुन नसकेपछि आजदेखि अपराह्न सवारी–साधन रोकेर काम गरिने भएको छ ।

रातिभन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने जनाउँदै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् ।


बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म एक महिना सवारी साधन रोकेर काम गरिने प्रजिअ नारायणप्रसाद भट्टले बताए ।

यसअघि सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म गाडी रोकेर काम गरिँदै आएको थियो ।

गत वर्ष बिहान १० बजेदेखि ४ बजेसम्म गाडी रोकेर काम गरिएको थियो । त्यतिबेलाको काम प्रभावकारी भएकाले स्थानीय प्रशासनसँग दिउँसो नै सडक रोकेर काम गर्न माग गरिँदै आएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अपराह्न सवारी साधन रोक्ने ठाउँ तय गरेको छ । कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने ट्रकलाई भतेरी र रामनगरमा तथा बस र साना सवारी साधनलाई जुगेडी र दासढुंगामा रोकिने छ । काठमाडौँबाट नारायणगढतर्फ आउने बस र साना सवारीलाई मुग्लिनमा र ट्रकलाई लेबाटारमा रोकिने छ ।

पोखरातर्फबाट आउने बस र साना सवारी साधनलाई बेनीटार र ट्रकलाई आँबुखैरनीमा रोकिने उनले बताए । हालसम्म उक्त सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न भई १४ दशमलव सात किमी सडक कालोपत्र भएको आयोजनाका इ शिव खनालले जानकारी दिए ।

प्रदेश सभाको पहिलो अधिवेशनको तयारी सुरु


जनकपुरधाम । प्रदेश नम्बर २ को प्रदेश सभाको प्रथम अधिवेशनको तयारी थालिएको छ ।

शहरी विकास तथा भवन डिभिजन कार्यालय जनकपुरले प्रदेश सभाको अधिवेशनको लागि विहिवारदेखि तयारी थालेको हो । विहिवार विहानैदेखि प्रदेश सभाको लागि जनकपुरको शैक्षिक तालिम केन्द्रको सभा हलको मर्मत सम्भारको कार्य सुरु भएको शहरी विकास तथा भवन डिभिन कार्यालय जनकपुरका प्रमुख गंगा प्रसाद यादवले जानकारी दिए ।
प्रदेश सभाको व्यवस्थापिक र कार्यापालिकाको लागि छनौट गएिको भवनहरुको मर्मत सम्भार, फनिजर,लाईट तथा रंङरोडको लागि डिभिजन कार्यालयले ५५ करोड रुपैयाँ माग गरिएको थियो । तर सरकारले पहिलो चरणमा ७ करोड ५० लाख रुपैयाँ मात्र पठाएको छ । सरकारले पैसा पठाएपछि कामलाई अगाडी बढाईएको उनले बताए ।
माघ २१ ग्ते नै प्रदेश सभाको पहिलो वैठक तोकिएकोले तत्कालका लागि प्रदेश सभाको तयारीमा जुटेको उनले बताए । प्रदेश सभाको लागि टेबुल,र्याक,काण्टर लगायतका सामग्रीको निर्माण कार्य सुरु भएको उल्लेख गर्दै उनले भने,‘ कुर्सी टेण्डर प्रक्रिया मार्फत रेडिमेट खरिद गर्छौ र बाँकी रहेका लाईट, साउण्डको पनि व्यवस्था गरिरहेका छौ ।’ माघ १९ गते सम्म प्रदेश सभाको प्रथम अधिवेशनको सम्पुर्ण तयारी पुरा हुने उनले बताए ।  
त्यसैगरि, कार्यापालिकाको लागि जनकपुर चुरोट कारखानामा भईरहेको उनले बताए । कार्यापालिका तर्फ पनि प्रदेश प्रमुख, प्रदेश प्रमुख सचिवालय, मुख्यमन्त्री र मन्त्रीको अवास र कार्यकक्षको समेत तयारी भईरहेको छ । त्यसैगरि, मन्त्रिपरिषद,मुख्य सचिव, सचिव र कर्मचारीहरुको अवास जनकपुर चुरोट कारखानामै रहने उनले बताए ।
त्यस्तै, व्यवस्थापिका तर्फ सभामुख, उपसभामुख, संसदिय समिति तथा कर्मचारीहरुको अवास र कार्यकक्ष शैक्षिक तालिम केन्द्र र जिल्ला शिक्षा कार्यालय धनुषाको भवन रहने उनले बताए । प्रदेश सभा तयारीका लागि प्रदेश सचिव लबिनिय ढकाल दुई दिन अघि नै जनकपुर आईसको र मुख्य सचिव यादव कोईराला विहिवार मात्रै आएको प्रमुख यादवले बताए ।
श्ैक्षिक तालिम केन्द्र र जिल्ला शिक्षा कार्यालय खाली नै नभएको अवस्थामा कसरी मर्मत सम्भारको कार्य भईरहेको भन्ने प्रश्नमा गंगा यादवले भने,‘ अहिले हामी प्रदेश सभाको पहिलो वैठकलाई लक्ष्ति गरि कामलाई अगाडी बढाएका छौ । शैक्षिक तालिम केन्द्र खाली नै छ । त्यसकारण अहिले प्रदेश सभाको तयारी गरिरहेका छौ । बाँकी काम कार्यालय सारेपछि सुरु गर्छौ ।’ सरकारले ति कार्यालयहरुलाई माघ ५ गते नै खाली गर्न पत्र पठाएको उनले बताए ।
प्रदेश सभाको तयारी भईरहेपनि शैक्षिक तालिम केन्द्रले अहिले सम्म सारिएको छैन । शैक्षिक तालिम केन्द्रले कार्यालय सार्न र नयाँ कार्यालय व्यवस्थापनका लागि २९ लाख अनुमानित खर्च शहरी विकास तथा भवन डिभिजन कार्यालयसँग पत्र काटेर माग गरेको छ ।
यता, प्रमुख यादवले सरकारले डिभिजनको नाममा अख्तियारी पाएकोले शैक्षिक तालिम केन्द्रलाई पैसा दिन नसक्ने बताए । उनले भने,‘ कार्यालय सार्न र व्यवस्थापनका काम डिभिजन कार्यालय आफ्ैले गर्छ ।’ शैक्षिक तालिक केन्द्रलाई तत्कालका लागि शैक्षिक तालिम केन्द्रको जनकपुरस्थित सरस्वती माविको छेउमा रहेको सेडु कार्यालयमा सारिने उनले बताए । शैक्षिक तालिम केन्द्रलाई समानहरुलाई पोक बनाउन राख्न भनेका छौ, उनले भने,‘एक दुई दिनमै कार्यालय सारिने छ ।’

मधेशको मुद्दा समाधान गरेर आर्थिक विकासमा जुट्नुपर्छःनेता महता

Image result for rajendra mahato latest news
काठमाण्डु । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् सांसद राजेन्द्र महतोले मधेशको मुद्दा सम्बोधन गरेर छिमेकी राष्ट्र भारत जस्तै आर्थिक विकासको मार्गमा लाग्नुपर्ने तर्क गरेका छन् । काठमाण्डुमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै नेता महतोले नेपाल– भारत द्धिपक्षीय सम्बन्धमा धेरै समानताहरु रहेको छ उनले भने,‘ शासन प्रणालीमा हामी वीच समानता छ । तर विकासमा समानता छैन, भारत विकासमा उच्च गतिमा अघि बढेको छ, उनले भने । नेपालमा देखिएको सबै खाले समस्याहरुलाई हल गर्नुपर्छ उनले भने–‘ अधिकारको सवाल छ, संविधानका सवालहरु समाधान गर्नुपर्छ । नेपाल–भारतको द्धिपक्षीय सम्बन्ध अति नै प्रगाढ भएको उल्लेख गर्दै सांसद महतोले भने,‘नेपाल–भारतवीच जति राम्रो सम्बन्ध हुन्छ, उति नै राम्रो विकास हुन्छ ।’ नेपाल–भारत सम्बन्ध विशिष्ट भएकोले आगामी दिनमा भारतले नेपाललाई विशिष्ट सहयोग गर्नुपर्नेमा उनले जोड\ दिए ।नेपाल र भारतवीच अति नै विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै महतोले भने,‘दुई देशबीच सम्बन्ध बन्नुभन्दा अघि नै जनता जनतावीच सम्बन्ध थियो । त्यसैले हामीवीच प्राकृतिक सम्बन्ध छ, नेपाल–भारत सम्बन्ध सिंहदरबार र दिल्ली दरबारबाट बनाईएको होईन, हामीवीच जति राम्रो सम्बन्ध भयो, त्यति नै नेपालको प्रगति हुन्छ, विकासमा टेवा पुग्छ ।’ भारत जस्तो नेपालको अरु राष्ट्रहरुसँग सम्बन्ध नभएको बताउँदै उनले भने,‘भारत र नेपालवीच विशिष्ट सम्बन्ध छ, विकासको मामिलामा पनि विशिष्ट हुनुपर्यो ।’ नेपालमा विकासको कुरा गर्दा खोक्ला राष्ट्रवाद बाधक बन्ने गरेको उनको गुनासो थियो । उनले थपे,‘यसले त सम्बन्ध बिगार्छ नि, असली राष्ट्रवाद बरु राम्रो छ, त्यतातर्फ हामीले वातावरण बनाउनुपर्छ ।’ नेपालमा प्राकृतिक प्रचुरताहरु धेरै भएकोले यसको सदुपयोग गर्नेतिर लाग्नुपर्नेमा उनको जोड थियो । भारत र चीनबाट एक प्रतिशत मात्रै पर्यटक नेपाल आउने हो भने पर्यटनमा धेरै विकास हुन्छ, तर यहाँ माहोल बनाउनुपर्छ, सबैलाई स्वागत गर्ने वातावरण बनाउनुपर्छ ।’ नेपालमा विकासका धेरै संभावनाहरु रहेको उल्लेख गर्दै उनले भने जलस्रोतको धनी देश भनिन्छ, तर खोई त जनताको हितमा प्रयोग भएको ?’ उनले भने,‘भारतसँगको सम्बन्ध अब आर्थिक रुपमा अघि बढाउनुपर्छ, आर्थिक विकासका आधारमा सम्बन्धलाई अघि बढाउनुपर्छ, अधिकतम सहयोग आदान प्रदान हुनुपर्छ ।’
Powered by Blogger.