Thursday, January 25, 2018

दशगजामा प्रदर्शन




पर्सा, माघ  । वीरगन्जको छपकैयामा नेपाली भूमि मिचिएको जनाउँदै नेपाल विद्यार्थी संघले आज दशगजा क्षेत्रमा प्रदर्शन गरेको छ ।

काठमाडाँैबाट वीरगन्ज आइपुगेको नेविसंघका केन्द्रीय सभापति नैनसिंह महर नेतृत्वको टोलीले छपकैयाको भकुवास्थित दशगजा क्षेत्रमा नेपालको राष्ट्रिय झण्डासहित सीमा रक्षाको नारा लगाउँदै प्रदर्शन गरेको हो ।

विवादित सीमा क्षेत्रको स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेविसंघका केन्द्रीय सभापति नैनसिंह महरले आज विवादित सीमा क्षेत्रको स्थलगत अवलोकन गर्दा नयाँ स्तम्भ राख्ने क्रममा भारतीय पक्षले नेपाल भूमि मिचेको देखिएको बताउनुभयो । उहाँँले मिचिएको नेपाली भूमि तत्काल फिर्ता गराउनका लागि भूमिका खेल्न नेपाल सरकारसँग माग गर्नुभयो ।

“नेपाल र भारतको सीमा क्षेत्रमा अहिले भइरहेको नयाँ पिलर गाड्ने काम अवैज्ञानिक छ, दुवै देशका सम्बन्धित निकायले एक अर्काको भूमि नमिचिने गरी वैज्ञानिक ढंगले पिलर राख्नुपर्छ”, उहाँले भन्नुभयो । आफूहरु काठमाडाँै पुगेपछि प्रधानमन्त्री र नापी विभागका उच्च अधिकृतलाई भेटेर वीरगन्जमा नेपाली भूमि मिचिएको बारे जानकारी गराइने उहाँले बताउनुभयो ।

यसअघि अनेरास्ववियु, अनेरास्ववियु९क्रान्तिकारी० र वाइसिएलको केन्द्रीय टोलीले पनि विवादित सीमा क्षेत्रको स्थलगत अवलोकन गरी सीमा क्षेत्रमा राष्ट्रिय झण्डा गाड्नाका साथै प्रदर्शन पनि गरेका थिए ।

राजेन्द्र महतोको टिप्पणी सुनेपछि मुसुक्क हाँसे भारतीय राजदूत पुरी

राजेन्द्र महतोको टिप्पणी सुनेपछि मुसुक्क हाँसे भारतीय राजदूत पुरी
काठमाडौं– राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नेपाल–भारत सम्बन्ध विशिष्ट भएकोले आगामी दिनमा भारतले नेपाललाई विशिष्ट सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । आज राजधानीमा रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘हामीबीच द्धिपक्षीय सम्बन्ध जसरी बिशिष्ट छ, त्यसैगरि भारतले आगामी दिनमा सहयोग पनि विशिष्ट गर्नुपर्छ ।’ कार्यक्रममा सँगै रहेका राजदुत पुरीतर्फ हेर्दै उनले यस्तो बताएपछि राजदुत मुसुक्क हाँसेका थिए ।
नेपाल र भारतबीच अति नै विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै महतोले भने,‘दुई देशवीच सम्बन्ध बन्नुभन्दा अघिनै जनता जनताबीच सम्बन्ध थियो, त्यसैले हामीबीच प्राकृतिक सम्बन्ध छ, नेपाल–भारत सम्बन्ध सिंहदरबार र दिल्ली दरबारबाट बनाइएको होइन, त्यसैले हामीबीच जति राम्रो सम्बन्ध भयो, त्यति नै नेपालको प्रगति हुन्छ, विकासमा टेवा मिल्छ ।’
द्धिपक्षीय सम्बन्धमा धेरै समानताहरु रहेको बताउँदै उनले भने,‘शासन प्रणालीमा हामीबीच समानता छन्, तर विकासमा समानता छैन, भारत विकासमा उच्च गतिमा अघि बढेको छ, त्यसैले नेपालमा देखिएका सबैखाले समस्याहरुलाई हल गर्नुपर्छ, अधिकारको सवाल जो छ, संविधानका सवालहरु सल्टाउनुपर्छ ।’ द्धिपक्षीय सम्बन्ध अति नै प्रगाढ भएको उल्लेख गर्दै महतोले भने,‘नेपाल–भारतबीच जति राम्रो सम्बन्ध हुन्छ, उतिनै राम्रो विकास हुन्छ ।’
भारतसँगजस्तो नेपालको अरु राष्ट्रहरुसँग सम्बन्ध नभएको बताउँदै उनले भने,‘भारत र नेपालबीच विशिष्ट सम्बन्ध छ, विकासमा मामिलामा पनि विशष्ट हुनुपर्यो ।’ नेपालमा विकासको कुरा गर्दा खोक्ला राष्ट्रवाद बाधक बन्ने गरेको उनको गुनासो थियो । उनले थपे,‘यसले त सम्बन्ध बिगार्छ नि, असली राष्ट्रवाद बरु राम्रो छ, त्यतातर्फ हामीले माहोल र वातावरण बनाउनुपर्छ ।’
कार्यक्रममा एमाले नेता प्रदिप ज्ञवाली, कांग्रेस नेता प्रकाशशरण महत, परराष्ट्रविद लोकराज बराल लगायतले बोलेका थिए ।

ओलीलाई मोदीको फोन विशिष्ट सम्बन्धको संकेत हो : भारतीय राजदूत

माघ, काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले अब बन्ने नयाँ सरकारलाई जस्तोसुकै सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको फोन विशिष्ट सम्बन्धको संकेत भएको बताए ।
रिपोर्टर्स क्लब नेपालमा बिहीबार आयोजित साक्षात्कारमा भारतीय राजदूत पुरीले भने, ‘भारत नेपालमा अब बन्ने नयाँ सरकारसँग सुमधुर र प्रगाढ सम्बन्ध राखेर जान चाहन्छ । यसको संकेत हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद गरेर देखाइसक्नुभएको छ । निर्वाचनपछि मोदीले तीनै दलका शीर्ष नेताहरुसँग टेलिफोन वार्ता गरेको स्मरण गर्दै उनले भने, ‘यो बीचमा उहाँले दोहोर्‍याएर एमाले अध्यक्ष ओलीसँग टेलिफोनमा सम्वाद गर्नुभयो । यो पनि विशिष्ट सम्बन्धको संकेत हो ।’
राजदूत पुरीले भारत नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताए । आगामी दिनमा द्धिपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनको लागि दुवै तर्फबाट सहकायलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिएका छन् ।
साथै नेपाल र भारतले एक-अर्काबीच विन-विनको आधारमा आर्थिक सहकार्यलाई अगाडि लैजानुपर्ने उनले बताएका छन् ।
वीरगञ्जमा देखिएको सीमा विवादबारे सोधिएको प्रश्नमा राजदूत पुरीले भने,’नेपाल र भारतबीच १९९८ मा सीमा सम्झौता भएको थियो र दुवै देशवीचका सबै सीमा नाकाहरुमा सीमांकन र स्टि्रप म्याप सबै बोर्डहरुमा त्यही अनुसार लागू हुन्छ भनिएको हो । संयुक्त सर्वेका अनुसार पिलरहरु निर्धारण गरिएको छ ।’ यसबारे दुवै सरकारबीच छलफल हुने बताए ।
कार्यक्रममा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नेपाल-भारत सम्बन्ध विशिष्ट रहेको बताए । उनले भने, ‘हामीबीच द्धिपक्षीय सम्बन्ध जसरी विशिष्ट छ, त्यसैगरी भारतले सहयोग पनि विशिष्ट गर्नुपर्छ ।’
उनले नेपालमा विकासको कुरा गर्दा खोक्रो राष्ट्रवाद बाधक बन्ने गरेको बताए । उनले थपे, ‘यसले त सम्बन्ध बिगार्छ नि, असली राष्ट्रवाद बरु राम्रो छ, त्यतातर्फ हामीले माहोल र वातावरण बनाउनुपर्छ ।’
कांग्रेस नेता डा. प्रकाशशरण महतले नेपाल र भारतले एक अर्काबीचका संवेदनशीलतालाई बुझनुपर्नेमा जोड दिए । पूर्व परराष्ट्रमन्त्री महतले भने, ‘हामीले एक अर्काको संवेदनशीलतालाई बुझ्न सक्नुपर्छ र त्यही अनुसार चल्नुपर्छ ।’
एमाले सचिव प्रदीप ज्ञवालीले आउने सरकारले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्ने बताए ।
अब द्धिपक्षीय सम्बन्धका आयामहरु आर्थिक साझेदारी हुने उनले बताए । भारत र चीन दुवै देशसँग असल सम्बन्ध राख्ने भन्दै उनले भने, ‘हामी हाम्रो भूमि कसैका विरुद्धमा प्रयोग हुन दिँदैनौं, कतैतिर नढल्किने नै हो ।’
भारतका लागि पूर्व नेपाली राजदूत एवम् परराष्ट्रविद प्रा. लोकराज बरालले नेपाल र भारतवीच सम्बन्ध पूरानो माईण्डसेट अनुसार चल्न नहुने धारणा राखे । उनले भने ,’अहिले सिमाना मिचियो भनेर नाराबाजी गर्ने काम भएको छ, यस्तो गर्नु हुँदैन । यदि समस्या छ भनेपनि कूटनीतिक रुपमा हल गर्नुपर्छ ।’
Powered by Blogger.