Tuesday, January 23, 2018
उपेन्द्र यादवले पार्टीमा यसरी गराउनुहुन्छ अनुशासनको अभ्यास
उपेन्द्र यादव सन्कि हुनुहुन्छ, मुडी हुनुहुन्छ, कार्यकर्ताको कुरा सुन्नु हुन्न, निरकुँश शैलीले पार्टी चलाउनु हुन्छ जस्ता आरोप उहाँमाथि लाग्ने गरेको छ । र, यस्तो आरोप उहाँलाई ती व्यक्ति लगाउने गर्नुभएको छ जो पार्टी छाडेर हिड्नु भएको छ । उहाँलाई कसैले जातीवादको आरोप लगाउनु भएको छ भने कसैले भारत विरोधीको आरोप लगाउनु भएको छ ।
उहाँहरुले जे जस्तो आरोप लगाएपनि हालसम्म त्यसको पुष्टि कसैले गरेको छैन । तर एउटा कुराको पुष्टि भएको छ त्यो हो असल संगठनकर्ता । उहाँले जुन शैली र प्रकृयाले पार्टी चलाए पनि अरु पार्टीको तुलनामा अनुशासित पार्टी रहेको कुरा विभिन्न घटनाक्रमले पुष्टि गरेको छ । पछिल्लो उदाहरणको रुपमा समानुपातिक सूचीलाई लिन सकिन्छ । संघीय समाजवादी फोरम नेपालले निर्वाचन आयोगमा बुझाएको सूची मिलेन भनेर आयोगले त्यसलाई सच्याउन पार्टीलाई पत्र पठायो ।
समानुपातिकमा पठाएको नाममध्ये पाँच जनाको नाम हटाएर अन्य पाँचजनाको नाम राखेर पठाउनु पथ्र्यो । एक चोटी नाम गइसकेको व्यक्तिले चारैतिरबाट बधाई र शुभकामना खाई सकेको माला लगाई सकेको अवस्था ती व्यक्तिको नाम हटाउन त्यति सजिलो थिएन तर उपेन्द्र यादव आफै काठमाडौमा नभएपनि सजिलो तरिकाले नाम संशोधन गरेर पार्टीले नाम संशोधन गरेको पठायो । पार्टीभित्र अनुशासनको एउटा यो नमुना हो । राजपा नेपाल यो समाचार तयार पार्दासम्म समानुपातिक विवाद मिलाउन सकेको छैन ।
राजपा नेपाल मात्र होइन, काँग्रेस र माओवादीमा यसका लागि झडप नै भयो । हानाहान कुटाकुट नै भयो । तर फोरम नेपालले यति सजिलो तरिकाले नाम पठायो कि धेरैलाई थाह पनि भएन । यसरी उपेन्द्र यादवले पार्टीको हरेक निर्णय व्यवस्थित र अनुशासित बनाउनु भएको छ । र, यसरी सफल हुनुको कारण नै पार्टीभित्र सामूहिक निर्णय गर्नु हो । जे कुरामा विवाद हुँदा उपेन्द्र यादव आफै सक्रिय भएर त्यसलाई सल्टाउनु हुन्छ । कसैलाई कुनै कुरामा चित्त बुझेको छैन भने नेतालाई आफै बोलाएर कुरा गर्नुहुन्छ । समानुपातिक सूची संशोधन हुँदा नाम परेका व्यक्ति चित्त नदुखाएको होइन, तर उहाँले ती व्यक्तिलाई बोलाएर सम्झाउनु भयो । उपेन्द्र यादवले
बुझाएपछि चित्त बुझाएर जानु भयो ।
विवादको घेरामा
पहिलो सविधानसभा चुनावमा र त्यसपछिका दिनहरुमा उहाँको पार्टी जति विवादीत रहे । दोस्रो सविधानसभा चुनावपछि त्यतिकै अनुशासित र शान्त भयो । २०६४ सालको चुनावपछि उहाँको पार्टी विवादै विवादको घेरामा थियो । टिकट वितरणदेखि लिएर सरकारमा जानेसम्म कुरामा उहाँको पार्टीमा जहिले पनि किचकिच भइरह्यो । रातो पासपोर्ट कण्डदेखि लिएर भ्रष्टाचारी मुद्दाहरु पनि उहाँको पार्टीमा चर्चाको विषय रह्यो । त्यतिबेला नै भाग्नाथ गुप्ता, रामकुमार शार्मा, जितेन्द्र सोनलहरु पार्टी विभाजन गर्नुभयो । त्यसपछि अमर यादव पनि पार्टी विभाजित गर्नुभयो । यिनीहरु पार्टी विभाजित गरेर अलग भएपनि उपेन्द्र यादवलाई खासै असर गरेको थिएन । जब विजयकुमार गच्छारले पार्टी विभाजन गर्नुभयो उपेन्द्र यादवलाई ठूलो क्षति भयो ।
त्यसपछि जयप्रकाश गुप्ताले पनि पार्टी विभाजन गर्नुभयो । त्यसले पनि उपेन्द्र यादवलाई मर्माहत बनायो । अर्थात त्यतिबेला फोरम नेपाल विवादबाट कहिल्यै मुक्त रहेन । त्यसपछि दोस्रो सविधानसभाको चुनावपछि उपेन्द्र यादवले सम्पूर्ण ध्यान संगठन निर्माणमा लगाउनुभयो । तराई मधेशमा उहाँले संगठन बनाउनु भयो, त्यसबाहेक उहाँ हिमाल, पहाडतिर पनि ध्यान दिनुभयो ।
त्यसैबेला उहाँले एमालेबाट अलग भएर जनजातिहरुलाई समेटेर संघीय समाजवादी पार्टी बनाउनु भएको अशोक राइसँग एकीकरण गर्नुभयो । त्यति नै बेला एउटा खस पार्टीसँग पनि एकीकरण उहाँले गर्नुभयो । उपेन्द्र यादवसँग पहिलादेखि १० जना सांसद थिए । आशोक राइसँग एकीकरण गरेपछि १५ सांसद भयो । त्यसपछि राष्ट्रिय राजनीतिमा उहाँको मनोबल बढ्दै गयो । दोस्रो सविधानसभा चुनावमा महन्थ ठाकुर नेतृत्वको तत्कालिन तमलोपा र विजयकुमार गचछदारको फोरम लोकतान्त्रिकभन्दा सानो पार्टी भएपछि उपेन्द्र यादवको मनमा हिनतावोध भइरहयो ।
अशोक राईसँग एकीकरण गरेपछि मधेशमा सबभन्दा ठूलो पार्टी भयो । पहिलो सविधानसभा चुनावपछि उहाँले पार्टीमा झेलेका समस्याका कारण पार्टीमा अनुशासनलाई कडा बनाउनुभयो । पार्टीका कोषाध्यक्ष विजय यादव भन्नुहुन्छ, शुरुमा नयाँ पार्टी भएका कारणले पद्धती र अनुशासन कायम गर्दैमा समय बित्यो र त्यतिबेला राजनीतिकका केही पुराना खेलाडी नेताहरुले पार्टीलाई ‘मिसयुज’ गर्नुभयो तर अब त्यो अवस्था छैन ।’ गच्छदार, जेपी गुप्ता, शरत सिंह भण्डारी जस्ता नेतालाई पार्टीमा भित्र्याएर गल्ती गरेको कुरा बेला बेलामा उपेन्द्र यादवले पनि स्वीकार गर्नुहुन्छ । त्यतिबेला आन्दोलनकारी शक्तिलाई पाखा लगाएर गच्छदार, गुप्ता, भण्डारी जस्तालाई अवसर दिएको भनि उपेन्द्र यादवको निकै आलोचना भएको थियो ।
दोस्रो सविधानसभा चुनावपछि फोरम नेपाल विवाद मुक्त पार्टीको रुपमा देखियो । कहिल्यै कुनै प्रकारको विवाद पार्टीमा देखिएन । आन्दोलनमा जानुदेखि लिएर पार्टीमा जिम्मेवारी दिने विषयमा कहिल्यै कसैले बाहिर असन्तुष्टि पोखेको खबर हामीले प्राप्त गर्न सकेनौ । पार्टीभित्रै असन्तुष्टि पोख्नेलाई त्यही मिलाउने काम गर्यो । जो बाहिर बोल्नुभयो त्यसलाई अनुशासनको चार्ज लगाएर पार्टीले कारवाही गर्यो । पार्टीबाट सदाका लागि निकाल्यो ।
पार्टीमा अनुशासन कायम गर्नुको सुत्र के हो त उपेन्द्र यादवसँग लामो समयसम्म काम गर्नुभएका फोरम नेपाका महासचिव रामसहाय यादवसँग जिज्ञासा राख्दा उहाँले सबभन्दा ठूलो कुरा लाकतान्त्रिक पद्धती नै रहेको प्रतिकृया दिनुभयो । उहाँले भने, पछिल्लो समय उपेन्द्रजीले पार्टीमा अनुशासनलाई निकै काडा गर्नुभएको छ । कुनै कुराको विवाद वा असन्तुष्टि आयो भने उहाँ आफै त्यसमा एक्सन लिने, त्यो व्यक्तिसँग कुरा गर्ने र त्यसलाई सल्ट्याउने प्रयास गर्ने, एक्लै भएन भने समूहिक निर्णय लिने गर्नुहुन्छ ।’
कसैले कुनै बदमासी गर्यो भने पार्टीको विधान अनुसार त्यसलाई तुरुन्तै कारवाही गर्ने काम उहाँले गरेको पार्टीका नेताहरु नै सुनाउँछन् ।
उपेन्द्र यादवका प्रेस सहयोगी महेश चौरसिया भन्नुहुन्छ, उपेन्द्र यादवको एउटा बानी छ, कसैलाई टाउकोमा चढाउनु हुन्न, धेरै स्पेश दिएर के के नै गरे जस्तो उहाँ गर्नु हुन्न, पार्टीका नेता होस् वा कार्यकर्ता वा बाहिरका व्यक्ति किन नहोस् कामका कुरा बाहेक उहाँ अरु कुरा केही गर्नु हुन्न । लाग्छ पार्टी जीवनभन्दा उहाँको आफ्नै व्यक्तिगत जीवन नै छैन ।’
उहाँका अगाडी नेता तथा कार्यकर्ताहरु जान डराउँछन्, हतपत नजरमा नपरुन भनि चाहेका हुन्छन् । सायद त्यसैलाई उपेन्द्र यादवको निरुकुँश शैली वा सन्कि शैली भनेको होला तर त्यस्तो होइन । नेता तथा कार्यकर्ताहरुसँग कुरा भयो कि उनीसँग संगठनको कुरा गरि हाल्ने । केही भएन भने अध्ययन गर्नुस्, फलानो पुस्तक पढ्नुस् भनि हाल्ने भएर कार्यकर्ताहरु हतपत उहाँलाई भेट्न नपरोस् भनि चाहेका हुन्छन् ।
उपेन्द्र यादवसँग लामो समय काम गरेका जयराम यादव जो मोरगंबाट सोही पार्टीबाट प्रदेशसभामा जित्नुभएको छ । उहाँले भन्नुभयो, उपेन्द्र यादव कुशल संगठनकर्ता हो भने कुरा उहाँले पुष्टि गरिसक्नु भएको छ, उहाँको दिमागमा संगठनबाहेक अरु केही चलेको हुँदैन, झण्डै १० वर्षभन्दा बढी भइसक्यो राजनीतिक बाहेक अरु कुरा गरेको मैले सुनेको छैन, जतिखेर पनि पार्टी र संगठनको चिन्ता लिएर बस्नु हुन्छ, बाहिर जिल्लाका कोही नेता कार्यकर्तालाई पार्टी कार्यालयमा देख्नुभयो भने यहाँ के गर्नुभएको जिल्लामा बस्नु पर्दैन भनि हाल्नु हुन्छ ।’
अहिले पार्टीमा केही विवाद नदेखिनु उपेन्द्र यादवको कुशल नेतृत्व रहेको जयराम यादवको दावी छ । उहाँले भन्नुभयो, मानव हो केही नकेही त्रुटीहरु भइरहन्छन्, सबैको स्वभाव सबैसँग मिल्न सक्दैन, त्यो छुट्टै तर संगठनको अनुसशासन र पद्धतिको मामलामा निकै कडा उहाँ हुनुहुन्छ र त्यसैले आजसम्म उहाँ सफल हुनुभएको छ । मधेश राजनीतिमा उहाँ भन्दा पहिलादेखि आएका नेताहरुको राजनीतिकमा धेरै उतार चढाव आयो तर उपेन्द्र यादवको राजनीतिक जीवन एकनाशले चलिरहेको छ ।’
गुनासो गर्नेहरु ने भन्छन्, उपेन्द्र यादवसँग काम गर्न गाह्रो छ, उहाँ राती पनि सुुत्नु हुन्न । भूत जस्तो काम गर्नुहुन्छ । उहाँ प्राय गाडीमै सुत्नु हुन्छ ।’
पार्टीमा फजुल खर्च पुरै बन्द गर्नुभएको छ उहाँले । अरु पार्टीमा कार्यकर्ताहरुले पार्टी अध्यक्षसँग जेमा पनि खर्च माग्ने, घर जाँदा टिकट माग्ने देखि लिएर सय रुपियाँ रिचार्ज कार्ड पनि माग्ने गरेको चर्चा सुन्न पाइन्छ तर उपेन्द्र यादवको पार्टीमा त्यस्तो पाइदैन । उहाँले चन्दा, सहयोग पनि त्यति गर्न रुचाउनु हुन्न । अरु नेताको तुलनामा उहाँले यसप्रकारको गतिविधिमा कम संलग्न हुनुहुन्छ । उहाँ सिस्टम र पद्धतिमा विश्वास गर्नुहुन्छ । आन्दोलनमा घाइते तथा सहिद परिवारलाई उहाँले सहयोग गर्नुभएको छ तर पार्टीमा निर्णय गराएर । पार्टीको पद्धति अनुसार सहयोग गर्नुभएको छ ।
उहाँलाई राष्ट्रियवादी नेताको रुपमा पनि हेर्ने गरेको छ । उहाँलाई चीनको नजिक हो भनि बेलाबेलामा आरोप लगाउने गर्छ । भारत विरोधी हो पनि भन्ने गरेको छ । तर जयराम यादव भन्नुहुन्छ, हाम्रो अध्यक्ष न चीनको नजिक हुनुहुन्छ न भारतको विरोधी हुनुहुन्छ । दुवैसँग समान दुरी बनाउनु भएको छ ।’ अरु मधेशी नेता जस्तो उपेन्द्र यादव भारतप्रति नतमस्तक हुनुभएको छैन । बोलाउने वित्तिकै दूतावास गइहाल्ने प्रवृति उहाँमा देखिएको छैन । भारतका पदाधिकारीलाई उपेन्द्र यादवले भेट्नु हुन्न कुरा गर्नुहुन्न भने होइन । तर अरु दलको जस्तो हल्ला गर्नुहुन्न । त्यही भएर भारतले पनि अरु नेता तथा दलभन्दा उपेन्द्र यादवमाथि विश्वास गर्छन् ।
एमालेसँग राजपा र फोरमको वार्ता हुँदै
काठमाडौ माघ ९ गते । राष्ट्रिय सभा चुनावमा तालमेल गर्ने विषयमा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले अहिले एमालेसँग छलफल गरिरहेका छन् ।
वार्ता एमालेको संसदीय दलको कार्यालयमा भइरहेको छ, राजपा नेपालका एक नेताले जानकारी गराउनुभयो ।
वाम गठबन्धन र राजपा तथा फोरम नेपाल बीच तालमेल भयो भने दुई नम्बर प्रदेशमा आठ सीट आउन सक्छ ।
तर त्यसमा राजपा र फोरम नेपालले छ सीटको दावी गरेको छ । त्यही विषयमा वाम गठबन्धनसँग तालमले गर्ने उद्देश्यले राजपा नेपाल र फोरम नेपालले वार्ता गर्न लागेको हो ।
काँग्रेससँग राजपा र फोरमले पाँच सीटको दावी गरेको छ । तर काँग्रेसले पाँच सीट दिने विषयमा हालसम्म हरियो सिंगनल देखाएको छैन त्यही भएर रजापा र फोरम वाम गठबन्धनतिर ढल्किएको हो ।
» के भयो राजपा, फोरम र वाम गठबन्धनको बैठकमा ?
काठमाडौं माघ ९ गेत । एमाले र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालसँग राष्ट्रिय सभा निर्वाचनमा चुनावी तालमेल गर्न औपचारिक प्रस्ताव गरेका छन् ।
बामगठबन्धनमा आवद्ध दुई दलले मंगलबार विहान राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्न राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालसँग औपचारिक प्रस्ताव गरेको हो ।
प्रदेश नम्बर २ मा स्पष्ट बहुमत पाएको २ दलसँग राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेर जाने विषयमा बाम गठबन्धनका तर्फबाट औपचारिक प्रस्ताव गरिएको एमाले नेता सुवाष नेम्वाङले जानकारी दिनुभयो ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपाल पनि एमाले नेतृत्वको बामगठबन्धनसँग सहकार्य गरेर जान सकारात्मक देखिएको बताइएको छ ।
छलफलमा एमाले र माओवादी केन्द्रका नेताहरुले केन्द्रिय सरकार निर्माणमा पनि सहकार्य गरेर जान सकिने प्रस्ताव पनि अघि सारेका थिए । राष्ट्रिय जनता पार्टी, नेपाल एमालेसँग सहकार्य गरेर जान इच्छुक भएपनि सहमति भैनसकेको नेता राजेन्द्र श्रेष्ठले बताउनुभयो ।
एमाले र माओवादी केन्द्रले यसअघि नै १३ सिटमा अन्य दलसँग सहकार्य गर्नेगरी राष्ट्रिय सभा निर्वाचनमा जाने निर्णय गरेका थिए । सोही निर्णय अनुसार राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालसँग पनि चुनावी तालमेलको विषयमा औपचारिक छलफल भएको हो ।
कुन दलसँग तालमेल गर्ने विषयमा अहिले राजपा नेपालका बैठक बसिरहेको छ ।
बामगठबन्धनमा आवद्ध दुई दलले मंगलबार विहान राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्न राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालसँग औपचारिक प्रस्ताव गरेको हो ।
प्रदेश नम्बर २ मा स्पष्ट बहुमत पाएको २ दलसँग राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेर जाने विषयमा बाम गठबन्धनका तर्फबाट औपचारिक प्रस्ताव गरिएको एमाले नेता सुवाष नेम्वाङले जानकारी दिनुभयो ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपाल पनि एमाले नेतृत्वको बामगठबन्धनसँग सहकार्य गरेर जान सकारात्मक देखिएको बताइएको छ ।
छलफलमा एमाले र माओवादी केन्द्रका नेताहरुले केन्द्रिय सरकार निर्माणमा पनि सहकार्य गरेर जान सकिने प्रस्ताव पनि अघि सारेका थिए । राष्ट्रिय जनता पार्टी, नेपाल एमालेसँग सहकार्य गरेर जान इच्छुक भएपनि सहमति भैनसकेको नेता राजेन्द्र श्रेष्ठले बताउनुभयो ।
एमाले र माओवादी केन्द्रले यसअघि नै १३ सिटमा अन्य दलसँग सहकार्य गर्नेगरी राष्ट्रिय सभा निर्वाचनमा जाने निर्णय गरेका थिए । सोही निर्णय अनुसार राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालसँग पनि चुनावी तालमेलको विषयमा औपचारिक छलफल भएको हो ।
कुन दलसँग तालमेल गर्ने विषयमा अहिले राजपा नेपालका बैठक बसिरहेको छ ।